< १ तिमोथी 3 >
1 यो भनाइ भरोसायोग्य छ, यदि कसैले बिशप हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्दछ ।
Es ist ein wahres Wort: "Wer seine Hand nach dem Bischofsamt ausstreckt, der begehrt ein köstliches Arbeitsfeld."
2 तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्नीको पति, संयमी, समझदार, व्यवस्थित, अथिति सत्कार गर्ने, सिकाउन सक्ने,
Ein Bischof muß nun ohne Tadel sein, eines Weibes Mann, ernst, besonnen, gesetzt, gastfrei, lehrtüchtig.
3 मतवाला र रिसाहा होइन तर भद्र, नम्र, शान्तिप्रिय, रूपैयाँपैसाको लोभ नगर्ने ।
Er darf kein Trinker und kein Händelsucher sein; er muß vielmehr sanftmütig sein und allem Streit aus dem Weg gehen. Er darf nicht geldgierig sein.
4 तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।
Er muß seinem eigenen Haus gut vorstehen und seine Kinder zum Gehorsam und zu einem ehrbaren Lebenswandel anhalten.
5 तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको वास्ता गर्न सक्दछ?
Denn wer sein eigenes Haus nicht in Ordnung halten kann, wie ist der fähig, für die Gemeinde Gottes zu sorgen?
6 तिनी नयाँ विश्वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।
Kein Neugetaufter (soll sofort Bischof werden, damit er nicht, von Stolz verblendet, einem ähnlichen Strafgericht verfalle, wie es den Teufel getroffen hat.
7 तिनी बाहिरको मानिसहरूको दृष्टिकोणमा पनि प्रतिष्ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्टको पासोमा नपरून् ।
Der Bischof muß sich auch eines guten Rufs erfreuen bei denen, die außerhalb (der Kirche) stehen, damit er nicht dem Teufel Anlaß gebe, ihn zu verleumden und in seine Schlinge zu ziehen.
8 त्यसैगरी डिकनहरू पनि प्रतिष्ठित होऊन, दुई-जिब्रे, धेरै मद्य पिउने्, र लोभी नहून् ।
Die Diakonen sollen gleichfalls achtbare Männer sein. Sie müssen sich hüten vor Doppelzüngigkeit, übermäßigem Weingenuß und schmutziger Gewinnsucht.
9 तिनीहरूले प्रकट गरिइएको विश्वासको सत्यतालाई शुध्द विवकले कायम राख्नु पर्छ ।
Denn sie sollen das Geheimnis des Glaubens in einem reinen Gewissen bewahren.
10 पहिले स्विकृत भएपछि तिनिहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू कलंकित हुनुहुँदैन ।
Auch sie sollen zunächst (auf ihre Würdigkeit) geprüft und erst dann zum Dienst zugelassen werden, wenn keine Beschwerde gegen sie erhoben worden ist.
11 त्यसैगरी स्त्रीहरू पनि प्रतिष्ठित होऊन्, निन्दा नगर्ने, न्रम र सबै कुरामा विश्वासयोग्य हुनुपर्दछ ।
Auch die Diakonissen müssen achtbar sein. Sie dürfen nicht klatschen und verleumden, sondern sie müssen ernst sein und in jeder Hinsicht zuverlässig.
12 डिकनहरू एउटा पत्नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्यवस्थापान गर्ने हुनुपर्दछ ।
Die Diakonen sollen jeder eines Weibes Mann sein und ihre Kinder und Häuser gut in Ordnung halten.
13 किनभने तिनीहरू जसले असल सेवा गरेकाछन् तिनीहरूले आफ्नो निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासद्वारा ठुलो भरोसा पाउँछन् ।
Denn solche Diakonen, die ihr Amt gut ausrichten, gewinnen eine ehrenvolle Stellung und können im Vertrauen auf Christus Jesus mit großer Zuversichtlichkeit (in der Gemeinde) auftreten.
14 म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।
Dies schreibe ich dir, obwohl ich hoffe, recht bald zu dir zu kommen.
15 तर यदि मैले ढिलो गरेँ भने परमेश्वरको घराना जुन जीवित परमेश्वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्यो सही बाटोमा डोर्याइनु पर्छ तिमीले जान भन्ने हेतुले म तिमीलाई लेख्दैछु ।
Sollte sich aber meine Ankunft verzögern, so weißt du nun, wie du dich zu verhalten hast in dem Haus Gottes, das da ist die Kirche des lebendigen Gottes, die Säule und Grundfeste der Wahrheit.
16 र सँगै हामी, सहमत हुन्छौँ, “कि धार्मिकताको प्रकटित सत्याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
Und wahrlich, etwas Großes ist's um das Geheimnis der Gottseligkeit! Der offenbart ist im Fleisch, der ist gerechtfertigt worden durch den Geist: Er ist erschienen seinen Boten, gepredigt unter den Völkern, geglaubt in der Welt, aufgenommen in die Herrlichkeit.