< आमोस 6 >
1 सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
Nnome nka mo a mugye mo ho di wɔ Sion, ne mo a mo asom adwo mo wɔ Samaria bepɔw so, mo atitiriw a mowɔ ɔman a edi kan mu, a Israelfo ba mo nkyɛn!
2 तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
Monkɔ Kalne nkɔhwɛ hɔ. Na mumfi hɔ nkɔ Hamat kɛse mu, munsian nkɔ Gat a ɛwɔ Filistia. Woye sen mo ahemman abien no? Wɔn asase no so sen mo de no ana?
3 विनाशको दिनलाई पन्छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्कार ।
Mutu da bɔne hyɛ da na motwe atemmuda bɛn.
4 तिनीहरू हस्तिहाडको ओछ्यानमा सुत्छन् र आ-आफ्ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।
Modeda asonse mpa so mugye mo ahome wɔ mo nnae mu, na mowe nguantenmma ne nantwimma a wɔadodɔ srade nam.
5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।
Mode mo sankuten to ahuhunnwom, na mobɔ mo tirim yɛ nnwom wɔ mo nnwontode so te sɛ Dawid.
6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
Monom nsa wɔ nkora mu na mode sradehuam papa yɛ mo ho, na munni awerɛhow wɔ Yosef sɛe ho.
7 यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्जा गर्नेहरूको भोजको अन्त हुनेछ ।
Ɛno nti, mobɛka wɔn a wodi kan twa wɔn asu no ho; na mo aponto ne mo ahomegye to betwa.
8 “म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्यसलाई सुम्पिदिनेछु ।”
Otumfo Awurade aka ne ho ntam na nea Asafo Awurade Nyankopɔn se ni: “Mikyi Yakob ahomaso na mempɛ nʼaban; mede kuropɔn no bɛma ne nea ɛwɔ mu nyinaa.”
9 यस्तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् ।
Sɛ wogyaw nnipa du wɔ ofi baako mu a, wɔn nso bewuwu.
10 जब कुनै मानिसको आफन्त तिनीहरूका लासहरू निकाल्न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्यस घरमा भएको मानिसलाई सोध्छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्यो मानिसले भन्छ, “छैन ।” त्यसपछि उसले भन्नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”
Na sɛ obusuani a ɔrebɛhyew awufo no ba sɛ ɔrebɛfa wɔn afi fie hɔ na obisa obi a wakɔtɛw se, “Obi ka wo ho ana?” Na obua se, “Dabi” a, afei ɔbɛka se, “Mua wʼano!” Ɛnsɛ sɛ wɔbɔ Awurade din.
11 किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।
Na Awurade ahyɛ mmara na obebubu afi akɛse no mu asinasin ne afi nketewa no nso mu nketenkete.
12 के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्छन् र? के कसैले त्यहाँ गोरू जोत्छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्ततामा परिणत गरेका छौ ।
Apɔnkɔ tu mmirika wɔ abotan a apaapae so ana? Na obi de nantwi funtum hɔ ana? Nanso moadan atɛntrenee ayɛ no awuduru. Na trenee nso ayɛ nwenweenwen.
13 लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
Mo a mo ani gye Lo-debar nkogu ho, na mubisa se, “Ɛnyɛ yɛn ahoɔden na yɛde dii Karnaim so ana?”
14 “तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्तमान् परमेश्वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”
Nea Asafo Awurade Nyankopɔn se ni: “Mɛhwanyan ɔman bi abetia mo, Israelfo, nea ɔbɛhyɛ mo so afi Lebo Hamat akosi Araba bon mu.”