< २ कोरिन्थी 13 >
1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”
Ho lìako fahatelo mb’ama’ areo mb’eo itoy: Am-paliem-balolombeloñe telo ndra roe ty hampijadoñeñe ze hene saontsy.
2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
Le o nandilatseo naho o ila’eo, toe ho taroñeko miaolo, t’ie mbe tsy añe, te hambañe amy vinolako amy fañindroeko teoy, t’ie homb’eo indraike, le tsy ia ty hapoko,
3 तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न । तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ ।
amy te paia’areo hamenteañe i Norizañe misaontsy añamakoy; ie tsy maleme ama’ areo, fa toe maozatse ama’ areo.
4 किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौँ ।
Toe pinèke amy halemea’ey re fe veloñe an-kaozaran’ Añahare. Maleme ama’e ao zahay, fe ho veloñe ama’e ty amy haozaran’ Añahare mitoloñe ho anahareo.
5 तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।
Mitsohà vatañe hera amam-patokisañe. Miventea! Tsy fohi’ areo hao te añ’arofo’ areo ao t’Iesoà Norizañe?—naho tsy t’ie nilesa amy fitsohañey.
6 र म निश्चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ ।
Isalalako te ho fohi’ areo te tsy milesa zahay.
7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
Aa le halalie’ay aman’ Añahare te tsy handilatse nahareo, tsy te hampiboake anay ho nahatafetetse, fa te hanoe’ areo ze mahity, ndra te hatao naito zahay.
8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
Tsy lefe’ay ty mandietse ty hatò, te mone honjone’ay ty hatò.
9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
Ifalea’ay ty haleme’ay naho te inahareo ro maozatse; eka ihalalia’ay t’ie ho fonireñe.
10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
Izay i nisokirakoy, izaho tsy ama’ areo, soa tsy hisenge hery ama’areo te miatreke, ty amy lily natolo’ i Talè ahiko ho ami’ty fañasoàñe, fa tsy ho ami’ty fandrobahañe.
11 अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ ।
Ie amy zao, ry longo, mirebeha, mihafonira, manintsiña, miharoa rehake, mifampilongoa; lonike ho ama’ areo i Andriam-pilongoañe naho fikokoañey.
12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
Mifañontanea añ’ oroke miavake.
13 सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Songa mañontane anahareo o noro’eo.
14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
Ho ama’ areo iaby abey ty hasoa’ Iesoà Talè Norizañey, naho ty fikokoan’ Añahare, vaho ty fitraofañ’ ìna amy Arofo Masiñey. Amena.