< २ राजाहरू 4 >
1 अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”
Umfazi wenye indoda phakathi kwexuku labaphrofethi wakhalaza ku-Elisha wathi, “Indoda yami ebiyinceku yakho isifile, njalo uyakwazi ukuthi ibe imkhonza uThixo. Umkami ubelesikwelede sendoda ethile esifuna ukuthumba amadodana ami amabili ukuze abe yizigqili zayo.”
2 त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।”
U-Elisha wamphendula wathi, “Ngingakunceda kanjani na? Akungitshele, kulani endlini yakho?” Umfelokazi wathi, “Incekukazi yakho ayilalutho ngaphandle kwengcosana yamafutha.”
3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्न जाऊ । सकेजति धेरै पैँचो माग ।
U-Elisha wasesithi, “Hamba uyekweboleka imbiza ezinengi kubomakhelwane bakho bonke. Ungaceli ezilutshwane nje.
4 त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।”
Ubusungena endlini yakho lamadodana akho uvale umnyango. Ubusuthululela amafutha embizeni inye nganye, ithi ingagcwala uyibeke eceleni.”
5 त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् ।
Wasuka kuye kwathi ngemva kwesikhathi wavala umnyango lamadodana akhe. Amadodana amqhubela imbiza yena elokhu ezigcwalisa ngamafutha.
6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो ।
Kuthe imbiza zonke sezigcwele, wathi endodaneni yakhe, “Letha enye futhi.” Kodwa yaphendula yathi, “Akuselambiza eseleyo.” Amafutha kazabe esajuluka.
7 तब तिनी आइन् र परमेश्वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”
Wasuka wayatshela umuntu kaNkulunkulu, owathi, “Hamba uyethengisa amafutha lawo ubhadale izikwelede zakho. Wena lamadodana akho lizaphila ngaseleyo.”
8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्ठित स्त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।
Ngolunye usuku u-Elisha waya eShunemi. Kwakulowesifazane onothileyo, owamcela ukuba ahlale adle ukudla. Kwakusithi nxa ehambele khonale wayethola ukudla khonapho.
9 ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्छन् ।
Owesifazane wathi kumyeni wakhe, “Ngiyakwazi ukuthi lumuntu ohlala esedlula lapha ngumuntu ongcwele kaNkulunkulu.
10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्नेछन् ।”
Kasimlungisele indlu ephezulu simfakele khona umbheda, itafula, isihlalo kanye lesibane. Kube yindlu azafikela kiyo nxa elapha kithi.”
11 यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्यहाँ रोकिए, तिनी त्यो कोठामा बसे, र त्यहीँ विश्राम गरे ।
Kwelinye ilanga, u-Elisha wafika wayangena endlini yakhe leyo wacambalala khona.
12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।
Wathuma inceku yakhe uGehazi, wathi, “Ngibizela umShunami.” Ngakho inceku yambiza, wafika wema phansi kwakhe.
13 एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्छ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं'?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्दैछु ।”
U-Elisha wasesithi, “Umtshele uthi, ‘Usuzihluphe kangaka usilungisela. Kambe kuyini ongakwenzelwa wena? Singakukhulumela yini enkosini loba kumlawuli wamabutho na?’” Owesifazane wathi, “Ngilomuzi phakathi kwabantu bakithi.”
14 त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।”
U-Elisha wabuza wathi, “Kuyini esingamenzela khona na?” UGehazi wathi, “Kalandodana njalo umyeni wakhe useluphele.”
15 त्यसैले एलीशाले भने, “तिनलाई बोला ।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् ।
Ngakho u-Elisha wathi, “Mbize.” Inceku yasimbiza, wafika wema emnyango. U-Elisha wathi,
16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।”
“Ngasolesi isikhathi ngomnyaka ozayo uzaphatha indodana ezandleni zakho.” Owesifazane waphikisa wathi, “Atshi, nkosi yami, ungabokhohlisa incekukazi yakho, wena muntu kaNkulunkulu!”
17 तर एलीशाले त्यो स्त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
Owesifazane wathatha isisu, kwathi ngomnyaka owalandelayo ngesikhathi esifananayo wakhululeka wazuza indodana njengokutshelwa kwakhe ngu-Elisha.
18 बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए ।
Umntwana wakhula, kwathi ngelinye ilanga walandela uyise, owayelabavuni.
19 त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।”
Wasesithi kuyise, “Maye ikhanda lami! Maye ikhanda lami!” Uyise wathuma isisebenzi wathi, “Thwala umntwana uye laye kunina.”
20 जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्यो ।
Isisebenzi sesimthwalele kunina unina wamanga kwaze kwaba semini enkulu umntwana wasesifa.
21 त्यसैले ती स्त्री उठिन्, र केटोलाई परमेश्वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् ।
Unina wamthatha wayamlalisa embhedeni womuntu kaNkulunkulu, waphuma wasevala umnyango.
22 तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ ।”
Owesifazane wathumela kumkakhe ilizwi elithi, “Ngicela ungithumele esinye sezisebenzi kanye lobabhemi ukuze ngiphange ngiyebona umuntu kaNkulunkulu ngiphenduke.”
23 तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।”
Umyeni wakhe wathi, “Kungani umlanda lamuhla? Akusikho ekuThwaseni kweNyanga njalo akusilo iSabatha.” Owesifazane wathi, “Kulungile kunjalo.”
24 त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।”
Wethesa ubabhemi wasesithi kusisebenzi sakhe, “Khokhela; ungahambi kancane usenzela mina ngaphandle kokuba ngikutshele.”
25 त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्त्री आउँदैछिन् ।
Ngakho waphuma wahamba waze wayamthola umuntu kaNkulunkulu eNtabeni yaseKhameli. Ebona owesifazane esesebucwadlana, umuntu kaNkulunkulu wathi kuGehazi inceku yakhe, “Khangela! Nanguyana umShunami!
26 तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ'?” तिनले भनिन्, “ठिकै छ ।”
Gijima umhlangabeze umbuze uthi, ‘Konke kulungile kuwe na? Umkakho uyaphila na? Umntanakho uyaphila na?’” Owesifazane wathi, “Konke kulungile.”
27 जब तिनी डाँडामा परमेश्वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्नुभएको छैन ।”
Kodwa esefikile emuntwini kaNkulunkulu entabeni, wagagadlela inyawo zakhe. UGehazi weza kuye wamfuqela khatshana, kodwa umuntu kaNkulunkulu wathi, “Myekele! Uphakathi kosizi olukhulu, kodwa uThixo ukufihlile kimi lokho njalo kangitshelanga ukuthi kungani.”
28 तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?”
Owesifazane wathi, “Ngake ngacela indodana kuwe na, nkosi yami? Angizange ngikutshele yini ukuthi ungaze wangikhohlisa na?”
29 तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।”
U-Elisha wathi kuGehazi, “Khwincela ijazi lakho ebhantini, uphathe intonga yami ngesandla ubusugijima. Loba ngubani ohlangana laye, ungambingeleli, loba angaze akubingelele ungamphenduli. Ufike ubeke intonga yami ebusweni bomfana.”
30 तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे ।
Kodwa unina womfana wathi, “Ngeqiniso elinjengoba uThixo ephila lanjengoba uphila, angiyikukutshiya.” Ngakho wasuka walandela owesifazane.
31 गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।”
UGehazi wahle wagijima phambili wayabeka intonga ebusweni bomfana, kodwa akuzwakalanga lutho njalo kanyikinyekanga. Ngakho uGehazi wabuyela ukuyahlangabeza u-Elisha wamtshela wathi, “Umfana kavukanga.”
32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्त थियो ।
Ekufikeni kwakhe endlini u-Elisha, wafumana lakanye nangu umfana usembhedeni wakhe ufile.
33 त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए ।
Wangena wavala umnyango baba bobabili lomfana wasekhuleka kuThixo.
34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्न पारे, र बालकको शरीर न्यानो भयो ।
Wakhwela embhedeni wacambalala phezu komfana, umlomo emlonyeni, amehlo emehlweni, izandla ezandleni. Uthe esazelula phezu komfana, umzimba womfana waqalisa ukukhudumala.
35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्न परे । बालकले सात पटक छिउँ काड्यो र आफ्ना आँखा खोल्यो ।
U-Elisha wafulathela wahambahamba endlini waphinda wabuyela embhedeni wacambalala phezu komfana. Umfana wathimula kasikhombisa wasevula amehlo.
36 त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।”
U-Elisha wabiza uGehazi wathi kuye, “Biza umShunami.” Wakwenza lokho. Uthe esefikile wasesithi kuye owesifazane, “Thatha indodana yakho.”
37 तब एलीशाको पाउमा तिनी भुइँसम्मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् ।
UmShunami wangena, wawela ezinyaweni zakhe wakhothama. Wasethatha indodana yakhe wahamba.
38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।”
U-Elisha wabuyela eGiligali njalo kulesosigaba kwakulendlala. Kwathi esesemhlanganweni lexuku labaphrofethi, wathuma isisebenzi sakhe wathi, “Beka imbiza enkulu eziko, uphekele abaphrofethi ukudla.”
39 तिनीहरूमध्ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।
Omunye wabo wayakukha imibhida egangeni wathola ivini leganga. Wakha amajodwana wagcwalisa ophikweni lwesigqoko sakhe. Ekuphendukeni kwakhe wawaqobaqoba wawafaka embizeni yesitshebo lanxa kungekho owayesazi ukuthi kuyini.
40 मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्च्याए र भने, “हे परमेश्वरका मानिस, भाँडामा त मृत्यु पो छ ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन् ।
Kwaphakululwa ukuba abantu badle, kodwa bathi beqalisa ukudla bamemeza bathi, “Awu muntu kaNkulunkulu kulokufa embizeni!” Kabazabe besakudla.
41 तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्यो खानसकून् ।” तब त्यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।
U-Elisha wathi, “Lethani ifulawa.” Wayifaka embizeni wasesithi, “Baphakuleleni abantu badle.” Ngalokho kwakungaselabuthi embizeni.
42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”
Kwafika indoda ethile ivela eBhali-Shalisha, iphathele umuntu kaNkulunkulu izinkwa zebhali ezingamatshumi amabili, zibhekhwe ngezilimo zakuqala. U-Elisha wathi, “Nikani abantu badle.”
43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्नेछ' ।”
Inceku yakhe yathi, “Ngingababela njani abantu abalikhulu okungaka?” Kodwa u-Elisha wathi, “Phakululela abantu badle. Ngoba ilizwi likaThixo lithi: ‘Bazakudla baze bakutshiye.’”
44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्यो ।
Inceku yasiphakululela abantu, badla baze bakutshiya, njengokutsho kwelizwi likaThixo.