< १ इतिहास 14 >

1 तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्‍ति एउटा महल बनाए ।
Kong Hiram af Tyrus sendte Sendebud til David med Cedertræer og tillige Murere og Tømmermænd for at bygge ham et Hus.
2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।
Da skønnede David, at HERREN havde sikret hans Kongemagt over Israel og højnet hans Kongedømme for sit Folk Israels Skyld.
3 यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
David tog i Jerusalem endnu flere Hustruer og avlede flere Sønner og Døtre.
4 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,
Navnene paa de Børn, han fik i Jerusalem, er følgende: Sjammua, Sjobab, Natan, Salomo,
5 यिभार, एलीशूअ, एल्‍पेलेत,
Jibhar, Elisjua, Elpelet,
6 नोगह, नेपेग, यापी,
Noga, Nefeg, Jafia,
7 एलीशामा, बेलीयादा र एलीपेलेत ।
Elisjama, Be'eljada og Elifelet.
8 अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।
Men da Filisterne hørte, at David var salvet til Konge over hele Israel, rykkede de alle ud for at søge efter ham. Ved Efterretningen herom drog David ud for at møde dem,
9 अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
medens Filisterne kom og bredte sig i Refaimdalen.
10 तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”
David raadspurgte da Gud: »Skal jeg drage op mod Filisterne? Vil du give dem i min Haand?« Og HERREN svarede ham: »Drag op, thi jeg vil give dem i din Haand!«
11 यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो ।
Saa drog de op til Ba'al-Perazim, og der slog han dem. Da sagde David: »Gud har brudt igennem mine Fjender ved min Haand, som Vand bryder igennem!« Derfor kalder man Stedet Ba'al-Perazim.
12 पलिश्‍तीहरूले आफ्‍ना देवताहरू त्‍यहीं छोडे र तिनलाई जलाउनु भन्‍ने हुकुम दाऊदले दिए ।
Og de lod deres Guder i Stikken der, og David bød, at de skulde opbrændes.
13 तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे ।
Men Filisterne bredte sig paa ny i Dalen.
14 त्यसैले दाऊदले फेरि पनि परमेश्‍वरसँग मदत मागे । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्‍तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।
Da David atter raadspurgte Gud, svarede han: »Drag ikke efter dem, men omgaa dem og fald dem i Ryggen ud for Bakabuskene.
15 जब तैंले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”
Naar du da hører Lyden af Skridt i Bakabuskenes Toppe, skal du drage i Kamp, thi saa er Gud draget ud foran dig for at slaa Filisternes Hær.«
16 यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।
David gjorde, som Gud bød, og de slog Filisternes Hær fra Gibeon til hen imod Gezer.
17 तब दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।
Og Davids Ry bredte sig i alle Lande, idet HERREN lod Frygt for ham komme over alle Hedningefolkene.

< १ इतिहास 14 >