< अय्यूब 42 >

1 तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,
Då svara Job Herren og sagde:
2 “तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्छ भनी म जान्‍दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्‍न सकिंदैन ।
«Eg skynar at du allting kann; for deg er ingen plan umogleg.
3 तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।
Kven vil uvitug myrkja rådgjerd? Eg tala som ein fåvis mann um under som eg ikkje fata.
4 तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'
Å høyr no, lat meg få tala! Eg vil deg spyrja, lær du meg!
5 तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।
Fyrr høyrd’ eg berre gjete deg, no ser eg deg med eigne augo.
6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
Difor eg tek det i meg att og tregar djupt i mold og oska.»
7 परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
Då no Herren hadde tala desse ordi til Job, sagde han til Elifaz frå Teman: «Eg er harm på deg og dei tvo venerne dine, av di de hev ikkje tala rett um meg soleis som Job, tenaren min.
8 त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
Tak difor sju uksar og sju verar, og gakk til Job, tenaren min, og ofra brennoffer for dykk; og lat Job, tenaren min, beda for dykk! For berre honom vil eg taka til nåde, so eg ikkje gjer ulukka på dykk, for de ikkje hev tala rett um meg soleis som Job, tenaren min.»
9 त्यसैले एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैं गरे, अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो ।
Og Elifaz frå Teman og Bildad frå Suah og Sofar frå Na’ama gjekk av stad og gjorde so som Herren hadde sagt til deim, og Herren høyrde Jobs bøn.
10 अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो ।
No vende Herren lagnaden for Job, då han bad for venerne sine; og alt det Job hadde ått, fekk han tvifald att.
11 तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।
Og alle brørne og systerne hans kom til honom, og like eins alle dei kjenningar han fyrr hadde havt, og dei åt og drakk med honom i huset hans. Og synte honom medynk og trøysta honom for all den ulukka som Herren ført yver honom, og kvar av deim gav honom ein gullpening og ein gullring.
12 परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।
Og Herren velsigna den siste livetidi åt Job meir enn den fyrste; han fekk fjortan tusund sauer og seks tusund kamelar og tusund par uksar og tusund asnor.
13 तिनका सात छोरा र तिन छोरी पनि थिए ।
Og han fekk sju søner og tri døtter;
14 तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।
den eine av deim kalla han Jemima, den andre Kesia og den tridje Keren-Happuk.
15 सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।
Det fanst ikkje so væne kvinnor i heile landet som døtterne åt Job, og far deira let deim erva til liks med brørne deira.
16 यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
Etter dette livde Job hundrad og fyrti år, og såg born og barneborn, fire ættleder.
17 तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।
Og Job døydde gamall og mett av dagar.

< अय्यूब 42 >