< २ इतिहास 34 >
1 योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।
Josiah teh siangpahrang a tawk navah, kum 8 touh a pha teh, Jerusalem vah kum 31 touh a bawi.
2 तिनले परमप्रभुको दृष्टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
Hote siangpahrang teh BAWIPA hmaitung hawinae hah a sak teh, avoilah aranglah phen laipalah a na min Devit e lamthung a dawn.
3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।
Bangkongtetpawiteh, a bawi nah kum 8 touh a pha teh, camo lah ao raei, a na min Devit e Cathut hah tawngnae a kamtawng. Hahoi, a bawinae kum 12 touh a pha navah, Judah ram hoi Jerusalem e hmuenrasangnaw hoi thingmeikaphawk hoi sakhlawn e meikaphawknaw hoi thukhlawn e meikaphawknaw hah koung a takhoe.
4 मानिसहरूले तिनको उपस्थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।
Baal thuengnae khoungroenaw hah a mithmu vah a raphoe teh, khoungroe van pâhung e meikaphawknaw hah a tâtueng teh, thingmeikaphawknaw hah vitkatip lah a phawm teh, hot koe thuengnae ouk kasaknaw e phuen dawk a rabawk.
5 तिनका पुजारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
Vaihmahu hru hah ahnimae thuengnae khoungroe van hmai a sawi teh, Judah ram hoi Jerusalem hah a thoung sak.
6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषहरूमा पनि त्यसै गरे ।
Hot patetvanlah, Manasseh, Ephraim, Simeon, Naphtali kho totouh a sak.
7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
Thuengnae khoungroenaw hah a raphoe teh, thingmeikaphawknaw hoi sakhlawn e meikaphawknaw hah koung a phawm. Isarel ram e meikaphawk pueng koung a tâtueng teh Jerusalem lah a ban.
8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए ।
Hahoi a bawinae kum 18 navah, a ram hoi bawkim a thoung sak nah kum vah, Azaliah capa Shaphan, kho ukkung Maaseiah, Jehoahaz capa ca kathutkung Joab hah BAWIPA Cathut im pathoup hanelah a patoun awh.
9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
Vaihma kacue Hilkiah koe a pha awh toteh, longkha karingkung Levih taminaw ni, Manasseh, Ephraim kaawm rae Isarelnaw pueng, Judah, Benjaminnaw pueng hoi, Jerusalem vah a bankhai awh e tangka a pâtung awh e heh Cathut im vah a thokhai awh teh, ahnimouh koe a poe awh.
10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्याला तिरे ।
Hottelah BAWIPA im dawk thaw katawkkungnaw kut dawk palang a poe awh teh, BAWIPA im dawk thawtawkkungnaw hoi im kapathoupkung, hoi im kasakkungnaw hah a poe awh.
11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्नलाई तिनीहरूले पैसा दिए ।
Judah siangpahrangnaw ni a raphoe awh e im pathoup nahanelah, talung dêi e hoi pangkheknaw, patung, paloung, thing ran nahane hoi, kutsakkathoumnaw hoi im kasakkungnaw hah a poe awh.
12 यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
Taminaw ni thaw hah yuemkamcu lah a tawk awh. Khenyawnkungnaw teh Merari capanaw thung dawk e Levih tami Jahath hoi Obadiah hoi, Kohath capanaw thung dawk e Zekhariah hoi Meshullam hoi, Levih tami alouke tumkhawng katumthainaw hah doeh.
13 यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
Hnokari kaphawtnaw khenyawnkung lahai ao teh, thaw katawkkungnaw ni tawk hane thaw kareikung lahai ao awh. Levihnaw tangawn teh cakathutkungnaw hoi longkha karingkung lah ao awh.
14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
BAWIPA im dawk a thokhai awh e tangka hah a rabawk awh toteh, vaihma Hilkiah ni Mosi hno lahoi poe e BAWIPA kâlawk cauk hah a hmu.
15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
Hilkiah ni cakathutkung Shaphan koevah, BAWIPA im dawk kâlawk cauk ka hmu awh telah ati. Hahoi, Hilkiah ni cauk hah Shaphan a poe.
16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
Shaphan ni cauk hah siangpahrang koe a ceikhai teh, na sannaw ni sak hanelah pouk e pueng hah a sak awh.
17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
BAWIPA im dawk kaawm e tangka a rabawk awh toteh, kahrawikung hoi khenyawnkungnaw hah a poe awh telah lawk a thai sak.
18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
Hahoi cakathutkung Shaphan ni, vaihma Hilkiah ni cauk na poe telah siangpahrang koe a dei pou teh, Shaphan ni siangpahrang hmalah a touk.
19 यस्तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
Hahoi hettelah doeh. Siangpahrang ni kâlawk dawk e lawk a thai toteh, a hni hah a ravei.
20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
Siangpahrang ni Hilkiah, Shaphan capa Ahikam, Mikah capa Abdon, ca kathutkung Shaphan hoi siangpahrang e san Asaiah tinaw hah kâ a poe teh,
21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
cet awh nateh cauk na hmunae kong dawk kai hoi Isarel hoi Judah vah kaawm rae baw hanelah BAWIPA koe kâhet awh haw. Bangkongtetpawiteh, BAWIPA puenghoi lungkhueknae teh maimouh lathueng awi lah ao toe. Bangkongtetpawiteh, hete cauk dawk, tarawi hanelah thut e pueng heh mintoenaw ni BAWIPA e lawk tarawi awh hoeh toe telah ati.
22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
Hottelah siangpahrang ni kâ a poe e naw hoi Hilkiah teh hnicu hrueknae khenyawnkung Hasrah capa Tokhath capa Shallum e yu profet napui Huldah koe a cei awh ( Ahni teh Jerusalem kho vah a o). Hateh hote kong hah a dei pouh awh.
23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यो भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
Ahnimouh ni Isarel BAWIPA Cathut ni hettelah a dei. Kai koe na ka patoun e koe dei pouh awh nateh,
24 ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
BAWIPA ni hettelah a dei, khenhaw! hete hmuen hoi a thung kaawmnaw koe thoenae ka tho sak han. Judah siangpahrang hmalah a touk awh e cauk thung vah kaawm e thoebonae pueng hoi,
25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
amamae kut dawk hoi letlang ka lungkhuek sak nahanelah, hnam na thun takhai awh teh, alouke cathutnaw hanelah hmuitui a sawi awh kecu dawkvah, hete hmuen koe ka lungkhueknae hah awi lah ao vaiteh, roum sak lah awm mahoeh telah ati.
26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
Hateiteh, BAWIPA koe kâhei hanelah nangmouh na kapatounkung Judah siangpahrang koevah hettelah dei pouh awh. Isarel BAWIPA Cathut ni hottelah a dei, hote na thai tangcoung e lawk dawk,
27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्वरले यो ठाउँ र यसका बासिन्दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
hete hmuen hoi a thung kaawmnaw tarannae lawk hah na thai toteh, na lungthin a nem teh, Cathut hmalah na kârahnoum teh, ka hmalah na kârahnoumsak teh, na khohna hah na ravei teh, ka hmalah na ka dawkvah, kai ni hai na lawk hah ka thai toe telah BAWIPA ni ati.
28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्याए ।
Khenhaw! na mintoenaw koe na ceisak vaiteh, ahnimouh koe karoumcalah na cei vaiteh, het hmuen hoi a thung kaawmnaw koe ka tho sak hane thonae pueng hah teh, na mit ni hmawt mahoeh telah dei pouh awh, telah a dei pouh. Hahoi siangpahrang koe hote lawk teh ka thokhai awh.
29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।
Hottelah siangpahrang ni tami a patoun teh Judah ram hoi Jerusalem e kacuenaw pueng hah a pâkhueng.
30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
Hahoi siangpahrang hoi Judahnaw pueng, Jerusalem taminaw pueng, vaihmanaw hoi, Levihnaw hoi, taminaw pueng, kathoung kalen pueng, BAWIPA im vah a cei awh. BAWIPA dawk a hmu awh e lawkkamnae lawk dawk e lawknaw pueng hah, a hnâthainae koe a touk awh.
31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्ने गरे ।
Hahoi siangpahrang teh amae hmuen koe a kangdue teh, cauk dawk thut e lawkkamnaw hah a caksak teh a lungthin buemlah, muitha buemlah hoi BAWIPA tarawi hane hoi kâpoelawknaw hoi lawkpanuesaknae hoi a phunglawknaw tarawi hanelah BAWIPA koe lawkkamnae a sak.
32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार काम गरे ।
Jerusalem hoi Benjaminnaw pueng teh hot patetlah o hanelah lawk a kam awh. Hahoi, Jerusalem khocanaw ni Cathut, a na mintoenaw e Cathut lawkkam boiboe lah a sak awh.
33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।
Josiah ni Isarel ram dawk a kâen sak e thung dawk panuettho e hno pueng teh, koung a tâkhawng awh. Isarel ram dawk kaawm e pueng hah Cathut thaw a tawk sak. Hahoi a na mintoenaw e BAWIPA Cathut hanlah a hring nah thung phen takhai awh hoeh toe.