< यूहन्ना 13 >
1 अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
Mutta ennen pääsiäisjuhlaa, kuin Jesus tiesi hetkensä tulleeksi, että hänen piti tästä maailmasta Isän tykö menemän, niinkuin hän oli rakastanut omiansa, jotka olivat maailmassa, niin hän loppuun asti rakasti heitä.
2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
Ja ehtoolisen jälkeen, (kuin perkele oli jo Juudaan Simonin Iskarjotin sydämeen lykännyt, että hänen piti hänen pettämän, )
3 येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
Tiesi Jesus Isän kaikki hänen käsiinsä antaneen, ja että hän oli Jumalasta lähtenyt ulos ja oli Jumalan tykö menevä:
4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
Nousi hän ehtoolliselta ja riisui vaatteensa, ja otti liinaisen, ja vyötti itsensä.
5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
Pani hän sitte vettä maljaan, ja rupesi pesemään opetuslasten jalkoja, ja kuivasi ne sillä liinaisella, jolla hän vyötetty oli.
6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?”
Niin hän tuli Simon Pietarin tykö, joka sanoi hänelle: Herra, sinäkö minun jalkani peset?
7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ ।”
Jesus vastasi ja sanoi hänelle: mitä minä teen, et sinä sitä nyt tiedä, mutta tästedes saat sinä sen tietää.
8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” (aiōn )
Pietari sanoi hänelle: ei sinun pidä ikänä pesemän minun jalkojani. Vastasi häntä Jesus: ellen minä sinua pese, niin ei sinulla ole osaa minun kanssani. (aiōn )
9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
Simon Pietari sanoi hänelle: Herra, ei ainoastaan minun jalkojani, mutta myös kädet ja pää.
10 येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।”
Sanoi Jesus hänelle: joka pesty on, ei se muuta tarvitse, vaan että jalat pestään, ja niin hän on kokonansa puhdas: ja te olette puhtaat, ette kuitenkaan kaikki.
11 (किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
Sillä hän tiesi pettäjänsä; sentähden hän sanoi: ette kaikki ole puhtaat.
12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ?”
Sittekuin hän oli pessyt heidän jalkansa ja vaatteensa ottanut, istui hän taas ja sanoi heille: tiedättekö, mitä minä teille tehnyt olen?
13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
Te kutsutte minun Mestariksi ja Herraksi, ja te sanotte oikein; sillä minä myös olen.
14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
Sentähden, jos minä, joka olen Herra ja Mestari, olen teidän jalkanne pessyt, niin pitää myös teidänkin toinen toisenne jalat pesemän.
15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
Sillä minä annoin teille esikuvan, että te niin tekisitte, kuin minä tein teille.
16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
Totisesti, totisesti sanon minä teille: ei ole palvelia suurempi herraansa, eikä sanansaattaja suurempi kuin se, joka hänen lähetti.
17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ ।
Jos te nämät tiedätte, te olette autuaat, jos te niitä teette.
18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
En minä kaikista teistä puhu: minä tiedän ne, jotka minä valitsin: mutta että Raamattu täytettäisiin: joka syö leipää minun kanssani, hän tallasi minun jalallansa.
19 म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्वास गर्न सक ।
Nyt minä sanon teille ennenkuin se tapahtuu, että sittekuin se tapahtunut on, te uskoisitte minun siksi.
20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
Totisesti, totisesti sanon minä teille: joka korjaa sen, jonka minä lähetän, hän korjaa minun; mutta joka minun korjaa, hän korjaa sen, joka minun lähetti.
21 जब येशूले यो भन्नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्वासघात गर्नेछ ।”
Kuin Jesus nämät oli sanonut, tuli hän murheelliseksi hengessä, ja todisti ja sanoi: totisesti, totisesti sanon minä teille: yksi on teistä minun pettävä.
22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
Niin opetuslapset katselivat toinen toisensa päälle, ja epäilivät, kenestä hän sanoi.
23 उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
Ja yksi hänen opetuslapsistansa istui pöydän tykönä Jesuksen helmassa, jota Jesus rakasti.
24 यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
Niin Simon Pietari viittasi sille, visusti kysymään, kuka se olis, josta hän sanoi.
25 त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
Kuin hän nojasi Jesuksen rintaa vastaan, sanoi hän hänelle: Herra, kuka se on?
26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।
Jesus vastasi: se on se, jolle minä kastetun palan annan. Ja kuin hän oli kastanut leivän, antoi hän sen Juudaalle Simon Iskariotille.
27 र रोटी दिइसक्नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
Ja sen palan jälkeen meni silloin häneen perkele. Niin Jesus sanoi hänelle: mitäs teet, niin tee pikemmin.
28 अब उहाँले त्यसलाई किन यसो भन्नुभएको भन्ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
Mutta sitä ei yksikään atrioitsevista ymmärtänyt, mitä varten hän sen hänelle sanoi.
29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्नुभएको होला भन्ने सोचे ।
Sillä muutamat luulivat, koska Juudaalla oli kukkaro, Jesuksen hänelle sanovan: osta, mitä me juhlapäiväksi tarvitsemme, eli että hän vaivaisille jotakin antais.
30 जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
Kuin hän siis sen palan ottanut oli, meni hän kohta ulos; ja yö oli.
31 जब यहूदा त्यहाँबाट गयो, येशूले भन्नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्वरलाई महिमित तुल्याइन्छ ।
Kuin hän oli mennyt ulos, sanoi Jesus: nyt on Ihmisen Poika kirkastettu, ja Jumala on kirkastettu hänessä.
32 परमेश्वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ ।
Jos Jumala on kirkastettu hänessä, niin on myös Jumala kirkastava hänen itsessänsä, ja kirkastaa hänen pian.
33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
Rakkaat lapsukaiset, minä olen vielä vähän aikaa teidän kanssanne: teidän pitää minua etsimän, ja niinkuin minä sanoin Juudalaisille: ette taida sinne tulla, kuhunka minä menen, niin minä sanon myös nyt teille.
34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
Uuden käskyn minä teille annan, että te rakastaisitte teitänne keskenänne, niinkuin minä teitä rakastin, että te myös toinen toistanne rakastaisitte.
35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन् ।
Siitä pitää kaikkein tunteman teidät minun opetuslapsikseni, jos te keskenänne rakkauden pidätte.
36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
Sanoi Simon Pietari hänelle: Herra, kuhunkas menet? Jesus vastasi häntä: kuhunka minä menen, et sinä taida nyt minua seurata, mutta tästälähin sinä olet minua seuraava.
37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
Pietari sanoi hänelle: Herra, miksi en minä nyt taida sinua seurata? minä panen henkeni sinun edestäs.
38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्नेछ ।”
Jesus vastasi häntä: sinä panet henkes minun edestäni? Totisesti, totisesti sanon minä sinulle: ei laula kukko ennenkuin sinä olet kolmasti minun kieltänyt.