< 1 Chroniques 14 >
1 Hiram, roi de Tyr, envoya aussi des messagers à David, et des bois de cèdre, et des maçons, et des charpentiers, pour lui bâtir une maison.
तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्ति एउटा महल बनाए ।
2 Et David reconnut que le Seigneur l’avait confirmé roi sur Israël, et qu’il avait élevé son royaume sur son peuple Israël.
अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्नो राज्यलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।
3 Il prit encore d’autres femmes à Jérusalem, et il engendra des fils et des filles.
यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
4 Or voici les noms de ceux qui lui naquirent à Jérusalem: Samua et Sobad, Nathan et Salomon,
यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
5 Jébahar, Elisua, et Eliphalet,
यिभार, एलीशूअ, एल्पेलेत,
6 Noga aussi, et Napheg et Japhia,
नोगह, नेपेग, यापी,
7 Elisama, Baaliada et Eliphalet.
एलीशामा, बेलीयादा र एलीपेलेत ।
8 Or les Philistins, apprenant que David avait été oint comme roi sur tout Israël, montèrent tous pour le chercher: ce qu’ayant appris David, il sortit au-devant d’eux.
अब दाऊद सम्पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्न निस्के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्किए ।
9 Cependant les Philistins, venant, se répandirent dans la vallée de Raphaïm.
अब पलिश्तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
10 Alors David consulta le Seigneur, disant: Monterai-je contre les Philistins, et les livrerez-vous en ma main? Et le Seigneur lui répondit: Monte, et je les livrerai en ta main.
तब दाऊदले परमेश्वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु ।”
11 Lors donc que ceux-ci eurent monté à Baalpharasim, David les battit là, et dit: Le Seigneur a dispersé mes ennemis par ma main, comme les eaux se dispersent: et c’est pourquoi ce lieu fut appelé Baalpharasim.
यसैले तिनीहरू बाल-पराजीमसम्म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्ने बाढीले किनार भत्काएझैं परमेश्वरले मेरा शत्रुहरूलाई मद्वारा भत्काउनुभयो ।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम रह्यो ।
12 Et les Philistins laissèrent là leurs dieux, et David commanda qu’ils fussent brûlés.
पलिश्तीहरूले आफ्ना देवताहरू त्यहीं छोडे र तिनलाई जलाउनु भन्ने हुकुम दाऊदले दिए ।
13 Les Philistins firent encore une autre fois irruption, et se répandirent dans la vallée.
तब पलिश्तीहरूले फेरि पनि उक्त बेंसीमा आक्रमण गरे ।
14 Et David consulta Dieu de nouveau; et Dieu lui dit: Ne monte pas après eux, mais éloigne-toi d’eux; et tu viendras contre eux, vis-à-vis des poiriers.
त्यसैले दाऊदले फेरि पनि परमेश्वरसँग मदत मागे । परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।
15 Et lorsque tu entendras le bruit de quelqu’un qui marche au haut des poiriers, alors tu sortiras pour la bataille; car Dieu sortira devant toi pour battre le camp des Philistins.
जब तैंले लहरे-पीपलका रूखका टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”
16 David fit donc comme Dieu lui avait ordonné; et il battit le camp des Philistins, depuis Gabaon jusqu’à Gazer.
यसैले परमेश्वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्मै पराजित गरे ।
17 Ainsi le nom de David se répandit dans toutes les contrées, et le Seigneur inspira la terreur de ce prince à toutes les nations.
तब दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।