< आमोस 6 >

1 सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
Teško bezbrižnima u Sionu i onima koji su bez straha u gori Samarijskoj, koji su na glasu izmeðu poglavica narodima, ka kojima dolazi dom Izrailjev.
2 तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्‍नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्‍तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
Proðite u Halnu i vidite, i odande idite u veliki Emat, poslije siðite u Gat Filistejski; je li koje carstvo bolje od ovijeh? jesu li im meðe prostranije od vaših meða?
3 विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।
Teško vama koji mislite da je daleko zli dan, a primièete stolicu na kojoj je nasilje;
4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।
Koji liježete na odrima od slonove kosti i pružate se na posteljama svojim, i jedete jaganjce iz stada i teoce ugojene;
5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।
Koji pjevate uza psaltire, i izmišljate sprave muzièke kao David;
6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
Koji pijete vino velikim èašama, i mažete se skupocjenijem mirisima, a ne marite za polom Josifov.
7 यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।
Zato æe sada otiæi u ropstvo meðu prvima koji æe otiæi u ropstvo, i prestaæe radost onijeh koji se goste.
8 “म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”
Zakle se Gospod Gospod sobom, govori Gospod Bog nad vojskama: ja se gadim na ponos Jakovljev i mrzim na dvorove njegove; zato æu predati grad i sve što je u njemu.
9 यस्‍तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् ।
I ako deset ljudi ostane u jednoj kuæi, umrijeæe.
10 जब कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्‍यो मानिसले भन्छ, “छैन ।” त्‍यसपछि उसले भन्‍नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”
I kad uzme koga stric mu ili koji æe ga spaliti da iznese kosti njegove iz kuæe, reæi æe onome koji bude u kutu u kuæi: ima li jošte ko kod tebe? A on æe reæi: nema nikoga. A on æe reæi: muèi; jer ne pominjaše imena Gospodnjega.
11 किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।
Jer evo, Gospod zapovijeda i udariæe dom veliki da se razvali i mali dom da popuca.
12 के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र? के कसैले त्यहाँ गोरू जोत्‍छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ ।
Trèe li konji po stijeni i ore li se volovima? jer vi pretvoriste sud u žuè, i plod od pravde u pelen.
13 लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
Vi se radujete onome što nije ništa, i govorite: nijesmo li svojom snagom dobili rogove?
14 “तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”
Jer, gle, ja æu podignuti na vas, dome Izrailjev, govori Gospod Bog nad vojskama, narod, koji æe vas pritijesniti od ulaska u Emat do potoka u pustinji.

< आमोस 6 >