< २ इतिहास 35 >

1 योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।
Yosiya anachita chikondwerero cha Paska wa Yehova mu Yerusalemu, ndipo mwana wankhosa wa Paska anaphedwa pa tsiku la khumi ndi chinayi la mwezi woyamba.
2 तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।
Iye anasankha ansembe pa maudindo awo ndipo anawalimbikitsa pa ntchito ya mʼnyumba ya Yehova.
3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
Iye anati kwa Alevi amene amalangiza Aisraeli onse omwe anadzipatula kwa Yehova: Ikani bokosi lopatulika mʼNyumba ya Mulungu amene Solomoni mwana wa Davide mfumu ya Israeli anamanga. Lisamanyamulidwe pa mapewa anu. Tsopano tumikirani Yehova Mulungu wanu ndi anthu ake Aisraeli.
4 इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू र आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
Mukhale mʼmagulu anu molingana ndi mabanja anu, molingana ndi momwe analembera Davide mfumu ya Israeli ndiponso mwana wake Solomoni.
5 तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
“Muziyima ku malo opatulika pamodzi ndi gulu la Alevi oyimira gulu lililonse lalingʼono la mabanja a abale anu amene ndi anthu wamba.
6 निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।”
Muzipha ana ankhosa a Paska, muzidzipatula nokha ndi kuwakonzera abale anu ana ankhosa awo, kuchita zimene Yehova analamulira mwa Mose.”
7 योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
Yosiya anapereka kwa anthu wamba onse ana ankhosa ndi ana ambuzi okwanira 30,000 ndi ngʼombe zazimuna 3,000, zopereka za Paska zonse zochokera pa chuma chake cha mfumu.
8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
Akuluakulu akenso anapereka mwaufulu kwa anthu ndi kwa ansembe ndi Alevi. Hilikiya, Zekariya ndi Yehieli oyangʼanira ntchito ya mʼNyumba ya Mulungu anapereka kwa ansembe zopereka za Paska 2,600 ndi ngʼombe 300.
9 अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए ।
Konaniya nayenso pamodzi ndi Semaya ndi Netaneli, abale ake ndi Hasabiya, Yeiyeli ndi Yozabadi, atsogoleri a Alevi, anapereka nsembe za Paska 5,000 ndi ngʼombe 500 kwa Alevi.
10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
Mwambo unakonzedwa ndipo ansembe anayima pamalo pawo pamodzi ndi Alevi mʼmagulu awo monga mfumu inalamulira.
11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।
Ana ankhosa a Paska anaphedwa ndipo ansembe anawaza magazi amene anaperekedwa kwa iwo pamene Alevi anali kusenda nyamazo.
12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।
Iwo anayika padera nsembe zopsereza kuti azipereke kwa magulu angʼonoangʼono a mabanja a anthu kuti apereke kwa Yehova monga zinalembedwa mʼbuku la Mose. Ndipo anachita chimodzimodzi ndi ngʼombe.
13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए ।
Anawotcha nyama za Paska monga momwe zinalembedwera ndi kuwiritsa zopereka zopatulika mʼmiphika, mʼmitsuko ndi mʼziwaya ndipo anazipereka mofulumira kwa anthu onse.
14 त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
Izi zitatha, anakonza zawo ndi za ansembe chifukwa ansembe, zidzukulu za Aaroni, anali otanganidwa kupereka nsembe zopsereza ndi mafuta a nyama mpaka madzulo. Choncho Alevi amakonza zawo ndi za ansembe, ana a Aaroni.
15 आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
Anthu oyimba nyimbo, zidzukulu za Asafu, anali pa malo awo potsata zomwe analemba Davide, Asafu, Hemani ndi Yedutuni mlosi wa mfumu. Alonda apazipata anali pa chipata chilichonse ndipo kunali kosafunika kuti achoke pa ntchito yawo, poti abale awo Alevi ankawakonzera zonse.
16 यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो ।
Kotero pa nthawi imeneyi ntchito yonse ya Yehova ya chikondwerero cha Paska ndi nsembe zopsereza pa guwa la Yehova inachitika monga analamulira mfumu Yosiya.
17 उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए ।
Aisraeli amene analipo anachita chikondwerero cha Paska pa nthawi imeneyi ndi kuchita mwambo wa chikondwerero cha Buledi Wopanda Yisiti, kwa masiku asanu ndi awiri.
18 शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।
Paska yofanana ndi iyi sinachitikepo ku Israeli kuyambira nthawi ya Samueli ndipo palibe mmodzi mwa mafumu a Israeli anachitapo chikondwerero cha Paska ngati anachitira Yosiya pamodzi ndi ansembe, Alevi ndi Ayuda onse ndi Aisraeli amene anali pamodzi ndi anthu a mu Yerusalemu.
19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो ।
Chikondwerero cha Paska ichi chinachitika mʼchaka cha 18 cha ulamuliro wa Yosiya.
20 योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए ।
Zimenezi zitachitika, pamene Yosiya anakonzanso Nyumba ya Mulungu, Neko mfumu ya Igupto inapita kukachita nkhondo ku Karikemesi ku mtsinje wa Yufurate, ndipo Yosiya anapita kukamenyana naye.
21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
Koma Neko anatumiza amithenga kwa iye kunena kuti, “Kodi pali mkangano wanji pakati pa iwe ndi ine, iwe mfumu ya Yuda? Ine sindikuthira nkhondo iwe pa nthawi ino, koma nyumba imene ndili nayo pa nkhondo. Mulungu wandiwuza kuti ndifulumize choncho leka kutsutsana ndi Mulungu amene ali ndi ine, mwina adzakuwononga.”
22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।
Komabe Yosiya sanatembenuke kumusiya iyeyo, koma anadzizimbayitsa ndi kukalowa mʼnkhondo. Iye sanamvere zimene Neko ananena molamulidwa ndi Mulungu koma anapita kukamenyana naye ku chigwa ku Megido.
23 धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्‍भीर चोट लागेको छ ।”
Anthu oponya mivi analasa mfumu Yosiya, ndipo iye anawuza akuluakulu ake, “Chotseni. Ndavulazidwa kwambiri.”
24 यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।
Choncho anamuchotsa iye mʼgaleta lake, ndipo anamuyika mʼgaleta lina limene anali nalo ndipo anabwera naye ku Yerusalemu kumene anamwalirira. Iye anayikidwa mʼmanda a makolo ake. Ndipo Ayuda ndi Yerusalemu yense anamulira.
25 यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् ।
Yeremiya anapeka nyimbo za maliro chifukwa cha Yosiya, ndipo mpaka lero lino amuna ndi akazi onse oyimba amakumbukira Yosiya pa nyimbo zawo za maliro. Izi zinakhala mwambo mu Israeli ndipo zinalembedwa mʼNyimbo za Maliro.
26 योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—
Zochitika zina za ulamuliro wa Yosiya ndi ntchito za kudzipereka kwake, monga zinalembedwa mʼMalamulo a Yehova,
27 अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
zochitika zonse, kuyambira pachiyambi mpaka pa mapeto, zalembedwa mʼbuku la mafumu a Israeli ndi Yuda.

< २ इतिहास 35 >