< २ इतिहास 21 >
1 यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
Yehoshafat ya huta tare da kakanninsa, aka kuma binne shi tare da su a Birnin Dawuda. Sai Yehoram ɗansa ya gāje shi a matsayin sarki.
2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
’Yan’uwan Yehoram,’ya’yan Yehoshafat maza su ne, Azariya, Yehiyel, Zakariya, Azariyahu, Mika’ilu da Shefatiya. Dukan waɗannan su ne’ya’yan Yehoshafat sarkin Isra’ila maza.
3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्यचाहिं तिनले यहोरामलाई नै दिए ।
Mahaifinsu ya ba su kyautai masu yawa na azurfa da zinariya da kayayyaki masu daraja, tare da birane masu katanga a Yahuda, amma ya ba da mulki ga Yehoram domin shi ne ɗan farinsa.
4 जब यहोराम आफ्ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
Sa’ad da Yehoram ya kafa kansa sosai a bisa mulkin mahaifinsa, sai ya kashe dukan’yan’uwansa da takobi tare da waɗansu sarakunan Isra’ila.
5 यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
Yehoram yana da shekara talatin da biyu sa’ad da ya zama sarki, ya kuma yi mulki a Urushalima shekara takwas.
6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्नी पत्नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे ।
Ya yi tafiya a hanyoyin sarakunan Isra’ila, kamar yadda gidan Ahab ta yi, gama ya auri’yar Ahab. Ya aikata mugayen ayyuka a idon Ubangiji.
7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
Duk da haka, domin alkawarin da Ubangiji ya yi wa Dawuda, Ubangiji bai so yă hallaka gidan Dawuda ba. Ubangiji ya riga ya yi alkawari zai ci gaba da riƙe fitila domin Dawuda da zuriyarsa har abada.
8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।
A zamanin Yehoram, Edom ya tayar wa Yahuda ya kuma naɗa sarkinsa.
9 तब यहोराम आफ्ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
Saboda haka Yehoram ya tafi can tare da shugabannin sojojinsa da kuma dukan keken yaƙinsa. Mutanen Edom suka kewaye shi da shugabannin keken yaƙinsa, amma ya tashi ya fatattaki su da dare.
10 यसैले एदोम आजको दिनसम्मै यहूदाको अधीनताको विरुद्धमा छ । त्यसै बेला लिब्नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्यो, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
Har yă zuwa yau Edom na tawaye a kan Yahuda. Libna ya yi tawaye a lokaci guda, domin Yehoram ya yashe Ubangiji Allah na kakanninsa.
11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
Ya gina masujadan kan tudu a tuddan Yahuda, ya kuma sa mutanen Urushalima suka yi karuwanci, ya sa Yahuda suka kauce.
12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
Yehoram ya sami wasiƙa daga Iliya annabi, wadda ta ce, “Ga abin da Ubangiji Allah na kakanka Dawuda ya ce, ‘Ba ka yi tafiya a hanyoyin mahaifinka Yehoshafat ko Asa sarkin Yahuda ba.
13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँभन्दा असल मानिसहरू पनि तैंले मारिस् —
Amma ka yi tafiya a hanyoyin sarakunan Isra’ila, ka sa Yahuda ya kauce, ka kuma sa mutanen Urushalima suka yi karuwanci, kamar yadda gidan Ahab ta yi. Ka kuma kashe’yan’uwanka, membobi gidan mahaifinka, mutanen da suka fi ka kirki.
14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
Saboda haka a yanzu Ubangiji yana shirin ya bugi mutanenka,’ya’yanka maza, matanka da kuma kome da yake naka, da bugu mai ƙarfi.
15 तँ आफैलाई चाहिं निको नहुने आन्द्राको रोग हुनेछ । त्यसले गर्दा दिनदिनै तेरा आन्द्रा बाहिर निस्केर आउनेछन् ।”
Kai kuma za ka kamu da ciwon hanji wanda zai yi ta cinka kowace rana sai har hanjinka sun fito.’”
16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो ।
Ubangiji ya sa Filistiyawa da Larabawa waɗanda suke zama kusa da Kushawa su yi gāba da Yehoram
17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
Suka yaƙi Yahuda, suka kai masa hari, suka kwashe dukan abubuwa masu kyau da suka samu a fadan sarki, tare da’ya’yansa maza da kuma matansa. Ba wanda aka bari, sai dai Ahaziya autansa.
18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
Bayan dukan wannan, sai Ubangiji ya sa wa Yehoram cuta marar warkarwa ta ciki.
19 त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो । अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए ।
Cikin lokaci, a ƙarshen shekara ta biyu, sai hanjin cikinsa suka fito saboda cutar, ya kuma mutu cikin tsananin zafi. Mutanensa suka hura wuta don girmama shi, kamar yadda suka yi wa kakanninsa.
20 तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।
Yehoram yana da shekara talatin da biyu sa’ad da ya zama sarki, ya kuma yi mulki a Urushalima shekara takwas. Ya mutu, ba ma wanda ya kula, aka kuma binne shi a Birnin Dawuda, amma ba a makabartan sarakuna ba.