< अय्यूब 14 >

1 स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्छ ।
אָדָם יְלוּד אִשָּׁה קְצַר יָמִים וּֽשְׂבַֽע־רֹֽגֶז׃
2 ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
כְּצִיץ יָצָא וַיִּמָּל וַיִּבְרַח כַּצֵּל וְלֹא יַעֲמֽוֹד׃
3 के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
אַף־עַל־זֶה פָּקַחְתָּ עֵינֶךָ וְאֹתִי תָבִיא בְמִשְׁפָּט עִמָּֽךְ׃
4 अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र? कसैले सक्दैन ।
מִֽי־יִתֵּן טָהוֹר מִטָּמֵא לֹא אֶחָֽד׃
5 मानिसको दिनहरू निर्धारित छन् । उसका महिनाहरूका सङ्ख्या तपाईंसितै छन् । तपाईंले उसका सिमाहरू तोक्‍नुभएको छ, जसलाई उसले नाघ्न सक्दैन ।
אִם חֲרוּצִים ׀ יָמָיו מִֽסְפַּר־חֳדָשָׁיו אִתָּךְ חקו חֻקָּיו עָשִׂיתָ וְלֹא יַעֲבֽוֹר׃
6 ऊबाट आफ्नो दृष्‍टि हटाउनुहोस्, यसैले कि उसले विश्राम पाओस्, यसरी उसले सक्‍छ भने, ज्यालाको मानिस झैं आफ्नो दिनमा रमाउन सकोस् ।
שְׁעֵה מֵעָלָיו וְיֶחְדָּל עַד־יִרְצֶה כְּשָׂכִיר יוֹמֽוֹ׃
7 एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्‍छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् ।
כִּי יֵשׁ לָעֵץ תִּקְוָה אִֽם־יִכָּרֵת וְעוֹד יַחֲלִיף וְיֹֽנַקְתּוֹ לֹא תֶחְדָּֽל׃
8 त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,
אִם־יַזְקִין בָּאָרֶץ שָׁרְשׁוֹ וּבֶעָפָר יָמוּת גִּזְעֽוֹ׃
9 तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।
מֵרֵיחַ מַיִם יַפְרִחַ וְעָשָׂה קָצִיר כְּמוֹ־נָֽטַע׃
10 तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ?
וְגֶבֶר יָמוּת וַֽיֶּחֱלָשׁ וַיִּגְוַע אָדָם וְאַיּֽוֹ׃
11 जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,
אָֽזְלוּ־מַיִם מִנִּי־יָם וְנָהָר יֶחֱרַב וְיָבֵֽשׁ׃
12 त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।
וְאִישׁ שָׁכַב וְֽלֹא־יָקוּם עַד־בִּלְתִּי שָׁמַיִם לֹא יָקִיצוּ וְלֹֽא־יֵעֹרוּ מִשְּׁנָתָֽם׃
13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ । (Sheol h7585)
מִי יִתֵּן ׀ בִּשְׁאוֹל תַּצְפִּנֵנִי תַּסְתִּירֵנִי עַד־שׁוּב אַפֶּךָ תָּשִׁית לִי חֹק וְתִזְכְּרֵֽנִי׃ (Sheol h7585)
14 एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।
אִם־יָמוּת גֶּבֶר הֲיִחְיֶה כָּל־יְמֵי צְבָאִי אֲיַחֵל עַד־בּוֹא חֲלִיפָתִֽי׃
15 तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।
תִּקְרָא וְאָנֹכִי אֶֽעֱנֶךָּ לְֽמַעֲשֵׂה יָדֶיךָ תִכְסֹֽף׃
16 तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ, र वास्ता गर्नुहुन्‍छ । तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न ।
כִּֽי־עַתָּה צְעָדַי תִּסְפּוֹר לֹֽא־תִשְׁמוֹר עַל־חַטָּאתִֽי׃
17 मेरो अपराध थैलोमा बन्‍द गरिन्‍छ । तपाईंले मेरो अधर्म ढाक्‍नुहुन्‍छ ।
חָתֻם בִּצְרוֹר פִּשְׁעִי וַתִּטְפֹּל עַל־עֲוֺנִֽי׃
18 तर पहाडहरू खस्‍छन् र कतै पुग्‍दैनन्, चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन्,
וְאוּלָם הַר־נוֹפֵל יִבּוֹל וְצוּר יֶעְתַּק מִמְּקֹמֽוֹ׃
19 नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्‍यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ ।
אֲבָנִים ׀ שָׁחֲקוּ מַיִם תִּשְׁטֹֽף־סְפִיחֶיהָ עֲפַר־אָרֶץ וְתִקְוַת אֱנוֹשׁ הֶאֱבַֽדְתָּ׃
20 तपाईंले सधैं उसलाई हराउनुहुन्छ, र ऊ मर्छ । तपाईंले उसको अनुहारको बद्लनुहुन्छ, र उसलाई मर्न दिनुहुन्छ ।
תִּתְקְפֵהוּ לָנֶצַח וַֽיַּהֲלֹךְ מְשַׁנֶּה פָנָיו וַֽתְּשַׁלְּחֵֽהוּ׃
21 उसका छोराहरूको आदर भयो कि भएन भनेर उसलाई जान्‍दैन । र तिनीहरू होच्याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन ।
יִכְבְּדוּ בָנָיו וְלֹא יֵדָע וְיִצְעֲרוּ וְֽלֹא־יָבִין לָֽמוֹ׃
22 उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्‍ति शोक गर्छ ।
אַךְ־בְּשָׂרוֹ עָלָיו יִכְאָב וְנַפְשׁוֹ עָלָיו תֶּאֱבָֽל׃

< अय्यूब 14 >