< १ शमूएल 22 >
1 यसैले दाऊद त्यहाँबाट भागे र अदुल्लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
Daudi nowuok Gath moringo odhi e rogo mar Adulam. Kane owetene kod joodgi duto owinjo wachno, negidhi ire kuno.
2 कष्टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए ।
Ji duto mane nigi chandruok kata mane nigi gowi kata nigi ngʼur moro amora nochokore modhi ire, mine obet jatendgi. Ne gin chwo madirom mia angʼwen mane ni kode.
3 तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए । तिनले मोआबको राजालाई भने, “कृपया, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् ।”
Ka Daudi noa kanyo nodhi Mizpa e piny Moab mowachone ruoth Moab niya, “Bende diyie mondo wuora gi minwa obi odag kodi nyaka angʼe gima Nyasaye biro timona?”
4 तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे । दाऊद किल्लामा रहँदा तिनका बुबा र आमा पुरा समय तिनीसँगै बसे ।
Omiyo noweyogi gi ruodh Moab mine gidak kode e ndalo duto mane Daudi ni kar pondo.
5 तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
Janabi Gad nowachone Daudi niya, “We dak kar pondo, dhi e piny Juda.” Omiyo Daudi nowuok modhi e bungu man Hereth.
6 दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।
Koro Saulo nowinjo ni osefweny kuma Daudi gi joge nitie. To Saulo noyudo obet piny e tiend yath moro ewi got man Gibea kotingʼo tongʼ e lwete kolwore gi jodonge.
7 शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्तानहरू र सयका कप्तानहरू बनाउनेछ,
Saulo nowachonegi niya, “Winjuru, un jo-Benjamin! Bende wuod Jesse nomiu puothe gi puoth mzabibu? Bende enoketu jotend jolweny alufe kata jatend jolweny miche?
8 जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्छ ।”
Kare mano emomiyo uduto useriworuna? Onge ngʼato angʼata manyisa ka wuoda timo singruok gi wuod Jesse. Onge ngʼama dewo gima timorena kata manyisa ni wuoda osethuwo jatija mondo obutna ka rita kaka koro otimoni.”
9 तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
Eka Doeg ja-Edom, manoyudo ochungʼ gi jodong Saulo, nowacho niya, “Ne aneno ka wuod Jesse odhi ir Ahimelek wuod Ahitub man Nob.
10 परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्ती गोल्यतको तरवार दिए ।”
Ahimelek nopenjone wach kuom Jehova Nyasaye, nomiye chiemo bende gi ligangla mar Goliath ja-Filistia.”
11 अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।
Eka ruoth nooro joote mondo oom Ahimelek jadolo ma wuod Ahitub kaachiel gi joodgi duto, mane gin jodolo e Nob, kendo giduto negibiro ir ruoth.
12 शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”
Saulo nowacho niya, “Koro winji wuod Ahitub.” Nodwoke niya, “Ruodha awinjo.”
13 शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्तमा लुक्न सकोस्, जस्तो आज उसले गरेको छ?”
Saulo nopenje niya, “Marangʼo useriworuna, in kod wuod Jesse, ka imiye makati, kod ligangla kendo ka ipenjone wach kuom Nyasaye, mi koro osengʼanyona kendo obuto korita, mana kaka otimo kawuononi?”
14 अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?
Ahimelek nodwoko ruoth niya, “Ere ngʼat ma ja-adiera kuom jotiji duto machal gi Daudi ori ma jatend joma riti, kendo mogen moloyo e odi mangima?
15 तिनलाई सहायता मिलोस् भनी मैले परमेश्वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।”
Iparo ni mano e odiechiengʼ mokwongo mapenjonee Nyasaye wach? Ooyo ok en kamano! Ruoth kik iketne jatichni bura kata joodgi bura, nikech jatichni ok ongʼeyo gima dhi nyime ka.”
16 राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्चय नै मर्नेछौ ।”
To ruoth nowacho niya, “Nyaka itho, in Ahimelek gi joodu duto.”
17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्ना हात हालेनन् ।
Eka ruoth nowachone joritne mane ni bute niya, “Lokreuru mondo uneg jodolo mag Jehova Nyasaye, nikech gisedok jokor Daudi. Negingʼeyo ni oringo to negitamore nyisa.” To jodong ruoth ne ok oyie mondo gineg jodolo mag Jehova Nyasaye.
18 तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्यो ।
Omiyo ruoth nochiko Doeg niya, “Lokri mondo ineg jodolo.” Omiyo Doeg ja-Edom nonegogi. Chiengʼno nonego joma orwako lewni mayom mag dolo miluongo ni efod maromo ji piero aboro gabich.
19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्यो । पुरुष र स्त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्यो ।
Eka nodhi Nob, e dala mar jodolo kendo kanyo nonegoe chwo, mon, nyithindo nyaka madhoth, dhok, punde kod rombe. Magi duto nonego gi ligangla.
20 तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।
To Abiathar wuod Ahimelek ma wuod Ahitub notony moringo odhi ir Daudi.
21 शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए ।
Abiathar nonyiso Daudi ni Saulo osenego jodolo mag Jehova Nyasaye.
22 दाऊदले अबीयाथारलाई भने, “एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्चय पनि शाऊललाई भन्नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु ।
Eka Daudi nowachone Abiathar niya, “E odiechiengʼno ka Doeg ja-Edom ne ni kanyo ne angʼeyo adier ni nyaka ne onyis Saulo. An ema akelo tho ne joka wuonu duto.
23 मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”
Bed koda ka; kik iluor; ngʼato madwaro negino an bende odwaro nega. Onge gima nohinyi ka in koda.”