< २ इतिहास 25 >
1 अमस्याहले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।
Amaziah was twenty-five when he became king, and he reigned in Jerusalem for twenty-nine years. His mother's name was Jehoaddan and she came from Jerusalem.
2 तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन ।
He did what was right in the Lord's sight but not with complete commitment.
3 अनि यस्तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्ना बुबा राजाको हत्या गरेका अधिकारीहरूलाई मारे ।
After he had made sure his rule was secure, he executed the officers who had murdered his father the king.
4 तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्, “बुबाहरूलाई छोराछोरीका निम्ति र छोराछोरीलाई बुबाहरूका निम्ति नमार्नू । बरू, हरेक मानिसले आफ्नै पापका निम्ति मर्नुपर्छ ।”
However, he did not kill their sons, as is written in the Law, in the book of Moses, where the Lord commanded: “Fathers must not be executed for their children, and children must not be executed for their fathers. Everyone is to die for their own sin.”
5 यसको साथै अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्यौली घरानाअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका कमाण्डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढी उमेरका मानिको गन्ती गरे, र तिनीहरूको सङ्ख्या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्नेहरू भएका तिनले थाहा पाए ।
Then Amaziah called up the people of Judah for military service, and assigned them by families to commanders of thousands and of hundreds. He also took a census of those twenty years of age and older throughout Judah and Benjamin, and found there was 300,000 first-rate fighting men who could use spear and shield.
6 तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।
He also hired 100,000 battle-ready fighting men from Israel for a hundred talents of silver.
7 तर परमेश्वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न ।
But a man of God came to him and said, “Your Majesty, don't let this army of Israel join you, for the Lord is not with Israel, with these sons of Ephraim!
8 तर तपाईं त्यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्त गर्ने शक्ति परमेश्वरसँग छ ।”
Even if you fight bravely, God will let you stumble and fall before the enemy, for God has the power to help you or let you fall.”
9 अमस्याहले परमेश्वरका मानिसलाई भने, “तर इस्राएली फौजलाई मैले दिएको त्यो एक सय तोडाको बारेमा हामी के गरौं?” परमेश्वरका मानिसले जवाफ दिए, “परमप्रभुले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्षम हुनुहुन्छ ।”
Amaziah asked the man of God, “But what about the hundred talents of silver I paid the army of Israel?” “The Lord can give you much more than that!” replied the man of God.
10 यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्याहले अलग गरे । तिनीहरूलाई तिनले फेरि घर पठाइदिए । यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के ।
So Amaziah dismissed the army he'd hired from Ephraim and sent them home. They became very angry with Judah, and returned home furious.
11 अमस्याहले साहस गरे र नूनको उपत्यकामा जानलाई आफ्ना मानिसहरूको नेतृत्व गरे । त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे ।
Amaziah then bravely led his army to the Valley of Salt, where they attacked the Edomite army from Seir, and killed ten thousand of them.
12 यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए । तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए ।
The army of Judah also captured another ten thousand, took them to the top of a cliff and threw them off, killing them all.
13 तर अमस्याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
But the men of the army Amaziah sent home, refusing to let them go with him to battle, raided the towns of Judah, from Samaria to Beth-horon They killed 3,000 of their inhabitants and took a great deal of plunder.
14 अब यस्तो भयो, एदोमीहरूलाई परास्त गरेर फर्केपछि अमस्याहले सेइरका मानिसहरूका देवताहरू ल्याए र ती आफ्नै देवताका रूपमा स्थापना गरे । तिनीहरूका सामु तिनी घोप्टो परे, र तिनीहरूलाई धूप बाले ।
When Amaziah returned from killing the Edomites, he brought back the gods of the people of Seir and set them up as his own gods, worshiped them, and offered sacrifices to them.
15 यसैले अमस्याहको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
The Lord became angry with Amaziah and he sent a prophet to him, who said to him, “Why would you worship the gods of a people who couldn't even save their own people from you?”
16 यस्तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्लाह नसुन्नुभएको हुनाले परमेश्वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”
But while he was still speaking, the king said to him, “Have we made you a counselor to the king? Stop right now! Do you want to be struck down?” So the prophet stopped, but said, “I know that God has decided to destroy you, because you have acted like this and have refused to listen to my advice.”
17 त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”
Then Amaziah, king of Judah, took advice from his counselors and sent a message to the king of Israel, Jehoash, son of Jehoahaz, son of Jehu. “Come and face me in battle,” he challenged.
18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्गली पशु त्यताबाट भएर गयो र त्यो सिउँडीलाई कुल्चिदियो ।
Joash, king of Israel, replied to Amaziah, king of Judah, “A thistle on Lebanon sent a message to a cedar on Lebanon, saying, ‘Give your daughter to my son for a wife,’ but a wild animal of Lebanon passed by and trampled down the thistle.
19 तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ । आफ्नो विजयमा गर्व गर, तर आफ्नै घरमा बस, आफ्नै र यहूदाको पनि आफूसँगै पतन ल्याउन तिमी किन खतरामा पर्छौ?”
You're telling yourself how great you are for defeating Edom, boasting about it. But just stay at home. Why should you stir up trouble that will bring you down, and Judah with you?”
20 तर अमस्याहले सुनेनन्, किनभने यो घटना परमेश्वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए ।
But Amaziah didn't listen, for God was going to hand him over to his enemies because he had chosen to worship the gods of Edom.
21 यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।
So Joash king of Israel prepared for battle. He and Amaziah, king of Judah, faced one another at Beth-shemesh in Judah.
22 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्नो घरमा भाग्यो ।
Judah was defeated by Israel—they all ran away home.
23 इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा गिरफ्तार गरे । तिनले उनलाई यरूशलेममा ल्याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
Joash, king of Israel, captured Amaziah, king of Judah, son of Joash, son of Ahaziah, at Beth-shemesh. He took him to Jerusalem, and demolished the wall of Jerusalem for 400 cubits, from the Ephraim Gate to the Corner Gate.
24 तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
He carried away all the gold and silver, and all the articles found in God's Temple that had been looked after by Obed-edom and in the treasuries of the king's palace, as well as some hostages, and then returned to Samaria.
25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।
Amaziah, son of Joash, king of Judah, lived for fifteen years after the death of Joash, son of Jehoahaz, king of Israel.
26 अमस्याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
The rest of what Amaziah did, from beginning to end, is written down in the Book of the Kings of Judah and Israel.
27 अमस्याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्यन्त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्यहीं मारे ।
After Amaziah gave up following the Lord, a plot was hatched against him in Jerusalem, and he fled to Lachish. But the plotters sent men to Lachish to hunt him down, and they killed him there.
28 तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्याए र तिनलाई आफ्ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे ।
They brought him back by horse and buried him with his fathers in the city of Judah.