< उत्पत्ति 50 >
1 तब योसेफ यति व्याकुल भए कि तिनी आफ्ना बुबाको अनुहारमाथि घोप्टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
Og Josef bøide sig ned over sin fars ansikt og gråt over ham og kysset ham.
2 तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप दले ।
Og Josef bød lægene som han hadde i sin tjeneste, å balsamere hans far; og lægene balsamerte Israel.
3 यसको निम्ति चालिस दिन लागेको थियो, किनकि सुगन्धित लेप लगाउँदा लाग्ने पुरा समय यति नै थियो । तिनको निम्ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
Firti dager gikk med hertil, for så mange dager går med til balsameringen; og egypterne gråt over ham i sytti dager.
4 शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
Da sørgedagene over ham var til ende, talte Josef til Faraos husfolk og sa: Dersom jeg har funnet nåde for eders øine, så tal for mig til Farao og si:
5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
Min far tok en ed av mig og sa: Jeg dør; i min grav som jeg lot grave for mig i Kana'ans land, der skal du begrave mig. La mig derfor få dra op og begrave min far og så vende tilbake!
6 फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”
Og Farao sa: Dra op og begrav din far, således som du tilsvor ham.
7 योसेफ आफ्ना बुबालाई गाड्न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै
Så drog Josef op for å begrave sin far; og alle Faraos tjenere, de eldste i hans hus, og alle de eldste i Egyptens land drog op med ham,
8 योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
og hele Josefs hus og hans brødre og hans fars hus; bare sine små barn og sitt småfe og storfe lot de bli tilbake i landet Gosen.
9 तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
Og både vogner og hestfolk drog op med ham, så det blev et meget stort tog.
10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति शोक गरे ।
Da de kom til Goren-Ha'atad på hin side Jordan, holdt de der en stor og høitidelig sørgefest, og han gjorde likferd efter sin far i syv dager.
11 त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्यो यर्दन पारिपट्टि छ ।
Og da landets innbyggere, kana'anittene, så likferden i Goren-Ha'atad, sa de: Det er en prektig likferd egypterne holder der. Derfor kalte de stedet Abel Misra'im; det ligger på hin side Jordan.
12 यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
Og hans sønner gjorde med ham således som han hadde pålagt dem;
13 तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
hans sønner førte ham til Kana'ans land og begravde ham i hulen på Makpela-marken, den mark som Abraham hadde kjøpt av hetitten Efron til eiendoms-gravsted, østenfor Mamre.
14 आफ्ना बुबालाई गाडिसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
Og da Josef hadde begravet sin far, vendte han tilbake til Egypten, både han og hans brødre og alle de som hadde draget op med ham for å begrave hans far.
15 बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?”
Da Josefs brødre så at deres far var død, sa de: Bare nu ikke Josef vil hate oss og gjengjelde oss alt det onde vi gjorde mot ham!
16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अगि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो
Så sendte de bud til Josef og lot si: Din far gav oss før sin død dette pålegg:
17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूलाई क्षमा गर्नुहोस् ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।
Så skal I si til Josef: Tilgi, kjære, dine brødres misgjerning og deres synd, at de har gjort ille mot dig! Så tilgi nu oss, som også tjener din fars Gud, vår misgjerning! Og Josef gråt da de talte således til ham.
18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”
Siden kom også hans brødre selv og falt ned for ham og sa: Se, vi vil være dine tjenere.
19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्वरको स्थानमा छु र?
Da sa Josef til dem: Vær ikke redde; er vel jeg i Guds sted?
20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्नुहुन्छ ।
I tenkte ondt mot mig; men Gud tenkte det til det gode for å gjøre det han nu har gjort, og holde meget folk i live.
21 यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
Så vær da ikke redde, jeg vil sørge for eder og eders barn. Og han trøstet dem og talte vennlig til dem.
22 योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दस वर्ष बाँचे ।
Josef blev boende i Egypten, både han og hans fars hus; og Josef blev hundre og ti år gammel.
23 योसेफले एफ्राइमको पनातिसम्म पनि देखे । तिनले मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।
Og Josef fikk se Efra'ims barn i tredje ledd; også barna til Makir, Manasses sønn, blev født på Josefs knær.
24 तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”
Og Josef sa til sine brødre: Jeg dør, men Gud skal visselig se til eder og føre eder op fra dette land til det land han har tilsvoret Abraham, Isak og Jakob.
25 अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू ।”
Og Josef tok en ed av Israels sønner og sa: Gud skal visselig se til eder, og da skal I føre mine ben op herfra.
26 यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।
Og Josef døde, hundre og ti år gammel; og de balsamerte ham og la ham i kiste i Egypten.