< 2 Samuel 6 >
1 Or, David rassembla de nouveau tous les hommes choisis d’Israël, au nombre de trente mille.
दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे ।
2 Et David se leva et s’en alla, et tout le peuple qui était avec lui d’entre les hommes de Juda, pour amener l’arche de Dieu, sur laquelle fut invoqué le nom du Seigneur des armées, assis entre les chérubins au-dessus d’elle,
दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।
3 Et ils mirent l’arche de Dieu sur un char neuf; et ils l’enlevèrent de la maison d’Abinadab, qui était à Gabaa; or, Oza et Ahio, fils d’Abinadab, conduisaient le char neuf.
तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्जाह र अहियोले त्यो नयाँ गाडालाई ठेल्दै थिए ।
4 Et lorsqu’ils l’eurent emportée de la maison d’Abinadab, qui était à Gabaa, gardant l’arche de Dieu, Ahio précédait l’arche.
तिनीहरूले परमेश्वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए ।
5 Mais David et tout Israël jouaient devant le Seigneur de toutes sortes d’instruments, des harpes, des lyres, des tambours, des sistres et des cymbales.
तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले ।
6 Mais, après qu’ils furent venus à l’aire de Nachon, Oza étendit la main sur l’arche de Dieu et la retint, parce que les bœufs regimbaient et la firent pencher.
जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले परमेश्वरको सन्दुक समात्नलाई आफ्नो हात पसारे र तिनले त्यो समाते ।
7 Et le Seigneur fut irrité d’indignation contre Oza, et le frappa à cause de sa témérité; et il mourut là auprès de l’arche de Dieu.
त्यसपछि परमप्रभुको रिस उज्जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्जाह त्यहाँ नै परमेश्वरको सन्दुकनेर मरे ।
8 Or, David fut contristé, parce que le Seigneur avait frappé Oza. Et ce lieu a été appelé du nom de Châtiment d’Oza jusqu’à ce jour.
दाऊद रिसाए, किनभने परमप्रभुले उज्जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्जाह नै भनिन्छ ।
9 Et David craignit beaucoup le Seigneur en ce jour-là, disant: Comment entrera chez moi l’arche du Seigneur?
दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
10 Et il ne voulut pas faire venir chez lui l’arche du Seigneur dans la cité de David; mais il la fit venir dans la maison d’Obédédom, le Géthéen.
त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।
11 Et l’arche du Seigneur demeura dans la maison d’Obédédom, le Géthéen, durant trois mois, et le Seigneur bénit Obédédom, et toute sa maison.
पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।
12 Et l’on annonça au roi David que le Seigneur avait béni Obédédom et tout ce qui lui appartenait, à cause de l’arche de Dieu. David donc s’en alla, et amena l’arche de Dieu de la maison d’Obédédom en la cité de David avec joie; et David avait avec lui sept chœurs et un veau pour victime.
अब दाऊद राजालाई भनियो, “परमेश्वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
13 Et lorsque ceux qui portaient l’arche du Seigneur avaient fait six pas, il immolait un bœuf et un bélier.
जब परमप्रभुको सन्दुक बोक्नेहरू छ कदम अगि बढ्थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।
14 Et David dansait de toutes ses forces devant le Seigneur; et il était ceint d’un éphod de lin.
पमरप्रभुको सामु आफ्नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए ।
15 Et David et toute la maison d’Israël conduisaient l’arche du testament du Seigneur avec des cris de joie et au son de la trompette.
यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।
16 Et lorsque l’arche du Seigneur fut entrée dans la cité de David, Michol, fille de Saül, regardant par la fenêtre, vit le roi David sautillant et dansant devant le Seigneur; et elle le méprisa en son cœur,
अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन् । तब आफ्नो हृदयमा तिनले उनलाई घृणा गरिन् ।
17 Et ils introduisirent l’arche du Seigneur, et ils la mirent en sa place, au milieu du tabernacle que David avait dressé; et David offrit des holocaustes et des sacrifices pacifiques devant le Seigneur.
तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्यसको निम्ति दाऊदले तयार पारेका बिचको पालमा त्यसको आफ्नै ठाउँमा त्यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।
18 Et quand il eut achevé d’offrir les holocaustes et les sacrifices pacifiques, il bénit le peuple au nom du Seigneur des armées.
जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिद्ध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए ।
19 Et il distribua à toute la multitude d’Israël, tant aux hommes qu’aux femmes, à chacun une galette de pain, et un morceau de viande de bœuf rôtie, et de la fleur de farine frite dans l’huile; et tout le peuple s’en alla, chacun en sa maison.
त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्येक व्यक्ति उसको आफ्नै घरमा फर्कियो ।
20 Et David s’en retourna pour bénir sa maison; et Michol, fille de Saül, étant sortie au-devant de David, dit: Qu’il a été glorieux aujourd’hui le roi d’Israël, se découvrant devant les servantes de ses serviteurs! car il s’est dépouillé, comme si un de ses bouffons se dépouillait.
त्यसपछि दाऊद आफ्नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्ज रूपमा आफूलाई निवर्वस्त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्त्र तुल्याए ।”
21 Et David répondit à Michol: Devant le Seigneur, qui m’a choisi plutôt que ton père et que toute ta maison, et qui m’a ordonné d’être chef sur le peuple du Seigneur en Israël,
दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।
22 Je jouerai, et je passerai pour plus vil que je n’ai passé; et je serai humble à mes yeux; et devant les servantes dont tu as parlé, je paraîtrai plus glorieux.
म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु र म मेरै आँखामा अपमानिस हुने छु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्जत गरिने छ ।”
23 Ainsi, il n’est point né de fils à Michol, fille de Saül, jusqu’au jour de sa mort.
त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।