< याकूब 4 >
1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?
Van waar komen krijgen en vechterijen onder u? Komen zij niet hiervan, namelijk uit uw wellusten, die in uw leden strijd voeren?
2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
Gij begeert, en hebt niet; gij benijdt en ijvert naar dingen, en kunt ze niet verkrijgen; gij vecht en voert krijg, doch gij hebt niet, omdat gij niet bidt.
3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
Gij bidt, en gij ontvangt niet, omdat gij kwalijk bidt, opdat gij het in uw wellusten doorbrengen zoudt.
4 तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ ।
Overspelers en overspeleressen, weet gij niet, dat de vriendschap der wereld een vijandschap Gods is? Zo wie dan een vriend der wereld wil zijn, die wordt een vijand van God gesteld.
5 वा धर्मशास्त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?
Of meent gij, dat de Schrift tevergeefs zegt: De Geest, Die in ons woont, heeft Die lust tot nijdigheid?
6 तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्त्रले भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
Ja, Hij geeft meerdere genade. Daarom zegt de Schrift: God wederstaat de hovaardigen, maar den nederigen geeft Hij genade.
7 त्यसकारण, परमेश्वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ ।
Zo onderwerpt u dan Gode; wederstaat den duivel, en hij zal van u vlieden.
8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
Naakt tot God, en Hij zal tot u naken. Reinigt de handen, gij zondaars, en zuivert de harten, gij dubbelhartigen!
9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
Gedraagt u als ellendigen, en treurt en weent; uw lachen worde veranderd in treuren, en uw blijdschap in bedroefdheid.
10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
Vernedert u voor den Heere, en Hij zal u verhogen.
11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
Broeders, spreekt niet kwalijk van elkander. Die van zijn broeder kwalijk spreekt en zijn broeder oordeelt, die spreekt kwalijk van de wet, en oordeelt de wet. Indien gij nu de wet oordeelt, zo zijt gij geen dader der wet, maar een rechter.
12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
Er is een enig Wetgever, Die behouden kan en verderven. Doch wie zijt gij, die een anderen oordeelt?
13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।
Welaan nu gij, die daar zegt: Wij zullen heden of morgen naar zulk een stad reizen, en aldaar een jaar doorbrengen, en koopmanschap drijven, en winst doen.
14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
Gij, die niet weet, wat morgen geschieden zal, want hoedanig is uw leven? Want het is een damp, die voor een weinig tijds gezien wordt, en daarna verdwijnt.
15 यसको साटो तिमीहरूले यस्तो भन्नुपर्ने हो, “यदि परमेश्वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
In plaats dat gij zoudt zeggen: Indien de Heere wil, en wij leven zullen, zo zullen wij dit of dat doen.
16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
Maar nu roemt gij in uw hoogmoed; alle zodanige roem is boos.
17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
Wie dan weet goed te doen, en niet doet, dien is het zonde.