< १ शमूएल 27 >
1 दाऊदले आफ्नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्ट हुन्छु । मलाई पलिश्तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”
Men David tenkte ved sig selv: Engang kommer jeg nu allikevel til å miste livet for Sauls hånd; jeg har ikke noget godt i vente. Jeg vil undfly til filistrenes land; så vil Saul holde op med å lete efter mig i hele Israels land, og jeg slipper ut av hans hånd.
2 दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।
Så brøt David op og drog med de seks hundre mann som var hos ham, over til Akis, sønn av Maok, kongen i Gat.
3 दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्नी यिजरेली अहीनोम र नाबालकी पत्नी कार्मेली स्त्री अबीगेल गातमा आकीशसँग बसे ।
Og David blev boende hos Akis i Gat, både han og hans menn, hver med sitt hus, David med sine to hustruer, Akinoam fra Jisre'el og Abiga'il fra Karmel, Nabals hustru.
4 दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्न छोडे ।
Og da Saul fikk vite at David var flyktet til Gat, lette han ikke lenger efter ham.
5 दाऊदले आकीशलाई भने, “मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्नु?”
Så sa David til Akis: Har jeg funnet nåde for dine øine, så la mig få et sted å bo på i en av landsbyene. Hvorfor skal din tjener bo hos dig i kongestaden?
6 त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्लग दिए । त्यसैले सिक्लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ ।
Da gav Akis ham samme dag Siklag; derfor har Siklag hørt Judas konger til helt til denne dag.
7 दाऊद पलिश्तीहरूको देशमा पुरा एक वर्ष चार महिनासम्म बसे ।
Den tid David bodde i filistrenes land, var i alt ett år og fire måneder.
8 दाऊद र तिनका मानिसहरूले विभिन्न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।
David og hans menn drog op og overfalt gesurittene og girsittene og amalekittene; det var de folk som fra eldgammel tid hadde bodd i det land som strekker sig bortimot Sur og helt til Egyptens land.
9 दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्थे र आकीशकहाँ आउँथे ।
Og hver gang David herjet landet, lot han hverken mann eller kvinne bli i live; men han tok både småfe og storfe og asener og kameler og klær og drog så tilbake, og når han så kom til Akis,
10 आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर ।”
og Akis spurte: I har vel ikke gjort noget innfall idag? da svarte David: Jo, i sydlandet, både blandt Judas menn og blandt jerahme'elittene og kenittene.
11 दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।
David lot hverken mann eller kvinne bli i live eller tok dem med sig til Gat; for han tenkte: De kunde fortelle om oss og si: Så og så har David gjort. Således bar han sig at i all den tid han bodde i filistrenes land.
12 आकीशले यसो भन्दै दाऊदलाई विश्वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”
Og Akis trodde David og tenkte: Han har gjort sig forhatt blandt Israel, sitt folk, og nu kommer han til å være min tjener for all tid.