< यर्मिया 45 >
1 यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
The word that Jeremias the prophet spoke to Baruch the son of Nerias, when he had written there words in a book, out of the mouth of Jeremias, in the fourth year of Joakim the son of Josias king of Juda, saying:
2 “बारूक, परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छः
Thus saith the Lord the God of Israel to thee, Baruch:
3 तैंले भनिस्, 'धिक्कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'
Thou hast said: Woe is me, wretch that I am, for the Lord hath added sorrow to my sorrow: I am wearied with my groans, and I find no rest.
4 तैंले उसलाई यसो भन्नुपर्छ, ‘परमप्रभु यसो भन्नुहुन्छः हेर, जे मैले बनाएँ, त्यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
Thus saith the Lord: Thus shalt thou say to him: Behold, them whom I have built, I do destroy: and them whom I have planted, I do pluck up, and all this land.
5 तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”
And dost thou seek great things for thyself? Seek not: for behold I will bring evil upon all flesh, saith the Lord! but I will give thee thy life, and save thee in all places whithersoever thou shalt go.