< यशैया 23 >
1 टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
Sur Kenti'yle ilgili bildiri: Ey ticaret gemileri, feryat edin! Çünkü Sur Kenti evleriyle, Limanlarıyla birlikte yok oldu. Kittim'den size haber geldi.
2 ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
Ey kıyı halkı ve denizcilerin zenginleştirdiği Sayda tüccarları, susun!
3 ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो ।
Şihor'un tahılı, Nil'in ürünü Denizleri aşar, Sur'a gelir sağlardı. Ulusların kârı ona akardı.
4 ए सीदोन, लज्जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
Utan, ey Sayda, ey deniz kıyısındaki kale! Çünkü deniz sana sesleniyor: “Ne doğum ağrısı çektim, ne de doğurdum. Ne delikanlılar büyüttüm, ne de kızlar.”
5 मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
Sur'un haberi Mısır'a ulaşınca, Yüreği burkulacak insanların.
6 तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
Tarşiş'e geçin, ey kıyıda oturanlar, Feryat edin.
7 ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्याएको छ?
Uzak ülkeleri yurt edinmiş, Eğlenceye düşkün halkınız, Eski, tarihsel kentiniz bu mu?
8 मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
Taçlar giydiren Sur'a karşı bu işi kim tasarladı? O kent ki, tüccarları prenslerdi, İş adamları dünyanın saygın kişileriydi.
9 त्यसका घमण्ड र त्यसका सबै गौरवलाई अपमान गर्न, त्यसका पृथ्वीकै आदरणियलाई लज्जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
Görkeminin sonucu olan gururunu kırmak, Dünyaca ünlü bütün saygın kişilerini alçaltmak için Her Şeye Egemen RAB tasarladı bunu.
10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
Kendi topraklarını Nil gibi basıp geç, Ey Tarşiş kızı, artık engel yok.
11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
RAB denizin üzerine elini uzatıp ülkeleri titretti, Kenan kalelerinin yıkılmasını buyurdu.
12 उहाँले भन्नुभयो, “ए सीदोनकी अत्याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
“Eğlencen sona erdi, ey Sayda, erden kız!” dedi, “Kirletildin. Kalk, Kittim'e geç, Orada bile rahat yüzü görmeyeceksin.”
13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्त भएका छन् । अश्शूरीहरूले त्यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्थान बनाएका छन् । तिनीहरूले आफ्ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्यसका दरबारहरू नष्ट गरे । तिनीहरूले त्यसलाई भग्नावशेषको थुप्रो बनाए ।
Kildan ülkesine bak! O halk yok artık. Asurlular onların ülkesini yabanıl hayvanlara verdi, Kuşatma kuleleri diktiler, saraylarını soydular, Ülkeyi viraneye çevirdiler.
14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।
Feryat edin, ey ticaret gemileri! Çünkü sığınağınız harap oldu.
15 त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ ।
Bundan sonra Sur Kenti yetmiş yıl, bir kralın ömrü süresince unutulacak. Yetmiş yıl bitince, fahişe için bestelenen türküdeki gibi Sur'a şöyle denecek:
16 ए बिर्सिएकी वेश्या, एउटा वीणा लि र सहरमा जा । त्यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
“Bir lir al, dolaş kenti, Ey sen, unutulmuş fahişe! Güzel çal seni anımsamaları için, Türkü üstüne türkü söyle.”
17 सत्तरी वर्षपछि त्यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
Yetmiş yıl geçince RAB Sur'la ilgilenecek, ama Sur para için yine fahişeliğe dönecek. Dünyanın bütün krallıklarıyla fahişelik edecek.
18 त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।
Kentin ticaretten ve fuhuştan kazandıkları RAB'be adanacak. Bunlar biriktirilmeyecek, hazineye konmayacak. Ticaretten kazandıklarını doyuncaya dek yesinler, güzel güzel giyinsinler diye RAB'bin önünde yaşayanlara verilecek.