< दानिएल 4 >
1 नबूकदनेसर राजाले पृथ्वीमा बस्ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् ।
Nebúkadnecczár király mind a népekhez, nemzetekhez és nyelvekhez, a melyek az egész földön laknak Békétek nagy legyen!
2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ ।
A jeleket és csodákat, a melyeket mívelt velem a legfelsőbb Isten, jónak tetszik előttem közzé tenni.
3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।
Jelei mily nagyok s csodái mily hatalmasok; királysága örök királyság és uralma nemzedék meg nemzedéknél tart!
4 म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्नो दरबारमा समृद्धिमा आनन्दित थिएँ ।
Én Nebúkadnecczár boldog voltam házamban és viruló a palotámban.
5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।
Álmot láttam, az megfélemlített engem s gondolatok fekvőhelyemen, s fejem látomásai megrémítettek engem,
6 यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्त सपनाको अर्थ मलाई बताउन सकून् ।
s kiadatott tőlem a rendelet, hogy bevezessék elém mind a Bábel bölcseit, hogy az álom megfejtését tudassák velem.
7 त्यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्न सकेनन् ।
Ekkor bejöttek az irástudók, jósok, kaldeusok és csillagjóslók s az álmot előttük elmondtam, de a megfejtését nem tudatták velem.
8 तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।
Utolsónak aztán bejött elém Dániél, kinek neve Béltsacczár – istenem neve szerint – s a kiben a szent istenek szelleme van; s az álmot elmondottam előtte:
9 “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।
Béltsacczár, az irástudók feje, kiről tudom, hogy benned a szent istenek szelleme van, s hogy semmi titok nem zavar téged, álmom látomásait, a melyeket láttam s a megfejtését mondd meg!
10 म आफ्नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।
Fejem látomásai pedig a fekvőhelyemen ezek: Láttam s íme egy fa a föld közepén és magassága nagy.
11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्लो छेउबाट पनि त्यो देख्न सकिन्थ्यो ।
Nőtt a fa s erősödött, s magassága fölért az égig s ellátszott az egész föld végéig.
12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।
Lombozata szép s gyümölcse sok s táplálék rajta mindnek; alatta hűsel a mező vadja s ágaiban lakoznak az ég madarai s belőle táplálkozik minden halandó.
13 म आफ्नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।
Láttam fejem látomásaiban fekvőhelyemen, s íme egy őr meg szent alászáll az égből;
14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।
kiált erővel s így szól: Vágjátok ki a fát s messétek le ágait, hullassátok le lombozatát és szórjátok szét gyümölcsét; költözzék el alóla vad s a madarak az ágaiból.
15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् ।
Ámde gyökereinek tőkéjét hagyjátok a földben, és pedig vas- és rézbilincsben a mező füve között, s az ég harmatjával áztassák s a vaddal együtt legyen osztályrésze a föld füvében.
16 त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् ।
Szivét az embertől elváltoztassák s állatnak szive adasaék neki s hét időszak haladjon el fölötte.
17 यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्न स्तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
Az őrök végzéséből van e szó s a szentek parancsából a kijelentés annak okából, hogy tudják meg az élők, hogy uralkodik a Legfelső az emberi királyságon s a kinek akarja, adja azt s az emberek legalacsonyabbját állítja föléje.
18 म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”
Ezt az álmot láttam én, Nebúkadnecczár király; to pedig Béltsacczár, mondjad el megfejtését, mivelhogy mind a királyságom bölcsei nem birják velem tudatni a megfejtést, de te birod, mert szent istenek szelleme van benned.
19 तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्यो । राजाले भने, “ए बेलतसजर, त्यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।
Ekkor Dániél, kinek neve Béltsacczár, elámúlt egy bizonyos ideig és gondolatai megrémítették. Megszólalt a király és mondta: Béltsacczár, az álom és megfejtése ne rémítsen meg téged! Felelt Béltsacczár és mondta: Uram! Az álom a te gyűlölőidnek és megfejtése ellenségeidnek!
20 हजुरले देख्नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,
A fa, melyet láttál, a mely nőtt és erősödött s magassága fölért az égig és ellátszott az egész földön,
21 र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे,
s lombozata szép s gyümölcse sok és táplálék rajta mindnek, alatta lakozik a mező vadja s ágaiban laknak az ég madarai:
22 हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्लो छेऊसम्मै पुगेको छ ।
te vagy az, oh király, a ki nőttél és megerősödtél s nagyságod nőtt, fölért az égig s uralmad a föld végéig.
23 हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’
Hogy pedig a király látott egy őrt és szentet, a mint alászállt az égből és mondta: vágjátok ki a fát és rontsátok meg, ámde gyökereinek tőkéjét a földben hagyjátok és pedig vas- és rézbilincs közben a mező füve között s az ég harmatától áztassák s a mező vadjával legyen osztályrésze, míg hét időszak el nem halad felette:
24 हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्च परमेश्वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।
ez a megfejtés, oh király, s a Legfelsőnek végzése az, a mely érte uramat, a királyt.
25 हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा हजुरले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।
Téged ugyanis kiűznek az emberek közül s a mező vadjával lesz lakásod, s füvet, mint ökrökkel fognak etetni veled s az ég harmatjából áztatnak s hét időszak fog elhaladni fölötted, mig meg nem tudod, hogy uralkodó a Legfelső az emberi királyságon, és a kinek akarja, adja azt.
26 रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।
S hogy azt mondták, hogy hagyják meg a fa gyökereinek tőkéjét: királyságod neked megmarad, mihelyt megtudod, hogy az Ég uralkodik.
27 यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।”
Azért, oh király, tanácsom jónak tessék neked, vétkeidet igazság által váltsd meg és bűneidet szegényeken való könyörülés által, hátha lesz tartama a te boldogságodnak.
28 यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।
Mindez elérte Nebúkadnecczár királyt.
29 बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए,
Tizenkét hónap multán járt vala Bábel királyi palotáján.
30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो राजकीय निवास, र आफ्नो ऐश्वर्यको महिमाको निम्ति निर्माण गरें?”.
Megszólalt a király és mondta: Nemde, ez az a nagy Bábel, melyet én építettem királyi székvárosomnak erőm hatalmával s díszem dicsőségére!
31 राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।
Még a király szájában volt a szó és hang szállt le az égből: Neked mondják, oh Nebúkadnecczár király, uralmad eltávozott tőled.
32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा तैंले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।”
S az emberek közül kiűznek téged, s a mező vadjával lesz lakásod, fűvel mint az ökröket fognak etetni téged; s hét időszak fog elhaladni fölötted, a míg meg nem tudod, hogy uralkodó a Legfelső az emberi királyságon s a kinek akarja adja azt.
33 नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो ।
Abban az órában beteljesedett a szó Nebúkadnecczáron; s az emberek közül kiüzetett, s füvet evett, mint az ökrök s az ég harmatjából áztatták a testét, míg a haja meg nem nőtt, mint a sasoké és körmei, mint a madaraké.
34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
Napok múltán én Nebúkadnecczár az ég felé emeltem szemeimet s eszem hozzám visszatért s a Legfelsőt áldottam s az örökké élőt dicsértem s magasztaltam, a kinek uralma örök uralom és királysága nemzedéknél meg nemzedéknél tart,
35 सम्पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्न स्तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
s mind a földnek lakói mint a semmi tekintetnek, s az ő akarata szerint cselekszik az ég seregével s a föld lakóival s nincsen, a ki kezeit megakadályozná s azt mondaná neki: mit cselekedtél?
36 मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्छा गरे । मलाई आफ्नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्ता दिइयो ।
Abban az időben visszatért hozzám eszem és királyságom dicsőségére díszem és fényem visszatért hozzám, és tanácsosaim s nagyjaim engem fölkerestek, királyságom fölé helyeztettem és kiváló nagyság hozzáadatott nekem.
37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्नुहुन्छ ।
Most tehát én Nebúkadnecczár dicsérem, dicsőitem és magasztalom az egek királyát, kinek mind a cselekedetei igazság s útjai jog s a kik a gőgösségben járnak, azokat lealacsonyíthatja.