< अय्यूब 23 >
1 तब अय्यूबले जवाफ दिए र यसो भने,
Sa’an nan Ayuba ya amsa,
2 “आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।
“Ko a yau, ina kuka mai zafi; hannunsa yana da nauyi duk da nishin da nake yi.
3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!
Da a ce na san inda zan same shi; da a ce zan iya zuwa wurin da yake zama!
4 उहाँको सामु म आफ्नो मुद्दालाई क्रमैसित राख्नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
Zan kai damuwata wurinsa in yi gardama da shi.
5 उहाँले मलाई जवाफ दिएर भन्नुहुने वचनहरू म सिक्नेथिएँ, र उहाँले मलाई भन्नुहुने कुरा बुझ्नेथिएँ ।
Zan nemi in san abin da zai ce mini, in kuma auna abin da zai ce mini.
6 उहाँले आफ्नो शक्तिको महान्तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
Zai yi gardama da ni da ikonsa mai girma? Babu, ba zai zarge ni da laifi ba.
7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्थ्यो ।
Mai adalci ne zai kawo ƙara a wurinsa, kuma zan samu kuɓuta daga wurin mai shari’an nan har abada.
8 हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्न, अनि पश्चिमतिर जान्छु, तर म उहाँलाई भेट्न सक्दिन ।
“Amma in na je gabas, ba ya wurin; in na je yamma, ba zan same shi ba.
9 उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्न सक्दिनँ ।
Sa’ad da yake aiki a arewa, ba ni ganinsa; sa’ad da ya juya zuwa kudu, ba na ganinsa.
10 तर म हिंड्ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्छ, तब म खारिएको सुनझैं हुनेछु ।
Amma ya san hanyar da nake bi; sa’ad da ya gwada ni zan fito kamar zinariya.
11 मेरो खुट्टाले उहाँका पाइला पक्का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
Ƙafafuna suna bin ƙafafunsa kurkusa; na bi hanyarsa ba tare da na juya ba.
12 उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
Ban fasa bin dokokin da ya bayar ba; na riƙe maganarsa da muhimmanci fiye da abincin yau da gobe.
13 तर उहाँ बेग्लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
“Amma ya tsaya shi kaɗai, kuma wa ya isa yă ja da shi? Yana yin abin da yake so.
14 किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्यस्ता कुराहरू त्यहाँ धेरै छन् ।
Yana yi mini abin da ya shirya yă yi mini, kuma yana da sauran irinsu a ajiye.
15 त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
Shi ya sa na tsorata a gabansa; sa’ad da na yi tunanin wannan duka, nakan ji tsoronsa.
16 किनकि परमेश्वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ ।
Allah ya sa zuciyata ta yi sanyi; Maɗaukaki ya tsorata ni.
17 अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्त्य भएको छैन ।
Duk da haka duhun bai sa in yi shiru ba, duhun da ya rufe mini fuska.