< २ राजाहरू 11 >

1 अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
A Gotolija mati Ohozijina vidjevši da joj pogibe sin usta i pobi sav rod carski.
2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
Ali Josaveja kæi cara Jorama sestra Ohozijina, uze Joasa sina Ohozijina, i ukrade ga izmeðu sinova carevijeh, koje ubijahu, i s dojkinjom njegovom sakri ga od Gotolije u ložnicu, te ne pogibe.
3 अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।
I bi sakriven s njom u domu Gospodnjem šest godina, a Gotolija carovaše u zemlji.
4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
A sedme godine posla Jodaj i dozva stotinike i vojvode i vojnike, i uvede ih k sebi u dom Gospodnji, i uhvati vjeru s njima, i zakle ih u domu Gospodnjem, i pokaza im sina careva.
5 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,
I zapovjedi im govoreæi: ovo uèinite: vas treæina, koji dolazite u subotu, neka èuvaju stražu u dvoru carskom.
6 र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”
A treæina neka bude na vratima Surskim, a treæina na vratima koja su iza vojnika; i èuvajte dom od sile.
7 शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
A dva dijela vas svijeh koji odlaze u subotu neka èuvaju stražu u domu Gospodnjem oko cara.
8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।
I opkolite cara svaki sa svojim oružjem u ruci, i ko bi navalio meðu vrste neka se pogubi, i budite s carem kad stane izlaziti i ulaziti.
9 त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
I stotinici uèiniše sve kako zapovjedi Jodaj sveštenik; i uzeše svaki svoje ljude koji dolažahu u subotu s onima koji odlažahu u subotu, i doðoše k svešteniku Jodaju.
10 तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।
I sveštenik dade stotinicima koplja i štitove cara Davida, što bijahu u domu Gospodnjem.
11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
I vojnici stadoše svaki sa svojim oružjem u ruci od desne strane doma do lijeve strane doma prema oltaru i prema domu oko cara.
12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”
Tada izvede sina careva, i metnu mu vijenac na glavu, i dade mu svjedoèanstvo, i postaviše ga carem, i pomazaše ga, i pljeskajuæi rukama govorahu: da živi car!
13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।
A kad Gotolija èu viku naroda, koji se stjecaše, doðe k narodu u dom Gospodnji;
14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”
I pogleda, i gle, car stajaše kod stupa po obièaju, i knezovi i trube oko cara, i sav narod iz zemlje radovaše se, i trube trubljahu. Tada Gotolija razdrije haljine svoje i povika: buna! buna!
15 तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
A sveštenik Jodaj zapovjedi stotinicima koji bijahu nad vojskom, i reèe im: izvedite je iz vrsta napolje, i ko poðe za njom pogubite ga maèem; jer reèe sveštenik: da ne pogine u domu Gospodnjem.
16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
I naèiniše joj mjesto; i kad doðe na put kojim se ide u dom carski konjskim vratima, ondje je ubiše.
17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।
Tada Jodaj uèini zavjet izmeðu Gospoda i cara i naroda da æe biti narod Gospodnji, takoðer i izmeðu cara i naroda.
18 त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।
Potom sav narod zemaljski otide u dom Valov, i raskopaše dom i oltar, i izlomiše likove njegove sasvijem; a Matana sveštenika Valova ubiše pred oltarima. A sveštenik opet uredi službu u domu Gospodnjem.
19 यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।
I uze stotinike i vojvode i vojnike i sav narod zemaljski, i izvedoše cara iz doma Gospodnjega, i uðoše u dom carski putem na vrata vojnièka. I sjede na carski prijesto.
20 त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।
I radovaše se sav narod zemaljski, i grad se umiri pošto Gotoliju ubiše maèem kod carskoga doma.
21 योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।
Joasu bješe sedam godina kad se zacari.

< २ राजाहरू 11 >