< Trešā Mozus 11 >
1 Un Tas Kungs runāja uz Mozu un uz Āronu un uz tiem sacīja:
परमप्रभु मोशा र हारूनसँग यसरी बोल्नुभयो,
2 Runājiet uz Israēla bērniem un sakāt: šie ir tie lopi, ko jūs varat ēst no visiem lopiem, kas virs zemes:
“इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘पृथ्वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्ने जीवित प्राणीहरू यी नै हुन् ।
3 Visus lopus, kam šķelti nagi, kam nagi šķelti divējos gabalos, un kas gremo, tos ēdat.
चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्छ ।
4 Bet šos jums nebūs ēst no tiem, kas gremo un kam šķelti nagi: kamieļi, jo tas gan gremo, bet tam nav šķelti nagi; to jums būs turēt par nešķīstu;
तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
5 Un trusi, jo tas gan gremo, bet tam nav šķelti nagi, to jums būs turēt par nešķīstu;
अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
6 Un zaķi, jo tas gan gremo, bet tam nav šķelti nagi, to jums būs turēt par nešķīstu;
अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।
7 Un cūku, jo tai gan šķelti nagi un šķelti divējos gabalos, bet tā negremo, to jums būs turēt par nešķīstu.
अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
8 No viņu gaļas jums nebūs ēst nedz viņu maitas aizskart, tos jums būs turēt par nešķīstiem.
तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।
9 Šos ēdat no visa, kas ūdenī: visu, kam ir spuras un zvīņas ūdenī, jūrā un upēs, to varat ēst.
पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्ला भएका सबै तिमीहरूले खान मिल्छ ।
10 Bet visu, kam nav spuru un zvīņu ūdenī un upē, no visa, kas ūdenī kust, un no visa, kas dzīvo ūdenī, to jums būs turēt par negantu.
तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
11 To jums būs turēt par negantu, jums no viņu gaļas nebūs ēst, un viņu maitas jums būs turēt par negantām.
ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।
12 Visu, kam nav spuru un zvīņu ūdenī, jums būs turēt par negantu.
पानीमा पाइने प्राणी जसका पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।
13 Un no putniem šos jums būs turēt par negantiem, ka jūs tos neēdat: šie lai jums ir neganti: ērglis un sarkandzeltenais ērglis un melnais ērglis.
तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
14 Un lija un vanags pēc savas kārtas.
चील, सबै प्रकारका बेसारो,
15 Un visi kraukļi pēc savas kārtas
सबै प्रकारका काग,
16 Un strauss un bezdelīga un ķīris un vēja vanags pēc savas kārtas
सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।
17 Un apogs un maitas lija un ūpis
तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,
18 Un pūce un dumpis un gulbis,
राजहंस र धनेस, माछा खाने चील,
19 Stārķis, kalnu vanags pēc savas kārtas, badadzeguze un sikspārnis.
सारस, सबै प्रकारका बकुल्ला, फाप्रेचरो र चमेरो ।
20 Visi spārnainie līdēji, kas iet uz četrām kājām, lai jums ir negantība.
चार खुट्टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।
21 Bet tos ēdat no visiem spārnainiem līdējiem, kas uz četrām kājām iet; kam augšām pie savām kājām ir lieli, ar ko tie pa zemi lēkā.
तर उड्ने किराहरूमा चार खुट्टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।
22 Šos no tiem ēdat: siseni pēc viņa kārtas un zolamu pēc viņa kārtas un argolu pēc viņa kārtas un agabu pēc viņa kārtas (zolams, argols un agabs ir siseņu kārtas).
तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।
23 Visus citus spārnaiņos līdējus, jums būs turēt par negantiem.
तर चार खुट्टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।
24 Un caur šiem jūs tapsiet apgānīti; ikviens, kas viņu maitas aizskar, būs nešķīsts līdz vakaram.
यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।
25 Un kas no viņu maitām ko nesīs, tam būs mazgāt savas drēbes un nešķīstam būt līdz vakaram.
जसले तीमध्ये कसैको सिनु बोक्छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।
26 Visus lopus, kam nagi šķelti, bet nav šķelti divējos gabalos un kas negremo, tos jums būs turēt par nešķīstiem; kas tos aizskar, tam būs būt nešķīstam.
हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।
27 Un visiem četrkājīgiem zvēriem, kam kājas ar asiem nagiem, tie lai jums ir nešķīsti; kas viņu maitas aizskar, tas būs nešķīsts līdz vakaram.
चार खुट्टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।
28 Un kas viņu maitas ir nesis, tam savas drēbes būs mazgāt un nešķīstam būt līdz vakaram; tie lai jums ir nešķīsti.
त्यस्तो सिनु बोक्ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
29 Un starp tiem līdējiem, kas virs zemes lien, šie lai jums ir nešķīsti: sērmulis, pele, bruņurupucis pēc savas kārtas,
जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,
30 Sesks, hameleons, ķirzaka, gliemezis un kurmis.
गोहोरो, सालक, भालेमुङ्रो, बालुवाको छेपारो, र रङ्ग बदल्ने छेपारो ।
31 Tos no visiem līdējiem jums būs turēt par nešķīstiem; kas tos aizskar, kad tie miruši, tam būs nešķīstam būt līdz vakaram.
घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।
32 Un uz ko kas no tiem kritīs, kad tie ir miruši, tam būs nešķīstam būt, lai tas ir kāds koku trauks, vai drēbes, vai āda, vai maiss, vai kāds rīks, ar ko kāds darbs top darīts, - to būs ūdenī iebāzt un tam būs nešķīstam būt līdz vakaram, pēc tas būs šķīsts.
तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
33 Un ikvienu mālu trauku, kur kas no tiem ir iekritis, - visam, kas tur iekšā, būs nešķīstam būt, un jums to būs sadauzīt.
यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्ट गर्नू ।
34 Ikvienam ēdienam, kas top ēsts, uz ko šis ūdens ir nācis, būs nešķīstam būt, un ikvienu dzērienu, kas top dzerts no visiem tādiem traukiem, būs turēt par nešķīstu.
कुनै खान मिल्ने कुरामा त्यस्तो भाँडोको पानी पर्यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।
35 Un visu, uz ko viņu maitas kritīs, to būs turēt par nešķīstu, cepli un traukus būs sadauzīt, tie ir nešķīsti; tāpēc jums tos būs turēt par nešķīstiem.
जुन कुरामाथि तिनीहरूको सिनु खस्छ, त्यो वस्तु भट्टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।
36 Tikai avoti un akas un dīķi būs šķīsti; bet kas viņu maitas aizskar, to būs turēt par nešķīstu.
जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।
37 Un ja kas no viņu maitām kritīs uz sēklu, kas ir sējama, tā ir šķīsta.
यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।
38 Bet ja ūdens top liets pār sēklu, un tad kas no tādām maitām uzkrīt, tad jums to būs turēt par nešķīstu.
तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
39 Ja kāds lops mirst, kas jums ir par barību, - kas viņa maitu aizskar, tam būs nešķīstam būt līdz vakaram.
तिमीहरूले खाने गरेका कुनै पशु मर्यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।
40 Un kas no viņa maitas ir ēdis, tam būs savas drēbes mazgāt un nešķīstam būt līdz vakaram; un kas viņu maitu nes, tam būs savas drēbes mazgāt un nešķīstam būt līdz vakaram.
त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।
41 Un visu, kas lien virs zemes, jums būs turēt par negantu, to nebūs ēst.
जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।
42 Visu, kas uz sava vēdera lien, un visu, kas virs zemes lien uz četrām kājām, līdz ar visu, kam daudz kājas, to jums nebūs ēst; lai tas jums ir negants.
आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।
43 Neapgānāt savas dvēseles ar nekādiem līdējiem, kas lien, un nedariet sevi nešķīstus pie tiem, ka jūs caur tiem netopat apgānīti.
कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।
44 Jo Es esmu Tas Kungs, jūsu Dievs, tāpēc jums būs svētīties un svētiem būt, jo Es esmu svēts; un jums nebūs savas dvēseles apgānīt ar neko, kas lien virs zemes,
किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।
45 Jo Es esmu Tas Kungs, kas jūs izvedis no Ēģiptes zemes, lai Es jums esmu par Dievu; tad esat svēti, jo Es esmu svēts.
किनभने तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
46 Šis ir tas likums par lopiem un putniem un par visām dzīvām dvašām, kas kust ūdenī, un par visām dvašām, kas lien virs zemes, -
सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,
47 Ka jūs varat izšķirt nešķīstu no šķīsta, un putnus, kas ēdami, no putniem, kas nav ēdami.
जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्ने र नमिल्ने प्राणीहरू भनेर छुट्ट्याउन जरुरी छ’ ।”