< अय्यूब 40 >
1 परमप्रभुले अय्यूबसित निरन्तर बोल्नुभयो । उहाँले यसो भन्नुभयो,
Jehova Nyasaye nowachone Ayub kama:
2 “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”
“Bende nitiere ngʼat mapiem gi Jehova Nyasaye Maratego manyalo kwere? Mad koro ngʼat mamino wach gi Nyasaye oduokeane!”
3 तब अय्यूबले परमेश्वरलाई जवाफ दिए र यसो भने,
Eka Ayub nodwoko Jehova Nyasaye kama:
4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्नो हातलाई आफ्नो मुखमा राख्छु ।
“Yaye Jehova Nyasaye, ok aromo dwokora kodi omiyo mano ema omiyo alingʼ.
5 मैले एकपल्ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
Asewuoyo moromo, to ok ayudo dwoko omiyo koro ok abi wuoyo kendo.”
6 तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्नुभयो,
Eka Jehova Nyasaye nodwoko Ayub gi ei yamo maduongʼ. Nowacho kama:
7 “अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।
“Chungʼ ane ka dichwo; mondo idwoka weche, ma adwaro penjigi.
8 के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
“Angʼo momiyo iketho adiera mara? Angʼo momiyo iketo rach kuoma mondo in inenri ka ngʼama ber?
9 के तँसँग परमेश्वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?
Bende in gi teko machalo gi mar Nyasaye koso dwondi bende nyalo mor kaka mare?
10 अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार ।
Ka kamano, to kare bidhriane, kirwakori gi duongʼ, luor kod ber.
11 तेरो रिसको झोँक छरपष्ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
Bangʼ mano rang jogo ma sungore, kendo iol mirimbi mager kuomgi mondo omi gibolre.
12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्ची ।
Ee, rang joma sungore duto kendo, ikumgi kama gichungoeno mondo omi gibolre.
13 तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।
Ikgi duto e lowo; mondo ji kik negi kendo.
14 तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।
Kinyalo timo kamano to an owuon ema anakuong paki ni tekri iwuon ema omiyo iloyo.
15 अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
“Parane rawo, mane achweyo kaka ne achweyi kendo machamo lum kaka rwadh pur chamo.
16 हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
Parie teko mangʼeny ma en-go, kendo parie teko maduongʼ manie leche mag dende!
17 त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
Iwe yamo tero ka yiend sida; kendo leche manie bembene omoko kuome maber.
18 त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
Chokene otegno ka mula, kendo tiendene otegno ka chuma.
19 परमेश्वरका सृष्टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्वरले मात्र त्यसलाई पराजित गर्न सक्नुहुन्छ ।
Ikwane kaka chwech maberie moloyo mar Nyasaye e kind le duto, kendo en mana Jachwechne kende ema nyalo chome gi ligangla.
20 किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
Ochamo lumbe motwi ewi got, kuonde ma le mager ema kwayoe.
21 कमलको फुलमुनि त्यो लुकेर बस्छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ ।
Onindo piny ei saka kendo opondo e dier odundu motwi e thidhna.
22 कमलको फुलको छायाले त्यसलाई ढाक्छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ ।
Saka oime gi tipone; kendo omburi motwi e tie aora olwore.
23 नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्यो भने पनि त्यो निर्धक्क हुन्छ ।
Kata ka aora opongʼ moo oko, to ok bwoge; chunye ngʼich angʼicha kata ka aora Jordan opongʼ kendo mwomore marach.
24 के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?
En ngʼa manyalo dino wangʼe mi make, kata madi duode mi tuch ume?