< Jeremija 13 >

1 Ovako mi govori Jahve: “Idi i kupi sebi lanen pojas i opaši bokove. Ali ga u vodu ne umači.”
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”
2 I kupih pojas po riječi Jahvinoj i opasah bokove.
परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें ।
3 I dođe mi drugi put riječ Jahvina:
तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
4 “Uzmi pojas što si ga kupio i njime se opasao, digni se, idi do rijeke Eufrata i sakrij ga ondje u pukotinu pećine.”
“तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।”
5 I odoh i sakrih ga kraj Eufrata, kako mi Jahve zapovjedi. Poslije mnogo dana reče mi Jahve:
त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्‍यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ ।
6 “Ustaj, idi na Eufrat pa izvuci odande pojas za koji ti zapovjedih da ga ondje sakriješ.”
धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”
7 Odoh na Eufrat, izvukoh i uzeh pojas s mjesta gdje ga bijah sakrio, i gle: pojas istrunuo, ne bijaše više nizašto.
त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्‍यो त नष्‍ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।
8 Tada mi dođe riječ Jahvina:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
9 “Ovako govori Jahve: Tako ću uništiti silnu oholost Judeje i Jeruzalema.
“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
10 Narod taj opaki koji ne sluša mojih riječi, nego slijedi okorjelo srce svoje i trči za drugim bogovima da im služi i da im se klanja, postat će kao tvoj pojas koji nije više nizašto.
मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
11 Jer kao što pojas prianja uz bedra čovjekova, tako sam htio da sav dom Izraelov i sav dom Judin prianja uza me - riječ je Jahvina - da budu moj narod, moj dobar glas, moj ponos, moja slava i čast. Ali nisu poslušali!”
जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्‍न, मलाई इज्‍जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।
12 Reci tom narodu: “Svaki se vrč puni vinom.” A oni će ti prigovoriti: “Zar možda ne znamo da se svaki vrč puni vinom?”
त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'
13 Reci im tada: “Ovako govori Jahve: evo, napunit ću pijanošću sve stanovnike ove zemlje, kraljeve što sjede na prijestolju Davidovu, i svećenike, i proroke, i sve Jeruzalemce.
त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु ।
14 I porazbijat ću ih jednog o drugoga, očeve zajedno sa sinovima - riječ je Jahvina. Uništit ću ih bez samilosti, bez milosrđa i bez smilovanja.”
तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'
15 Poslušajte, dobro čujte, okanite se oholosti: Jahve sad govori!
सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।
16 Dajte slavu Jahvi, Bogu svojemu, prije nego što se smrkne, prije nego što se noge vaše spotaknu po planinama mračnim. Vi se nadate svjetlosti, a on će je u mrak pretvoriti, prometnuti u crnu tamu!
परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
17 Ako ovo ne poslušate, potajno će mi duša plakati zbog oholosti vaše, suze će roniti, oko će mi suze prolijevati, jer Jahvino stado u izgnanstvo odlazi.
त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
18 Reci kralju i kraljici-majci: “Sjednite duboko dolje, jer vijenac slave pade s vaših glava.
“राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
19 Gradovi Negeba zatvoreni su, i nikoga nema da ih otvori. Sva je Judeja izgnana, sasvim izgnana!”
नेगेवका सहरहरू थुनिने छन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् ।
20 Podigni oči, Jeruzaleme, i pogledaj one što nadiru sa Sjevera. Gdje je stado tebi povjereno, slavne ovce tvoje?
आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?
21 Što ćeš reći kada ti se nametnu kao gospodari tvoji oni koje si sam naučio da te kao ljubavnici vode. Neće li te bolovi spopasti kao porodilju?
तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?
22 Možda ćeš se tad upitati: “Zašto me to snašlo?” Zbog mnoštva bezakonja tvojih otkriše ti skute, nasilje nad tobom učiniše.
तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।
23 Može li Etiopljanin promijeniti kožu svoju? Ili leopard krzno svoje? “A vi, možete li činiti dobro, navikli da zlo činite?
के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् ।
24 Zato ću vas raspršiti k'o pljevu koju raznosi pustinjski vjetar.
मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।
25 To je sudba tvoja i dio tebi odmjeren - riječ je Jahvina - jer si mene zaboravio i u laž se uzdao.
मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
26 Sam ću ti halju do lica podići da se tvoja golotinja vidi.
त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।
27 Sve preljube tvoje, tvoje vriskanje i bestidno tvoje bludničenje, na humcima, u poljima, vidio sam tvoje grozote. Jao tebi, Jeruzaleme! Još se ne očisti i dokle će to još trajati ...?”
मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्‍कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ?”

< Jeremija 13 >