< १ पत्रुस 2 >

1 त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
Therfor putte ye awei al malice, and al gile, and feynyngis, and enuyes, and alle bacbityngis;
2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
as now borun yonge children, resonable, with out gile, coueite ye mylk, that in it ye wexe in to helthe; if netheles ye han tastid,
3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,
that the Lord is swete.
4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।
And neiye ye to hym, that is a lyuyng stoon, and repreuyd of men, but chosun of God, and onourid;
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
and ye silf as quyk stoonys be ye aboue bildid in to spiritual housis, and an hooli preesthod, to offre spiritual sacrifices, acceptable to God bi Jhesu Crist.
6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
For which thing the scripture seith, Lo! Y schal sette in Syon the hiyeste corner stoon, chosun and preciouse; and he that schal belieue in hym, schal not be confoundid.
7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”
Therfor onour to you that bileuen; but to men that bileuen not, the stoon whom the bilderis repreuyden, this is maad in to the heed of the corner; and the stoon of hirtyng,
8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
and stoon of sclaundre, to hem that offenden to the word, nethir bileuen it, in which thei ben set.
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
But ye ben a chosun kyn, a kyngli preesthod, hooli folc, a puple of purchasing, that ye telle the vertues of hym, that clepide you fro derknessis in to his wondirful liyt.
10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ ।
Which sum tyme were not a puple of God, but now ye ben the puple of God; which hadden not merci, but now ye han merci.
11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।
Moost dere, Y biseche you, as comelyngis and pilgrymys, to absteine you fro fleischli desiris, that fiyten ayens the soule;
12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।
and haue ye youre conuersacioun good among hethene men, that in that thing that thei bacbite of you, as of mysdoeris, thei biholden you of good werkis, and glorifie God in the dai of visitacioun.
13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्,
Be ye suget to ech creature, for God; ethir to the kyng, as to hym that is hiyer in state,
14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।
ethir to duykis, as to thilke that ben sent of hym to the veniaunce of mysdoers, and to the preisyng of good men.
15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
For so is the wille of God, that ye do wel, and make the vnkunnyngnesse of vnprudent men to be doumb.
16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन ।
As fre men, and not as hauynge fredom the keuering of malice, but as the seruauntis of God.
17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।
Onoure ye alle men, loue ye brithirhod, drede ye God, onoure ye the king.
18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि ।
Seruauntis, be ye sugetis in al drede to lordis, not oneli to good and to mylde, but also to tyrauntis.
19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो ।
For this is grace, if for conscience of God ony man suffrith heuynessis, and suffrith vniustli.
20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।
For what grace is it, if ye synnen, and ben buffatid, and suffren? But if ye don wel, and suffren pacientli, this is grace anentis God.
21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।
For to this thing ye ben clepid. For also Crist suffride for vs, and lefte ensaumple to you, that ye folewe the steppis of hym.
22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
Which dide not synne, nethir gile was foundun in his mouth.
23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
And whanne he was cursid, he curside not; whanne he suffride, he manasside not; but he bitook hym silf to hym, that demyde hym vniustli.
24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
And he hym silf bar oure synnes in his bodi on a tre, that we be deed to synnes, and lyue to riytwisnesse, bi whos wan wounde ye ben heelid.
25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।
For ye weren as scheep errynge, but ye ben now turned to the schipherde, and bischop of youre soulis.

< १ पत्रुस 2 >