< इजकिएल 4 >
1 “तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्यो तेरो सामु राख् । त्यसपछि त्यसमाथि यरूशलेमको नक्सा बना ।
És te ember fia, végy magadnak egy téglát, tedd azt magad elé és véss reá várost: Jeruzsálemet.
2 तब त्यसका चारैतिर घेरा हाल्, र त्यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्सको वरिपरि छाउनी बना । त्यसलाई आक्रमण गरी भत्काउने मूढाहरू राख् ।
És készíts ellene ostromot, építs ellene ostromtornyokat, hányj föl ellene sánczot, készíts ellene táborokat és helyezz el ellene kosokat köröskörül.
3 तब आफ्नो निम्ति एउटा फलामको तावा लि र सहर र तेरो बिचमा एउटा फलामको पर्खालझैं त्यो खडा गर् र तेरो मुहार सहरतिर फर्का, किनकि त्यो घेरा लाएको अवस्थामा हुनेछ, र तैंले त्यसलाई घेरा हाल्नुपर्छ । इस्राएलका घरानाको निम्ति यो एउटा चिन्ह हुनेछ ।
És te végy magadnak vasserpenyőt, tedd azt vasfal gyanánt közéd és a város közé; és irányítsd feléje arczodat, hogy ostrom alatt legyen és ostromold azt: jel az Izraél háza számára
4 त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् ।
Te pedig feküdj bal oldalodra és tedd rá Izraél házának bűnét; azon napok száma szerint, a meddig rajta fekszel, viselni fogod bűnüket.
5 तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छुः तिन सय नब्बे दिन । यसरी तैंले इस्राएलका घरानाको पाप बोक्नेछस् ।
Én ugyanis adtam neked bűnük éveit napok száma szerint, háromszázkilencven napot, hogy viseljed Izraél házának bűnét.
6 जब तैंले ती दिन पुरा गर्नेछन्, तब दोस्रो पटक दाहिनेतिर कोल्टे पर् र किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्नेछस् । मैले तँलाई प्रत्येक वर्षको लागि एक दिन तोकेको छु ।
Ha ezeket befejezted, másodszor feküdj, jobb oldalodra, és viseld Jehúda házának bűnét; negyven napnak, egy-egy napot egy-egy évre, adtam azt neked.
7 तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्यस सहरको विरुद्धमा अगमवाणी भन् ।
És Jeruzsálem ostroma, felé irányítsd arczodat, karod pedig feltűrve legyen, és prófétálj róla.
8 किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
És íme én köteleket tettem reád, hogy ne fordulj oldalodról oldalodra, míg be nem fejezted az ostromod napjait.
9 त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
Te pedig végy magadnak búzát, árpát, babot, lencsét, kölest és tönkölyt, tedd azokat azon egy edénybe és készítsd el számodra azokat kenyérnek, azon napok száma szerint, ameddig oldalodon fekszel, háromszázkilencven napon át fogod enni.
10 तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
Ételed pedig, ahogy azt eszed, súly szerint legyen, húsz sékel egy napra, időtől időig fogod enni.
11 अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।
És vizet mérték szerint igyál, egy hatod hínt időtől időig fogod inni.
12 जौका केकजस्तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।”
Árpalepényként fogod enni, azt pedig emberganéj sarán süsd meg szemük láttára.
13 किनकि परमप्रभु भन्नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् ।”
És szólt az Örökkévaló: Így fogják enni Izrael fiai kenyerüket tisztátalanul a nemzetek között, ahová őket eltaszítom.
14 तर मैले भनें, “धिक्कार, हे परमप्रभु परमेश्वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्थादेखि अहिलेसम्म कहिल्यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ ।”
Erre mondtam: Jaj, Uram, Örökkévaló, íme a lelkem nincsen megtisztátalanítva, s elhullott és széttépett állatot nem ettem ifjúkoromtól fogva egész mostanáig és undokság húsa nem jutott az én számba
15 यसैले उहाँले मलाई भन्नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।
És szólt hozzám: Lásd, megengedtem neked a marhaganéjt ember sara helyett, hogy azon készítsd el kenyeredet.
16 उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।
És szólt hozzám: Ember fia, íme én eltöröm a kenyér pálcáját Jeruzsálemben és majd esznek kenyeret súly szerint és aggódással, vizet pedig mérték szerint és álmélkodással fognak inni;
17 किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
hogy hiányuk legyen kenyérben és vízben, és eliszonyodnak egyik, a másikán és elsínylenek bűnükben.