< १ कोरिन्थी 3 >

1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ ।
And as for myself, brethren, I found it impossible to speak to you as spiritual men. It had to be as to worldlings--mere babes in Christ.
2 मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
I fed you with milk and not with solid food, since for this you were not yet strong enough. And even now you are not strong enough:
3 किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?
you are still unspiritual. For so long as jealousy and strife continue among you, can it be denied that you are unspiritual and are living and acting like mere men of the world?
4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?
For when some one says, "I belong to Paul," and another says, "I belong to Apollos," is not this the way men of the world speak?
5 त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।
What then is Apollos? And what is Paul? They are just God's servants, through whose efforts, and as the Lord granted power to each, you accepted the faith.
6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।
I planted and Apollos watered; but it was God who was, all the time, giving the increase.
7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।
So that neither the planter nor the waterer is of any importance. God who gives the increase is all in all.
8 अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।
Now in aim and purpose the planter and the waterer are one; and yet each will receive his own special reward, answering to his own special work.
9 किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।
Apollos and I are simply fellow workers for and with God, and you are God's field-- God's building.
10 परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।
In discharge of the task which God graciously entrusted to me, I--like a competent master-builder--have laid a foundation, and others are building upon it. But let every one be careful how and what he builds.
11 किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्छ ।
For no one can lay any other foundation in addition to that which is already laid, namely Jesus Christ.
12 यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
And whether the building which any one is erecting on that foundation be of gold or silver or costly stones, of timber or hay or straw--
13 उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
the true character of each individual's work will become manifest. For the day of Christ will disclose it, because that day is soon to come upon us clothed in fire, and as for the quality of every one's work-- the fire is the thing which will test it.
14 यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ ।
If any one's work--the building which he has erected--stands the test, he will be rewarded.
15 तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्यसले नोक्सानी भोग्‍नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
If any one's work is burnt up, he will suffer the loss of it; yet he will himself be rescued, but only, as it were, by passing through the fire.
16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?
Do you not know that you are God's Sanctuary, and that the Spirit of God has His home within you?
17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
If any one is marring the Sanctuary of God, him will God mar; for the Sanctuary of God is holy, which you all are.
18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ । (aiōn g165)
Let no one deceive himself. If any man imagines that he is wise, compared with the rest of you, with the wisdom of the present age, let him become "foolish" so that he may be wise. (aiōn g165)
19 किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
This world's wisdom is "foolishness" in God's sight; for it is written, "He snares the wise with their own cunning."
20 धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”
And again, "The Lord takes knowledge of the reasonings of the wise--how useless they are."
21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,
Therefore let no one boast about his human teachers.
22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,
For everything belongs to you--be it Paul or Apollos or Peter, the world or life or death, things present or future--everything belongs to you;
23 अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।
and you belong to Christ, and Christ belongs to God.

< १ कोरिन्थी 3 >