< प्रेरित 7 >

1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”
ⲁ̅ⲡⲉϫⲁϥ ⲛⲁϥ ⲛϭⲓ ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ϫⲉ ⲛⲛⲁⲓ ⲥⲙⲟⲛⲧ ⲛⲧⲉⲓϩⲉ
2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।
ⲃ̅ⲛⲧⲟϥ ⲇⲉ ⲁϥⲟⲩⲱϣⲃ ⲡⲉϫⲁϥ ϫⲉ ⲛⲣⲱⲙⲉ ⲛⲁⲥⲛⲏⲩ ⲁⲩⲱ ⲛⲁⲉⲓⲟⲧⲉ ⲥⲱⲧⲙ ⲉⲣⲟⲓ ⲡⲛⲟⲩⲧⲉ ⲙⲡⲉⲟⲟⲩ ⲁϥⲟⲩⲱⲛϩ ⲉⲃⲟⲗ ⲙⲡⲉⲛⲉⲓⲱⲧ ⲁⲃⲣⲁϩⲁⲙ ⲉϥϣⲟⲟⲡ ϩⲛ ⲧⲙⲉⲥⲟⲡⲟⲇⲟⲙⲓⲁ ⲙⲡⲁⲧϥⲟⲩⲱϩ ϩⲛ ⲭⲁⲣⲣⲁⲛ
3 उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।”
ⲅ̅ⲡⲉϫⲁϥ ⲛⲁϥ ϫⲉ ⲁⲙⲟⲩ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲉⲕⲕⲁϩ ⲙⲛ ⲧⲉⲕⲥⲩⲅⲅⲉⲛⲓⲁ ⲛⲅⲉⲓ ⲉϩⲣⲁⲓ ⲉⲡⲕⲁϩ ⲉϯⲛⲁⲧⲥⲁⲃⲟⲕ ⲉⲣⲟϥ
4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ ।
ⲇ̅ⲧⲟⲧⲉ ⲁϥⲉⲓ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲕⲁϩ ⲛⲛⲉⲭⲁⲗⲇⲁⲓⲟⲥ ⲁϥⲟⲩⲱϩ ϩⲛ ⲭⲁⲣⲣⲁⲛ ⲉⲃⲟⲗ ⲇⲉ ϩⲙ ⲡⲙⲁ ⲉⲧⲙⲙⲁⲩ ⲙⲛⲛⲥⲁ ⲧⲣⲉⲡⲉϥⲉⲓⲱⲧ ⲙⲟⲩ ⲁⲩⲡⲟⲟⲛⲉϥ ⲉϩⲣⲁⲓ ⲉⲡⲉⲓⲕⲁϩ ⲡⲁⲓ ⲛⲧⲱⲧⲛ ⲧⲉⲛⲟⲩ ⲉⲧⲉⲧⲛⲟⲩⲏϩ ϩⲣⲁⲓ ⲛϩⲏⲧϥ
5 उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।
ⲉ̅ⲁⲩⲱ ⲙⲡϥϯ ⲕⲗⲏⲣⲟⲛⲟⲙⲓⲁ ⲛⲁϥ ϩⲣⲁⲓ ⲛϩⲏⲧϥ ⲟⲩⲇⲉ ⲟⲩⲧⲁϭⲥⲉ ⲛⲟⲩⲉⲣⲏⲧⲉ ⲁⲗⲗⲁ ⲁϥⲉⲣⲏⲧ ⲉⲧⲁⲁϥ ⲛⲁϥ ⲉⲩⲁⲙⲁϩⲧⲉ ⲙⲛ ⲡⲉϥⲥⲡⲉⲣⲙⲁ ⲙⲛⲛⲥⲱⲥ ⲉⲙⲛⲧϥ ϣⲏⲣⲉ ⲙⲙⲁⲩ
6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।
ⲋ̅ⲁⲡⲛⲟⲩⲧⲉ ⲇⲉ ϣⲁϫⲉ ⲛⲙⲙⲁϥ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲡⲉⲕⲥⲡⲉⲣⲙⲁ ⲛⲁⲣ ⲣⲙⲛϭⲟⲓⲗⲉ ϩⲛ ⲟⲩⲕⲁϩ ⲙⲡⲱϥ ⲁⲛ ⲡⲉ ⲁⲩⲱ ⲥⲉⲛⲁⲁⲁⲩ ⲛϩⲙϩⲁⲗ ⲛⲥⲉⲙⲟⲕϩⲟⲩ ⲛϥⲧⲟⲩϣⲉ ⲛⲣⲟⲙⲡⲉ
7 परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”
ⲍ̅ⲡϩⲉⲑⲛⲟⲥ ⲇⲉ ⲉⲧⲟⲩⲛⲁⲣ ϩⲙϩⲁⲗ ⲛⲁϥ ϯⲛⲁⲕⲣⲓⲛⲉ ⲁⲛⲟⲕ ⲙⲙⲟϥ ⲡⲉϫⲁϥ ⲛϭⲓ ⲡⲛⲟⲩⲧⲉ ⲁⲩⲱ ⲙⲛⲛⲥⲁ ⲛⲁⲓ ⲥⲉⲛⲏⲩ ⲉⲃⲟⲗ ⲛⲥⲉϣⲙϣⲉ ⲛⲁⲓ ϩⲣⲁⲓ ϩⲙ ⲡⲉⲓⲙⲁ
8 अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।
ⲏ̅ⲁⲩⲱ ⲁϥϯ ⲛⲁϥ ⲛⲟⲩⲇⲓⲁⲑⲏⲕⲏ ⲛⲥⲃⲃⲉ ⲧⲁⲓ ⲧⲉ ⲑⲉ ⲛⲧⲁϥϫⲡⲉ ⲓⲥⲁⲁⲕ ⲁϥⲥⲃⲃⲏⲧϥ ϩⲙ ⲡⲙⲉϩϣⲙⲟⲩⲛ ⲛϩⲟⲟⲩ ⲓⲥⲁⲕ ⲇⲉ ⲛⲓⲁⲕⲱⲃ ⲓⲁⲕⲱⲃ ⲇⲉ ⲙⲡⲙⲛⲧⲥⲛⲟⲟⲩⲥ ⲙⲡⲁⲧⲣⲓⲁⲣⲭⲏⲥ
9 कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।
ⲑ̅ⲁⲩⲱ ⲙⲡⲁⲧⲣⲓⲁⲣⲭⲏⲥ ⲁⲩⲕⲱϩ ⲉⲓⲱⲥⲏⲫ ⲁⲩⲧⲁⲁϥ ⲉⲃⲟⲗ ϩⲣⲁⲓ ϩⲛ ⲕⲏⲙⲉ ⲛⲉⲣⲉⲡⲛⲟⲩⲧⲉ ⲇⲉ ϣⲟⲟⲡ ⲛⲙⲙⲁϥ ⲡⲉ
10 र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
ⲓ̅ⲁⲩⲱ ⲁϥⲛⲁϩⲙⲉϥ ⲉⲃⲟⲗ ϩⲛ ⲛⲉϥⲑⲗⲓⲯⲓⲥ ⲧⲏⲣⲟⲩ ⲁϥϯ ⲛⲁϥ ⲛⲟⲩⲭⲁⲣⲓⲥ ⲙⲛ ⲟⲩⲥⲟⲫⲓⲁ ⲙⲡⲙⲧⲟ ⲉⲃⲟⲗ ⲙⲫⲁⲣⲁⲱ ⲡⲣⲣⲟ ⲛⲕⲏⲙⲉ ⲁϥⲧⲁϩⲟϥ ⲉⲣⲁⲧϥ ⲛⲛⲟϭ ⲉϩⲣⲁⲓ ⲉϫⲛ ⲕⲏⲙⲉ ⲁⲩⲱ ⲉϫⲙ ⲡⲉϥⲏⲓ ⲧⲏⲣϥ
11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
ⲓ̅ⲁ̅ⲁⲩϩⲉⲃⲱⲱⲛ ⲇⲉ ⲉⲓ ⲉϩⲣⲁⲓ ⲉϫⲛ ⲕⲏⲙⲉ ⲧⲏⲣϥ ⲙⲛ ⲭⲁⲛⲁⲁⲛ ⲙⲛ ⲟⲩⲛⲟϭ ⲛⲑⲗⲓⲯⲓⲥ ⲁⲩⲱ ⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲛⲉⲩϭⲛ ⲟⲉⲓⲕ ⲁⲛ ⲡⲉ
12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
ⲓ̅ⲃ̅ⲛⲧⲉⲣⲉϥⲥⲱⲧⲙ ⲇⲉ ⲛϭⲓ ⲓⲁⲕⲱⲃ ϫⲉ ⲟⲩⲛⲥⲟⲩⲟ ϩⲛ ⲕⲏⲙⲉ ⲁϥϫⲟⲟⲩ ⲛⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲛϣⲟⲣⲡ
13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।
ⲓ̅ⲅ̅ⲙⲡⲙⲉϩⲥⲉⲡⲥⲛⲁⲩ ⲇⲉ ⲁⲓⲱⲥⲏⲫ ⲟⲩⲟⲛϩϥ ⲉⲃⲟⲗ ⲛⲛⲉϥⲥⲛⲏⲩ ⲁⲩⲱ ⲁⲫⲁⲣⲁⲱ ⲥⲟⲩⲛ ⲡⲅⲉⲛⲟⲥ ⲛⲓⲱⲥⲏⲫ
14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।
ⲓ̅ⲇ̅ⲁϥϫⲟⲟⲩ ⲇⲉ ⲛϭⲓ ⲓⲱⲥⲏⲫ ⲁϥⲧⲣⲉⲩⲙⲟⲩⲧⲉ ⲉⲓⲁⲕⲱⲃ ⲡⲉϥⲉⲓⲱⲧ ⲁⲩⲱ ⲧⲉϥⲥⲩⲅⲅⲉⲛⲓⲁ ⲧⲏⲣⲥ ⲉⲩⲙⲉϩϣϥⲉⲧⲏ ⲙⲯⲩⲭⲏ
15 त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
ⲓ̅ⲉ̅ⲓⲁⲕⲱⲃ ⲇⲉ ⲁϥⲉⲓ ⲉϩⲣⲁⲓ ⲉⲕⲏⲙⲉ ⲁⲩⲱ ⲁϥⲙⲟⲩ ⲛⲧⲟϥ ⲙⲛ ⲛⲉⲛⲉⲓⲟⲧⲉ
16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
ⲓ̅ⲋ̅ⲁⲩⲡⲟⲟⲛⲟⲩ ⲉϩⲣⲁⲓ ⲉⲥⲩⲭⲉⲙ ⲁⲩⲱ ⲁⲩⲕⲁⲁⲩ ϩⲣⲁⲓ ϩⲙ ⲡⲧⲁⲫⲟⲥ ⲛⲧⲁⲁⲃⲣⲁϩⲁⲙ ϣⲟⲡϥ ϩⲁ ⲟⲩⲁⲥⲟⲩ ⲛϩⲟⲙⲧ ⲉⲃⲟⲗ ϩⲓⲧⲛ ⲛϣⲏⲣⲉ ⲛⲉⲙⲱⲣ ϩⲛ ⲥⲩⲭⲉⲙ
17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।
ⲓ̅ⲍ̅ⲛⲧⲉⲣⲉϥϩⲱⲛ ⲇⲉ ⲉϩⲟⲩⲛ ⲛϭⲓ ⲡⲉⲟⲩⲟⲉⲓϣ ⲙⲡⲉⲣⲏⲧ ⲡⲁⲓ ⲛⲧⲁⲡⲛⲟⲩⲧⲉ ϩⲟⲙⲟⲗⲟⲅⲓ ⲙⲙⲟϥ ⲛⲁⲃⲣⲁϩⲁⲙ ⲁⲡⲛⲟⲩⲧⲉ ⲁⲩⲝⲁⲛⲉ ⲙⲡⲗⲁⲟⲥ ⲁⲩⲱ ⲁϥⲁϣⲁⲓ ϩⲛ ⲕⲏⲙⲉ
18 त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।
ⲓ̅ⲏ̅ϣⲁⲛⲧϥⲧⲱⲟⲩⲛ ⲛϭⲓ ⲕⲉⲣⲣⲟ ⲉϩⲣⲁⲓ ⲉϫⲛ ⲕⲏⲙⲉ ⲛϥⲥⲟⲟⲩⲛ ⲁⲛ ⲛⲓⲱⲥⲏⲫ
19 ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।
ⲓ̅ⲑ̅ⲡⲁⲓ ⲁϥϫⲓϣⲟϫⲛⲉ ⲉⲡⲉⲛⲅⲉⲛⲟⲥ ⲉⲙⲟⲩⲕϩ ⲛⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲉⲧⲣⲉⲩⲛⲟⲩϫⲉ ⲉⲃⲟⲗ ⲛⲛⲉⲩϣⲏⲣⲉ ⲉⲧⲙⲧⲁⲛϩⲟⲟⲩ
20 त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।
ⲕ̅ϩⲙ ⲡⲉⲩⲟⲓϣ ⲉⲧⲙⲙⲁⲩ ⲁⲩϫⲡⲉ ⲙⲱⲩⲥⲏⲥ ⲁⲩⲱ ⲛⲉⲛⲉⲥⲱϥ ⲡⲉ ϩⲙ ⲡⲛⲟⲩⲧⲉ ⲁⲩⲥⲁⲛⲟⲩϣϥ ⲇⲉ ⲛϣⲟⲙⲛⲧ ⲛⲉⲃⲟⲧ ϩⲙ ⲡⲏⲓ ⲙⲡⲉϥⲉⲓⲱⲧ
21 जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।
ⲕ̅ⲁ̅ⲛⲧⲉⲣⲟⲩⲛⲟϫϥ ⲇⲉ ⲉⲃⲟⲗ ⲁⲥϥⲓⲧϥ ⲛϭⲓ ⲧϣⲉⲉⲣⲉ ⲙⲫⲁⲣⲁⲱ ⲁⲩⲱ ⲁⲥⲥⲁⲛⲟⲩϣϥ ⲛⲁⲥ ⲉⲩϣⲏⲣⲉ
22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने ।
ⲕ̅ⲃ̅ⲁⲩⲱ ⲁⲩⲡⲁⲓⲇⲉⲩⲉ ⲙⲙⲱⲩⲥⲏⲥ ϩⲛ ⲥⲟⲫⲓⲁ ⲛⲓⲙ ⲛⲛⲣⲙⲛⲕⲏⲙⲉ ⲁⲩⲱ ⲛⲉϥⲟ ⲛⲇⲩⲛⲁⲧⲟⲥ ϩⲛ ⲛⲉϥϣⲁϫⲉ ⲙⲛ ⲛⲉϥϩⲃⲏⲩⲉ
23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो ।
ⲕ̅ⲅ̅ⲛⲧⲉⲣⲉϩⲙⲉ ⲇⲉ ⲛⲣⲟⲙⲡⲉ ϫⲱⲕ ⲉⲃⲟⲗ ⲛⲁϥ ⲁⲥⲁⲗⲉ ⲉϩⲣⲁⲓ ⲉϫⲙ ⲡⲉϥϩⲏⲧ ⲉϭⲙ ⲡϣⲓⲛⲉ ⲛⲛⲉϥⲥⲛⲏⲩ ⲛϣⲏⲣⲉ ⲙⲡⲓⲏⲗ
24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए ।
ⲕ̅ⲇ̅ⲁⲩⲱ ⲛⲧⲉⲣⲉϥⲛⲁⲩ ⲉⲟⲩⲁ ⲉⲩϫⲓ ⲙⲙⲟϥ ⲛϭⲟⲛⲥ ⲁϥⲛⲁϩⲙⲉϥ ⲁⲩⲱ ⲁϥⲉⲓⲣⲉ ⲙⲡⲉⲕⲃⲁ ⲙⲡⲉⲧⲟⲩⲙⲟⲩⲕϩ ⲙⲙⲟϥ ⲉⲁϥϩⲱⲧⲃ ⲙⲡⲣⲙⲛⲕⲏⲙⲉ
25 परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।
ⲕ̅ⲉ̅ⲛⲉϥⲙⲉⲉⲩⲉ ⲇⲉ ⲡⲉ ϫⲉ ⲥⲉⲛⲁⲉⲓⲙⲉ ⲛϭⲓ ⲛⲉϥⲥⲛⲏⲩ ϫⲉ ⲡⲛⲟⲩⲧⲉ ⲛⲁϯ ⲛⲁⲩ ⲛⲟⲩⲟⲩϫⲁⲓ ⲉⲃⲟⲗ ϩⲓⲧⲛ ⲛⲉϥϭⲓϫ ⲛⲧⲟⲟⲩ ⲇⲉ ⲙⲡⲟⲩⲉⲓⲙⲉ
26 अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ?”
ⲕ̅ⲋ̅ⲙⲡⲉϥⲣⲁⲥⲧⲉ ⲟⲛ ⲁϥⲟⲩⲱⲛϩ ⲛⲁⲩ ⲉⲃⲟⲗ ⲉⲩⲙⲓϣⲉ ⲙⲛ ⲛⲉⲩⲉⲣⲏⲩ ⲁⲩⲱ ⲁϥϩⲟⲧⲡⲟⲩ ⲉⲩⲉⲓⲣⲏⲛⲏ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲛⲣⲱⲙⲉ ⲛⲧⲉⲧⲛ ϩⲉⲛⲥⲛⲏⲩ ⲉⲧⲃⲉ ⲟⲩ ⲧⲉⲧⲛϫⲓ ⲛⲛⲉⲧⲛⲉⲣⲏⲩ ⲛϭⲟⲛⲥ
27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो?
ⲕ̅ⲍ̅ⲡⲉⲧϫⲓ ⲇⲉ ⲙⲡⲉⲧϩⲓⲧⲟⲩⲱϥ ⲛϭⲟⲛⲥ ⲁϥⲧⲟϭⲛⲉϥ ⲉϥϫⲱⲙⲙⲟⲥ ϫⲉ ⲛⲓⲙ ⲡⲉⲛⲧⲁϥⲕⲁⲑⲓⲥⲧⲁ ⲙⲙⲟⲕ ⲛⲁⲣⲭⲱⲛ ⲁⲩⲱ ⲛⲣⲉϥϯϩⲁⲡ ⲉϩⲣⲁⲓ ⲉϫⲱⲛ
28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ?”
ⲕ̅ⲏ̅ⲙⲏ ⲉⲕⲟⲩⲱϣ ⲛⲧⲟⲕ ⲉϩⲟⲧⲃⲉⲧ ⲛⲑⲉ ⲛⲧⲁⲕϩⲱⲧⲃ ⲙⲡⲣⲙⲛⲕⲏⲙⲉ ⲛⲥⲁϥ
29 यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने ।
ⲕ̅ⲑ̅ⲙⲱⲩⲥⲏⲥ ⲇⲉ ⲁϥⲡⲱⲧ ϩⲣⲁⲓ ϩⲙ ⲡⲉⲓϣⲁϫⲉ ⲁⲩⲱ ⲁϥⲣ ⲣⲙⲛϭⲟⲓⲗⲉ ϩⲙ ⲡⲕⲁϩ ⲙⲙⲁⲇⲓϩⲁⲙ ⲁϥϫⲡⲉ ϣⲏⲣⲉ ⲥⲛⲁⲩ ϩⲙ ⲡⲙⲁ ⲉⲧⲙⲙⲁⲩ
30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।
ⲗ̅ⲁⲩⲱ ⲛⲧⲉⲣⲉϩⲙⲉ ⲛⲣⲟⲙⲡⲉ ϫⲱⲕ ⲉⲃⲟⲗ ⲁϥⲟⲩⲱⲛϩ ⲛⲁϥ ⲉⲃⲟⲗ ϩⲛ ⲧⲉⲣⲏⲙⲟⲥ ⲙⲡⲧⲟⲟⲩ ⲛⲥⲓⲛⲁ ⲛϭⲓ ⲟⲩⲁⲅⲅⲉⲗⲟⲥ ϩⲛ ⲟⲩϣⲁϩ ⲛⲕⲱϩⲧ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲃⲁⲧⲟⲥ
31 मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,
ⲗ̅ⲁ̅ⲙⲱⲩⲥⲏⲥ ⲇⲉ ⲛⲧⲉⲣⲉϥⲛⲁⲩ ⲁϥⲣϣⲡⲏⲣⲉ ⲙⲫⲟⲣⲟⲙⲁ ⲉϥⲛⲁϯ ⲡⲉϥⲟⲩⲟⲓ ⲇⲉ ⲉϩⲟⲩⲛ ⲉⲛⲁⲩ ⲁⲧⲉⲥⲙⲏ ⲙⲡϫⲟⲉⲓⲥ ϣⲱⲡⲉ ϫⲉ
32 “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।
ⲗ̅ⲃ̅ⲁⲛⲟⲕ ⲡⲉ ⲡⲛⲟⲩⲧⲉ ⲛⲛⲉⲕⲉⲓⲟⲧⲉ ⲡⲛⲟⲩⲧⲉ ⲛⲁⲃⲣⲁϩⲁⲙ ⲙⲛ ⲓⲥⲁⲁⲕ ⲙⲛ ⲓⲁⲕⲱⲃ ⲙⲱⲩⲥⲏⲥ ⲇⲉ ⲛⲧⲉⲣⲉϥϣⲱⲡⲉ ϩⲛ ⲟⲩⲥⲧⲱⲧ ⲙⲡϥⲧⲟⲗⲙⲁ ⲉϭⲱϣⲧ
33 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो ।
ⲗ̅ⲅ̅ⲡⲉϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲛⲁϥ ϫⲉ ⲃⲱⲗ ⲉⲃⲟⲗ ⲙⲡⲧⲟⲟⲩ ⲉⲧⲛⲣⲁⲧⲕ ⲡⲙⲁ ⲅⲁⲣ ⲉⲧⲕⲁϩⲉⲣⲁⲧⲕ ⲛϩⲏⲧϥⲟⲩⲕⲁϩ ⲉϥⲟⲩⲁⲁⲃ ⲡⲉ
34 निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।”
ⲗ̅ⲇ̅ϩⲛ ⲟⲩⲛⲁⲩ ⲁⲓⲛⲁⲩ ⲉⲡⲙⲕⲁϩ ⲙⲡⲁⲗⲁⲟⲥ ⲉⲧϩⲛ ⲕⲏⲙⲉ ⲁⲩⲱ ⲁⲓⲥⲱⲧⲙ ⲉⲡⲉⲩⲁϣⲁϩⲟⲙ ⲁⲩⲉⲓ ⲉⲡⲉⲥⲏⲧ ⲉⲛⲁϩⲙⲟⲩ ⲧⲉⲛⲟⲩ ϭⲉ ⲁⲙⲟⲩ ⲧⲁϫⲟⲟⲩⲕ ⲉϩⲣⲁⲓ ⲉⲕⲏⲙⲉ
35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?”, तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो ।
ⲗ̅ⲉ̅ⲡⲁⲓ ⲡⲉ ⲙⲱⲩⲥⲏⲥ ⲛⲧⲁⲩⲁⲣⲛⲁ ⲙⲙⲟϥ ⲉⲩϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲛⲓⲙ ⲡⲉⲛⲧⲁϥⲕⲁⲑⲓⲥⲧⲁ ⲙⲙⲟⲕ ⲛⲁⲣⲭⲱⲛ ⲁⲩⲱ ⲛⲣⲉϥϯϩⲁⲡ ⲉϩⲣⲁⲓ ⲉϫⲱⲛ ⲡⲁⲓ ⲁⲡⲛⲟⲩⲧⲉ ϫⲟⲟⲩϥ ⲛⲁⲣⲭⲱⲛ ⲁⲩⲱ ⲛⲣⲉϥⲥⲱⲧⲉ ⲙⲛ ⲧϭⲓϫ ⲙⲡⲁⲅⲅⲉⲗⲟⲥ ⲛⲧⲁϥⲟⲩⲱⲛϩ ⲛⲁϥ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲃⲁⲧⲟⲥ
36 मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।
ⲗ̅ⲋ̅ⲡⲁⲓ ⲡⲉⲛⲧⲁϥⲛⲧⲟⲩ ⲉⲃⲟⲗ ⲉⲁϥⲉⲓⲣⲉ ⲛϩⲉⲛⲙⲁⲉⲓⲛ ⲙⲛ ϩⲉⲛϣⲡⲏⲣⲉ ϩⲛ ⲕⲏⲙⲉ ⲁⲩⲱ ϩⲛ ⲧⲉⲣⲩⲑⲣⲁ ⲑⲁⲗⲁⲥⲥⲁ ⲁⲩⲱ ϩⲓ ⲡϫⲁⲓⲉ ⲛϩⲙⲉ ⲛⲣⲟⲙⲡⲉ
37 यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”
ⲗ̅ⲍ̅ⲡⲁⲓ ⲡⲉ ⲉⲛⲧⲁϥϫⲟⲟⲥ ⲛⲛϣⲏⲣⲉ ⲙⲡⲓⲏⲗ ϫⲉ ⲡⲛⲟⲩⲧⲉ ⲛⲁⲧⲟⲩⲛⲉⲥ ⲟⲩⲡⲣⲟⲫⲏⲧⲏⲥ ⲛⲏⲧⲛ ⲉⲃⲟⲗ ϩⲛ ⲛⲉⲧⲛⲥⲛⲏⲩ ⲛⲧⲁϩⲉ
38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।
ⲗ̅ⲏ̅ⲡⲁⲓ ⲡⲉ ⲛⲧⲁϥϣⲱⲡⲉ ϩⲛ ⲧⲉⲕⲗⲏⲥⲓⲁ ϩⲓ ⲧⲉⲣⲏⲙⲟⲥ ⲙⲛ ⲡⲉⲧϣⲁϫⲉ ⲛⲙⲙⲁϥ ϩⲙ ⲡⲧⲟⲟⲩ ⲛⲥⲓⲛⲁ ⲁⲩⲱ ⲙⲛ ⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲡⲁⲓ ⲡⲉ ⲉⲛⲧⲁϥϫⲓ ⲛϩⲉⲛϣⲁϫⲉ ⲉⲩⲟⲛϩ ⲉⲧⲁⲁⲩ ⲛⲏⲧⲛ
39 यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।
ⲗ̅ⲑ̅ⲁⲩⲱ ⲙⲡⲟⲩⲟⲩⲱϣ ⲉⲥⲱⲧⲙ ⲛⲥⲱϥ ⲛϭⲓ ⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲁⲗⲗⲁ ⲁⲩⲕⲁⲁϥ ⲛⲥⲱⲟⲩ ⲉⲁⲩⲕⲟⲧⲟⲩ ϩⲛ ⲛⲉⲩϩⲏⲧ ⲉⲕⲏⲙⲉ
40 त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।”
ⲙ̅ⲉⲁⲩϫⲟⲟⲥ ⲛⲁⲁⲣⲱⲛ ϫⲉ ⲧⲁⲙⲓⲟ ⲛⲁⲛ ⲛϩⲉⲛⲛⲟⲩⲧⲉ ⲛⲥⲉϫⲓⲙⲟⲉⲓⲧ ϩⲏⲧⲛ ⲙⲱⲩⲥⲏⲥ ⲅⲁⲣ ⲡⲁⲓ ⲛⲧⲁϥⲛⲧⲛ ⲉⲃⲟⲗ ϩⲙ ⲡⲕⲁϩ ⲛⲕⲏⲙⲉ ⲛⲧⲛⲥⲟⲟⲩⲛ ⲁⲛ ϫⲉ ⲛⲧⲁⲟⲩ ϣⲱⲡⲉ ⲙⲙⲟϥ
41 ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।
ⲙ̅ⲁ̅ⲁⲩⲱ ⲁⲩⲧⲁⲙⲓⲉ ⲡⲙⲁⲥⲉ ϩⲛ ⲛⲉϩⲟⲟⲩ ⲉⲧⲙⲙⲁⲩ ⲁⲩⲧⲁⲗⲉ ⲑⲩⲥⲓⲁ ⲉϩⲣⲁⲓ ⲙⲡⲉⲓⲇⲱⲗⲟⲛ ⲁⲩⲱ ⲁⲩⲉⲩⲫⲣⲁⲛⲉ ϩⲛ ⲛⲉϩⲃⲏⲩⲉ ⲛⲛⲉⲩϭⲓϫ
42 तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र?”
ⲙ̅ⲃ̅ⲁϥⲕⲧⲟⲟⲩ ⲇⲉ ⲛϭⲓ ⲡⲛⲟⲩⲧⲉ ⲉⲧⲣⲉⲩϣⲙϣⲉ ⲛⲧⲉⲥⲧⲣⲁⲧⲓⲁ ⲛⲧⲡⲉ ⲕⲁⲧⲁ ⲑⲉ ⲉⲧⲥⲏϩϩⲙ ⲡϫⲱⲱⲙⲉ ⲛⲛⲉⲡⲣⲟⲫⲏⲧⲏⲥ ϫⲉ ⲙⲏ ⲁⲧⲉⲧⲛⲧⲁⲗⲟ ⲛⲁⲓ ⲉϩⲣⲁⲓ ⲛϩⲛϣⲱⲧ ⲙⲛ ϩⲉⲛⲑⲩⲥⲓⲁⲛϩⲙⲉ ⲛⲣⲟⲙⲡⲉ ϩⲛ ⲧⲉⲣⲏⲙⲟⲥ ⲡⲏⲓ ⲙⲡⲓⲏⲗ
43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।”
ⲙ̅ⲅ̅ⲁⲩⲱ ⲁⲧⲉⲧⲛϫⲓ ⲛⲧⲉⲥⲕⲩⲛⲏ ⲙⲙⲟⲗⲟⲭ ⲙⲛ ⲡⲥⲓⲟⲩ ⲙⲡⲛⲟⲩⲧⲉ ⲣⲁⲓⲫⲁⲛ ⲛⲉⲥⲙⲟⲧ ⲛⲧⲁⲧⲉⲧⲛⲧⲁⲙⲓⲟⲟⲩ ⲉⲟⲩⲱϣⲧ ⲛⲁⲩ ⲁⲩⲱ ϯⲛⲁⲡⲛⲛⲉ ⲧⲏⲩⲧⲛ ⲉⲃⲟⲗ ⲉⲡⲓⲥⲁ ⲛⲧⲃⲁⲃⲩⲗⲱⲛ
44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
ⲙ̅ⲇ̅ⲧⲉⲥⲕⲏⲛⲏ ⲙⲡⲙⲛⲧⲣⲉ ⲛⲉⲥϣⲟⲟⲡ ⲙⲛ ⲛⲉⲛⲉⲓⲟⲧⲉ ϩⲓ ⲡϫⲁⲓⲉ ⲕⲁⲧⲁ ⲑⲉ ⲛⲧⲁϥⲟⲩⲉϩ ⲥⲁϩⲛⲉ ⲛϭⲓ ⲡⲉⲧϣⲁϫⲉ ⲙⲛ ⲙⲱⲩⲥⲏⲥ ⲉⲧⲁⲙⲓⲟⲥ ⲕⲁⲧⲁ ⲡⲧⲩⲡⲟⲥ ⲛⲧⲁϥⲛⲁⲩ ⲉⲣⲟϥ
45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,
ⲙ̅ⲉ̅ⲧⲁⲓ ⲛⲧⲁⲛⲉⲛⲉⲓⲟⲧⲉ ⲉⲁⲩⲉⲓ ⲙⲛⲛⲥⲁ ⲛϣⲟⲣⲡ ϫⲓⲧⲥ ⲉϩⲟⲩⲛ ⲙⲛ ⲓⲥ ϩⲙ ⲡⲁⲙⲁϩⲧⲉ ⲛⲛϩⲉⲑⲛⲟⲥ ⲛⲁⲓ ⲛⲧⲁⲡⲛⲟⲩⲧⲉ ⲛⲟϫⲟⲩ ⲉⲃⲟⲗ ϩⲁⲑⲏ ⲛⲛⲉⲛⲉⲓⲟⲧⲉ ϣⲁϩⲣⲁⲓ ⲉⲛⲉϩⲟⲟⲩ ⲛⲇⲁⲩⲉⲓⲇ
46 जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
ⲙ̅ⲋ̅ⲡⲁⲓ ⲛⲧⲁϥϩⲉ ⲉⲩⲭⲁⲣⲓⲥ ⲙⲡⲉⲙⲧⲟ ⲉⲃⲟⲗ ⲙⲡⲛⲟⲩⲧⲉ ⲁⲩⲱ ⲁϥⲁⲓⲧⲓ ⲉϭⲓⲛⲉ ⲛⲟⲩⲙⲁ ⲛϣⲱⲡⲉ ⲙⲡⲛⲟⲩⲧⲉ ⲛⲓⲁⲕⲱⲃ
47 तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।
ⲙ̅ⲍ̅ⲥⲟⲗⲟⲙⲱⲛ ⲇⲉ ⲁϥⲕⲱⲧ ⲛⲁϥ ⲛⲟⲩⲏⲓ
48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः
ⲙ̅ⲏ̅ⲁⲗⲗⲁ ⲙⲉⲣⲉⲡⲉⲧϫⲟⲥⲉ ⲟⲩⲱϩ ϩⲛ ⲧⲁⲙⲓⲟ ⲛϭⲓϫ ⲕⲁⲧⲁ ⲑⲉ ⲉⲧⲉⲣⲉⲡⲉⲡⲣⲟⲫⲏⲧⲏⲥ ϫⲱ ⲙⲙⲟⲥ
49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?
ⲙ̅ⲑ̅ϫⲉ ⲧⲡⲉ ⲡⲉ ⲡⲁⲑⲣⲟⲛⲟⲥ ⲡⲕⲁϩ ⲡⲉ ⲡϩⲩⲡⲟⲡⲟⲇⲓⲟⲛ ⲛⲛⲁⲟⲩⲉⲣⲏⲧⲉ ⲁϣ ⲛⲏⲓ ⲡⲉⲧⲉⲧⲛⲁⲕⲟⲧϥ ⲛⲁⲓ ⲡⲉϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲏ ⲁϣ ⲡⲉ ⲡⲁⲙⲁ ⲛⲙⲧⲟⲛ
50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’
ⲛ̅ⲙⲏ ⲛⲧⲁϭⲓϫ ⲁⲛ ⲁⲥⲧⲁⲙⲓⲉ ⲛⲁⲓ ⲧⲏⲣⲟⲩ
51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
ⲛ̅ⲁ̅ⲛⲛⲁϣⲧⲙⲁⲕϩ ⲁⲩⲱ ⲛⲁⲧⲥⲃⲃⲉ ϩⲙ ⲡⲉⲩϩⲏⲧ ⲙⲛ ⲛⲉⲩⲙⲁⲁϫⲉ ⲛⲧⲱⲧⲛ ⲛⲟⲩⲟⲉⲓϣ ⲛⲓⲙⲉⲧⲉⲧⲛϯ ⲟⲩⲃⲉ ⲡⲉⲡⲛⲁ ⲉⲧⲟⲩⲁⲁⲃ ⲛⲑⲉ ⲛⲛⲉⲧⲛⲉⲓⲟⲧⲉ ⲧⲁⲓ ϩⲱⲧⲧⲏⲩⲧⲛ ⲧⲉⲧⲛϩⲉ
52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
ⲛ̅ⲃ̅ⲛⲓⲙ ⲛⲛⲉⲡⲣⲟⲫⲏⲧⲏⲥ ⲛⲉⲧⲉⲙⲡⲉ ⲛⲉⲧⲛⲉⲓⲟⲧⲉ ⲡⲱⲧ ⲛⲥⲱⲟⲩ ⲛⲥⲉⲙⲟⲟⲩⲧⲟⲩ ⲛⲁⲓ ⲛⲧⲁⲩⲧⲁϣⲉ ⲟⲓϣ ⲙⲡⲇⲓⲕⲁⲓⲟⲥ ϫⲉ ϥⲛⲏⲩ ⲡⲁⲓ ⲛⲧⲱⲧⲛ ⲧⲉⲛⲟⲩ ⲛⲧⲁⲧⲉⲧⲛϣⲱⲡⲉ ⲛⲁϥ ⲙⲡⲣⲟⲇⲟⲧⲏⲥ ⲁⲩⲱ ⲛⲣⲉϥϩⲱⲧⲃ
53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
ⲛ̅ⲅ̅ⲛⲁⲓ ⲛⲧⲁⲧⲉⲧⲛϫⲓ ⲙⲡⲛⲟⲙⲟⲥ ⲉϩⲉⲛⲇⲓⲁⲧⲁⲅⲏ ⲛⲁⲅⲅⲉⲗⲟⲥ ⲁⲩⲱ ⲙⲡⲉⲧⲛϩⲁⲣⲉϩ ⲉⲣⲟϥ
54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।
ⲛ̅ⲇ̅ⲉⲩⲥⲱⲧⲙ ⲇⲉ ⲉⲛⲁⲓ ⲁⲩϭⲱⲛⲧ ⲛⲛⲉⲩϩⲏⲧ ⲁⲩⲱ ⲁⲩϩⲣⲟϫⲣⲉϫ ⲛⲛⲉⲩⲟⲃϩⲉ ⲉϩⲟⲩⲛ ⲉⲣⲟϥ
55 तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे ।
ⲛ̅ⲉ̅ⲉϥϫⲏⲕ ⲇⲉ ⲉⲃⲟⲗ ⲙⲡⲛⲁ ⲉϥⲟⲩⲁⲁⲃ ⲁϥⲉⲓⲱⲣⲙ ⲉϩⲣⲁⲓ ⲉⲧⲡⲉ ⲁϥⲛⲁⲩ ⲉⲡⲉⲟⲟⲩ ⲙⲡⲛⲟⲩⲧⲉ ⲁⲩⲱ ⲓⲥ ⲉϥⲁϩⲉⲣⲁⲧϥ ⲛⲥⲁ ⲟⲩⲛⲁⲙ ⲙⲡⲛⲟⲩⲧⲉ
56 स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”
ⲛ̅ⲋ̅ⲡⲉϫⲁϥ ϫⲉ ⲉⲓⲥ ϩⲏⲏⲧⲉ ϯⲛⲁⲩ ⲉⲙⲡⲏⲩⲉ ⲉⲩⲟⲩⲏⲛ ⲁⲩⲱ ⲡϣⲏⲣⲉ ⲙⲡⲣⲱⲙⲉ ⲉϥⲁϩⲉⲣⲁⲧϥ ⲛⲥⲁ ⲟⲩⲛⲁⲙ ⲙⲡⲛⲟⲩⲧⲉ
57 तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।
ⲛ̅ⲍ̅ⲡⲗⲁⲟⲥ ⲇⲉ ⲛⲧⲉⲣⲉϥⲥⲱⲧⲙ ⲉⲛⲁⲓ ⲁⲩⲁϣⲕⲁⲕ ⲉⲃⲟⲗ ϩⲛ ⲟⲩⲛⲟϭ ⲛⲥⲙⲏ ⲁⲩϯⲧⲟⲟⲧⲟⲩ ⲉⲣⲛ ⲛⲉⲩⲙⲁⲁϫⲉ ⲁⲩⲱ ⲁⲩϯⲡⲉⲩⲟⲩⲟⲓ ϩⲓ ⲟⲩⲥⲟⲡ ⲉϩⲣⲁⲓ ⲉϫⲱϥ
58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।
ⲛ̅ⲏ̅ⲁⲩⲛⲟϫϥ ⲡⲃⲟⲗ ⲛⲧⲡⲟⲗⲓⲥ ⲁⲩϩⲓⲱⲛⲉ ⲉⲣⲟϥ ⲁⲩⲱ ⲙⲙⲛⲧⲣⲉ ⲁⲩⲕⲱ ⲉϩⲣⲁⲓ ⲛⲛⲉⲩϩⲟⲓⲧⲉ ϩⲁⲣⲁⲧϥ ⲛⲟⲩϩⲣϣⲓⲣⲉ ⲉϣⲁⲩⲙⲟⲩⲧⲉ ⲉⲣⲟϥ ϫⲉ ⲥⲁⲩⲗⲟⲥ
59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
ⲛ̅ⲑ̅ⲁⲩⲱ ⲁⲩϩⲓⲱⲛⲉ ⲉⲥⲧⲉⲫⲁⲛⲟⲥ ⲉϥⲉⲡⲓⲕⲁⲗⲉⲓ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲓⲥ ϣⲉⲡ ⲡⲁⲡⲛⲁ ⲉⲣⲟⲕ
60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।
ⲝ̅ⲁϥⲕⲱⲗϫ ⲇⲉ ⲛⲛⲉϥⲡⲁⲧ ⲁϥⲁϣⲕⲁⲕ ⲉⲃⲟⲗ ϩⲛ ⲟⲩⲛⲟϭ ⲛⲥⲙⲏ ϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲙⲡⲣⲱⲡⲉⲣⲟⲟⲩ ⲙⲡⲉⲓⲛⲟⲃⲉ ⲛⲧⲉⲣⲉϥϫⲉ ⲡⲁⲓ ⲇⲉ ⲁϥⲛⲕⲟⲧⲕ

< प्रेरित 7 >