< २ शमूएल 23 >
1 अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्वरले अभिषेक गर्नुभएको व्यक्ति, इस्राएलको सुमधुर भजनकार ।
És ezek Dávid utolsó szavai. Úgymond Dávid, Jisáj fia, úgymond a magasra emelt férfiú, fölkentje Jákób Istenének, kedves dalosa Izraelnek.
2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
Az Örökkévaló szelleme szólt bennem, s az ő szava nyelvemen van.
3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्वरको भयमा शासन गर्छ ।
Mondta Izrael Istene, nekem szólt Izrael sziklája: Aki embereken uralkodik igazként, aki uralkodik istenfélelemmel,
4 त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
mint reggelnek virradása, midőn felsüt a nap, mint reggel felhők nélkül, midőn fénytől, esőtől pázsit kel a földből.
5 वास्तवमा, के मेरो परिवार परमेश्वरको सामु यस्तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्थापित र पक्का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्न र?
Nem olyan-e az én házam Isten előtt? Bizony örök szövetséget szerzett velem, mindenestől rendezettet és őrzöttet; mert minden üdvömet és minden kívánságot, nemde ő sarjasztja?
6 तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्मा पार्न सकिंदैन ।
De az alávalók mint ellökött tüske, mindannyian, mert azt kézzel nem foghatják.
7 तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ' ।”
Ember, ki hozzájuk nyúl, teljesen fegyverkezik vassal és dárdanyéllel; tűzben kell azokat elégetni azon helyen.
8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
Ezek Dávid vitézeinek nevei: Az ülésben elölülő, Tachkemóni, a harcosok feje ő, az ecni Adínó, nyolczszáz elesett mellett állt egyszerre.
9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।
Utána Eleázár, Dódó fia, Achóchi fia; a három vitéz közül volt Dáviddal, mikor elszántan küzdöttek a filiszteusok ellen, kik odagyűltek harcra és elhúzódtak Izrael emberei:
10 एलाजार खडा भए र आफ्नो हात नथाकेसम्म, र तिनको हातले तरवारको बिंड नै नसमात्ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
ő fölkelt és verte a filiszteusokat, míg keze ki nem fáradt és keze hozzá nem ragadt a kardhoz; és szerzett az Örökkévaló ama napon nagy győzelmet, a nép pedig visszament utána, csak kifosztásra.
11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
Utána Samma, Ágé fia, a Hárárbeli; összegyűltek a filiszteusok csapatba, és volt ott egy telek mező tele lencsével, és a nép megfutamodott a filiszteusok elől.
12 तर शम्मा खेतको बिचमा भए भए र त्यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
Odaállt a telek közepére, megmentette azt és megverte a filiszteusokat; és szerzett az Örökkévaló nagy győzelmet.
13 तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।
Lementek egyszer hárman a harminc főbb vitéz közül és elérkeztek aratáskor Dávidhoz Adullám barlangjába; a filiszteusok csapatja pedig táborozott Refáim völgyében,
14 त्यस बेला दाऊद आफ्नो किल्ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।
Dávid akkor a hegyvárban volt, a filiszteusok őrse pedig akkor Bét-Léchemben volt.
15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”
És kívánkozott Dávid és mondta: Ki ad nekem vizet innom Bét-Léchem kútjából, mely a kapuban van?
16 त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए ।
Erre áttört a három vitéz a filiszteusok táborán és vizet merítettek Bét-Léchem kútjából, mely a kapuban van, vették és elhozták Dávidhoz; de nem akarta meginni, hanem kiöntötte azt az Örökkévalónak.
17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।
Így szólt: Távol legyen tőlem, Örökkévaló, hogy ezt cselekedjem; azon férfiaknak vérét igyam-e, kik életük veszélyével mentek? És nem akarta meginni. Ezeket tette a három vitéz.
18 योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।
Abisáj pedig, Jóábnak, Czerúja fiának, a testvére – ő a harmincoknak feje, és ő forgatta dárdáját háromszáz elesett fölött; s neki neve volt a harmincok közt.
19 के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्तान बनाइएको थियो । तापनि तिनको ख्याति तीन जना धेरै ख्यातिप्राप्त सिपाहीका बराबर थिएन ।
A harmincoknál bizony kiválóbb volt és vezérük lett, de a hárommal föl nem ért.
20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।
Benájáhú, Jehójádá fia, derék ember, tettekben nagy, Kabczeélból; ő verte meg Móáb két hősét és ugyanő ment le és verte meg az oroszlánt a veremben a hóesés napján.
21 त्यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे ।
Ugyanő vert meg egy feltünő termetű egyiptomi embert, az egyiptominak kezében dárda volt, ő meg lement hozzá pálcával; kiragadta a dárdát az egyiptominak kezéből és megölte őt saját dárdájával.
22 यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।
Ezeket tette Benájáhú, Jehójádá fia; neki neve volt a vitézek, a harmincok közt.
23 तिनलाई तीस जना सिपालाई भन्दा उच्च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए ।
A harmincoknál kiválóbb, de a hárommal föl nem ért; és tette őt Dávid a szolgálatához.
24 ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
Aszáél, Jóáb testvére a harminc közt; Elchánán, Dódó fia, Bét-Léchemből.
25 हरोदी शम्मा, हरोदी एलीका,
A Charódbeli Samma; a Charódbeli Elíká.
26 पल्ती हेलेस, तकोका इक्केशका छोरा ईरा,
A Péletbeli Chélecz; a Tekóabeli Íra, Ikkés fia.
27 अनातोतका अबीएजेर, हूशाती मबून्ने,
Az Anátótbeli Abíézer; a Chúsabeli Mebunnáj.
28 अहोही सल्मोन, नतोपाती महरै,
Az Achóachbeli Czalmón; a Netófabeli Máharáj.
29 नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।
A Netófabeli Chéleb, Báana fia; Ittaj, Ríbaj fia, a Benjáminbéli Gibeából.
30 पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
A Pirátonbeli Benájaíhú; Chiddáj, Gáas völgyeiből.
31 अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
Az Arábabeli Abí-Albón; a Barchúmbeli Azmávet.
32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,
A Sáalbónbeli Eljáchba; Jásén fiai: Jónátán.
33 हरारी शरारका छोरा अहीहाम,
Harárbeli Samma; az Arárbeli Achíám, Sárár fia.
34 माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
A Máakhabeli Elífélet Achaszbáj fia; a Gílóbeli Eliám Aehítófel fia.
35 कर्मेलका हेस्रो, अर्बी पारै,
A Karmelbeli Checzráj; az Érebbeli Páaráj.
36 सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,
Jigeál, Nátán fia, Czóbából; a Gádbeli Báni.
37 अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
Az ammóni Czélek; a Beérótbeli Nácharáj, Jóábnak Czerúja fiának fegyverhordója.
38 यित्री ईरा, यित्री गारेब,
A Jéterbeli Íra; a Jéterbeli Gáréb.
39 हित्ती उरियाह । जम्मा सैंतिस जना थिए ।
A chittita Úrija. Mindössze harminchét.