< Eklesiastes 3 >
1 Nitiere kinde mar gimoro amora, kod thuolo mitimoe tich moro ka moro e bwo polo:
हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
2 kinde mar nywol kod kinde mar tho, kinde mar pitho kod kinde mar putho,
जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय ।
3 kinde mar nek kod kinde mar chang, kinde mar muko kod kinde mar gero,
मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।
4 kinde mar kuyo kod kinde mar mor, kinde mar ywak kod kinde mar miel,
रुने एउटा समय छ, र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
5 kinde mar keyo kite kod kinde mar chokogi, kinde mar kwakruok kod kinde mar weyo kwakruok,
ढुङ्गा फ्याँक्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अरू मानिसलाई अङ्गाल्ने एउटा समय छ, र त्यसबाट अलग रहने एउटा समय ।
6 kinde mar dwaro gimoro kod kinde ma gimoro lalie, kinde mar kano gimoro kod kinde mar wito gimoro,
खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्ने एउटा समय छ, र फाल्ने एउटा समय ।
7 kinde mar yiecho gimoro kod kinde mar twangʼo, kinde mar lingʼ kod kinde mar wuoyo,
लुगा च्यात्ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय ।
8 kinde mar hera kod kinde mar sin, kinde mar lweny kod kinde mar kwe.
प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।
9 En ohala mane ma jatich yudo kuom tich matek?
कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
10 Aseneno tingʼ mapek ma Nyasaye oseketo kuom ji.
मानव-जातिलाई पुरा गर्न परमेश्वरले दिनुभएको काम मैले देखेको छु ।
11 Oseketo gik moko duto obedo maber e kindegi. Oseketo ngima mochwere e chuny ji; kata kamano ok ginyal paro matut gima Nyasaye osetimono aa chakruok nyaka giko.
परमेश्वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।
12 Angʼeyo ni onge gino maber ne ji moloyo bedo mamor kendo mondo gitim maber kapod gingima.
मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
13 Wan duto wanyalo chiemo kendo metho, kendo wabed mamor e tijewa. Ma en mich moa kuom Nyasaye.
हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ । यो नै परमेश्वरको उपहार हो ।
14 Angʼeyo ni gimoro amora ma Nyasaye timo osiko manyaka chiengʼ, onge gima inyalo mede kata inyalo gol kuome. Nyasaye timo kamano mondo omi ji oluore.
मलाई थाहा छ, कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।
15 Mantiere sani nosebedo, kendo mano mabiro bedo nosebedo chon; kendo Nyasaye biro kelo gik machon e kar ngʼado bura.
जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्वरले मानिसहरूलाई बनाउनुहुन्छ ।
16 Kendo ne aneno gimachielo e bwo wangʼ chiengʼ: Kama adiera gi ngʼado bura makare onego bedie, to richo ema bedoe.
सूर्यमूनिको दुष्टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्टता थियो ।
17 Ne aparo e chunya niya, “Nyasaye biro ngʼado bura ni jo-ratiro kaachiel gi joma richo, nikech gimoro ka gimoro ni kod sane.”
मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्वरले धर्मीहरू र दुष्टहरूको न्याय गर्नुहुने छ ।”
18 Bende ne achako aparo niya, “Nyasaye temo dhano mondo gine ni gichalo gi le.
मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”
19 Giko mar dhano gi le en ni gimoro achiel ochomogi duto machalre. Kaka achiel tho e kaka machielo bende. Giduto giyweyo machalre; dhano ok winj maber maloyo le. Gik moko duto onge tiendgi.
किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?
20 Giduto gidhi kamoro achiel; giduto gia e lowo, kendo giduto gidok e lowo.
हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।
21 En ngʼa mongʼeyo ka chuny dhano dum dhi malo to chuny le ridore dhi e lowo?”
मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?
22 Omiyo ne aneno ni onge gima ber ni dhano moloyo tichne, nikech mano e pokne. Kare en ngʼa manyalo keche mondo one gima biro timorene bangʼe kosetho?
त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?