< यर्मिया 28 >
1 त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,
I det samme år, i begynnelsen av Judas konge Sedekias' regjering, i det fjerde år, i den femte måned, sa Hananja, Assurs sønn, profeten fra Gibeon, til mig i Herrens hus i prestenes og alt folkets nærvær:
2 “सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।
Så sier Herren, hærskarenes Gud, Israels Gud: Jeg har brutt i stykker Babels konges åk.
3 बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।
Om to år fører jeg tilbake til dette sted alle de kar i Herrens hus som Babels konge Nebukadnesar tok fra dette sted og førte til Babel.
4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्नेछु' ।”
Og Judas konge Jekonja, Jojakims sønn, og alle de bortførte fra Juda som er kommet til Babel, fører jeg tilbake til dette sted, sier Herren; for jeg vil bryte Babels konges åk.
5 त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।
Da sa profeten Jeremias til profeten Hananja så prestene og alt folket som stod i Herrens hus, hørte det -
6 यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।
profeten Jeremias sa: Amen! Det gjøre Herren! Herren opfylle de ord som du profeterte, så han fører karene i Herrens hus og alle de bortførte tilbake fra Babel til dette sted!
7 तापनि तिमीले सुन्ने गरी अनि सबै मानिसले सुन्ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
Men hør nu dette ord som jeg taler for dine og for alt folkets ører:
8 तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।
De profeter som har vært før mig og før dig fra fordums tid, de profeterte mot mange land og mot store riker om krig og ulykke og pest.
9 त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”
Den profet som profeterer om fred, når hans ord går i opfyllelse, da kan alle se at han er en profet som Herren i sannhet har sendt.
10 तर हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए ।
Da tok profeten Hananja åket av profeten Jeremias' nakke og brøt det i stykker.
11 तब हनन्याहले सबै मनिसका सामु बोले र यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'बेबिलोनका राजा नबूकदनेसरद्वारा लादिएको जुवा म हरेक जातिको काँधबाट दुई वर्षभित्रमा यसै गरी भाँचिदिनेछु' ।” तब यर्मिया अगमवक्ता आफ्नो बाटो लागे ।
Og Hananja sa i alt folkets nærvær: Så sier Herren: Således vil jeg om to år bryte i stykker Babels konge Nebukadnesars åk og ta det av alle folkeslags nakke. Da gikk profeten Jeremias sin vei.
12 हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Men efterat profeten Hananja hadde brutt i stykker åket og tatt det av profeten Jeremias' nakke, kom Herrens ord til Jeremias, og det lød så:
13 “जा र हनन्याहसित बोल र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः तैंले त काठको जुवा भाँचिस्, तर यसको साटो म फलामको जुवा बनाउनेछु ।'
Gå og si til Hananja: Så sier Herren: Et åk av tre har du brutt i stykker, men i stedet for det har du gjort et åk av jern.
14 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”
For så sier Herren, hærskarenes Gud, Israels Gud: Et åk av jern har jeg lagt på alle disse folkeslags nakke, forat de skal tjene Babels konge Nebukadnesar, og de skal tjene ham; også markens dyr har jeg gitt ham.
15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्वास गर्न लगाएका छौ ।
Da sa profeten Jeremias til profeten Hananja: Hør nu, Hananja! Herren har ikke sendt dig, og du har fått dette folk til å sette sin lit til løgn.
16 त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
Derfor sier Herren så: Se, jeg tar dig bort fra jorden; i dette år skal du dø, fordi du har preket frafall fra Herren.
17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।
Og profeten Hananja døde i det samme år, i den syvende måned.