< Hosiya 8 >

1 “Ka sa kakaki a leɓunanka! Gaggafa tana a bisan gidan Ubangiji domin mutane sun tā da alkawarina suka kuma tayar wa dokata.
“तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
2 Isra’ila ta yi mini kuka, ‘Ya Allahnmu, mun yarda da kai!’
तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
3 Amma Isra’ila sun ƙi abin da yake mai kyau; abokin gāba zai fafare su.
तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ ।
4 Suna naɗa sarakuna, ba da izinina ba; sun zaɓa shugabanni ba da yardanta ba. Da azurfa da zinariya sun ƙera gumaka wa kansu wanda zai kai zuwa ga hallakarsu.
मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
5 Ku zubar da gunkin maraƙinku, ya Samariya! Fushina yana ƙuna a kansu. Sai yaushe za su rabu da gumaka?
“ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
6 Su daga Isra’ila ne! Wannan maraƙi, mai aikin hannu ne ya yi shi; gunki ne ba Allah ba. Za a farfashe shi kucu-kucu, waccan maraƙin Samariya.
किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
7 “Gama sun shuka iska don haka za su girbe guguwa. Hatsin da yake tsaye ba shi da kai, ba zai yi tsaba ba. Ko da ya yi tsaba ma, baƙi ne za su ci.
किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
8 An haɗiye Isra’ila; yanzu tana cikin al’ummai kamar abin da ba shi da amfani.
इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् ।
9 Gama sun haura zuwa Assuriya kamar jakin jejin da yake yawo shi kaɗai. Efraim ya sayar da kansa ga maza.
किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ ।
10 Ko da yake sun sayar da kansu a cikin al’ummai, yanzu zan tattara su wuri ɗaya. Za su fara lalacewa a ƙarƙashi danniyar babban sarki.
तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् ।
11 “Ko da yake Efraim ya gina bagadai masu yawa don hadayun zunubi, waɗannan sun zama bagade don yin zunubi.
किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
12 Na rubuta musu abubuwa masu yawa na dokata, amma suka ɗauke su tamƙar wani baƙon abu ne.
तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् ।
13 Suna miƙa hadayun da aka ba ni su kuma ci nama, amma Ubangiji ba ya jin daɗinsu. Yanzu zai tuna da muguntarsu yă kuma hukunta zunubansu. Za su koma Masar.
मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
14 Isra’ila ya manta da Mahaliccinsa ya kuma gina fadodi; Yahuda ya gina katanga a yawancin garuruwansa. Amma zan aiko da wuta a bisa biranensu da zai cinye kagaransu.”
इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।

< Hosiya 8 >