< याकूब 1 >
1 परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन ।
Santiago, un esclavo de Dios y del Señor Jesucristo, a las 12 tribus que están en la dispersión. Saludos.
2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
Hermanos míos, gócense profundamente cuando pasen por diversas pruebas,
3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ ।
y sepan que la prueba de su fe produce paciencia.
4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
Pero obtenga la paciencia su resultado perfecto para que sean perfectos y cabales, sin deficiencia.
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
Si alguno de ustedes carece de sabiduría, pídala a Dios, Quien da a todos generosamente y sin reproche, y se le dará.
6 तर उसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ ।
Pero pida con fe sin dudar, porque el que duda es semejante a la onda del mar que el viento arrastra y lanza.
7 त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
Por tanto no suponga aquel hombre que recibirá alguna cosa del Señor.
8 त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।
Un hombre de doble ánimo es inestable en todos sus caminos.
9 दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्,
El hermano de humilde condición, enaltézcase en su alta posición,
10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
pero el rico, en su humillación, pues pasará como la flor de la hierba.
11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
Porque el sol sale con calor abrasador, seca [la] hierba, su flor cae y perece la belleza de su apariencia. Así también el rico se marchitará en todos sus negocios.
12 त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
Inmensamente feliz [el] varón que soporta [la] prueba, porque al ser aprobado, ganará la corona de la vida que [Dios] prometió a los que lo aman.
13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्न ।
Ninguno que es tentado, diga: Soy tentado por Dios. Porque Dios no puede ser tentado por [los ]malos, y Él mismo no tienta a nadie.
14 तर हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।
Cada uno es tentado, atraído y seducido por su propio deseo ardiente.
15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
Entonces, después de concebir el deseo ardiente, da a luz [el] pecado. Luego de consumarse el pecado, da a luz [la] muerte.
16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
Amados hermanos míos, no se engañen.
17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न ।
Toda buena dádiva y todo don perfecto desciende de arriba, del Padre de las luces, en Quien no hay cambio ni sombra de variación.
18 उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।
Por su voluntad, nos dio a luz por la Palabra de verdad para que seamos primicias de sus criaturas.
19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
Sepan, mis amados hermanos: Todo ser humano sea pronto para escuchar, tardo para hablar, tardo para airarse,
20 किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन ।
porque [la ]ira del hombre no efectúa [la] justicia de Dios.
21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ ।
Por tanto desechen toda impureza y abundancia de maldad y reciban con humildad la Palabra sembrada que puede salvar sus almas.
22 आफैँलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर ।
Así que no se engañen ustedes mismos. Sean hacedores de [la] Palabra y no solo oidores.
23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो ।
Porque si alguno es oidor de [la] Palabra, y no hacedor, es como un hombre que mira su rostro en un espejo:
24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ ।
se mira y sale, e inmediatamente se olvida cómo era.
25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
Pero el que mira atentamente en [la] ley perfecta, la de la libertad, permanece en ella y no es oidor olvidadizo, sino practicante, será inmensamente feliz en lo que hace.
26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ ।
Si alguno supone ser religioso y no refrena su lengua, sino engaña su corazón, su religión no tiene valor.
27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्नु ।
[La] religión pura y sin mancha delante del Dios y Padre es ésta: Atender a [los] huérfanos y a las viudas en su aflicción y guardarse sin mancha del mundo.