< Izaija 10 >

1 Jao onima koji izdaju odredbe nepravedne, koji ispisuju propise tlačiteljske;
धिक्‍कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।
2 koji uskraćuju pravdu ubogima i otimlju pravo sirotinji mog naroda, da oplijene udovice, da opljačkaju sirote!
तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।
3 Što ćete činiti u dan kazne kad izdaleka propast dođe? Kom ćete se za pomoć uteći, gdje ostaviti blago svoje
इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
4 da se ne morate među roblje pognuti, pasti među poklanima? Na sve to gnjev se njegov neće smiriti, ruka će mu ostat' ispružena.
कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्‍नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
5 Jao Asiru, šibi gnjeva mojega, prutu kojim srdžba moja zamahuje!
अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु!
6 Na puk ga poslah nevjeran, na narod što me razjari, da ga oplijeni i opljačka, da ga izgazi k'o blato na ulici.
त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
7 Ali on nije tako mislio i u srcu nije tako sudio, već u srcu zasnova zator, istrebljenje mnogih naroda.
तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्‍नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्‍न पार्ने कुरा उहाँको मनमा छ ।
8 Govoraše: “Nisu li svi knezovi moji kraljevi?
किनकि उहाँले भन्‍नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?
9 Nije li Kalno kao Karkemiš? Nije li Hamat kao Arpad, Samarija kao Damask?
के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्‍कसजस्तै होइन र?
10 Kao što mi ruka dosegnu kraljevstva kumira, bogatija kipovima od Jeruzalema i Samarije,
जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
11 kao što učinih sa Samarijom i kumirima njenim, neću li učiniti s Jeruzalemom i s likovima njegovim?”
सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”
12 I kad dovrši Gospod sve djelo svoje na gori Sionu i u Jeruzalemu, kaznit će plod ohola srca kralja asirskog i drskost njegovih ponositih očiju.
जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
13 Jer reče: “Učinih snagom svoje ruke i mudrošću svojom, jer sam uman; uklonih međe narodima i blaga njihova opljačkah, kao junak oborih one što sjede na prijestoljima.
किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु ।
14 Ruka moja kao gnijezda zgrabi bogatstva naroda. Kao što se kÓupe ostavljena jaja, zemlju svu sam pokupio i nikog ne bi krilima da zalepeće, kljun otvori, zapijuče.”
एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
15 Zar se hvali sjekira povrh onog koji njome siječe? Hoće li se oholit' pila povrh onog koji njome pili? K'o da šiba maše onim koji je podiže, il' štap diže onog koji drvo nije;
के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।
16 Jahve nad Vojskama poslat će stoga gojaznima njegovim skončanje, slavu će mu ognjem potpaliti, kao što se vatra potpiruje.
यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
17 Svjetlost Izraelova bit će poput ognja, Svetac njegov kao plamen koji će zapalit' i proždrijeti drač njegov i trnje njegovo u jednome danu.
इस्राएलको प्रकाश आगो बन्‍नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ । त्‍यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्‍ट पार्नेछ ।
18 I krasotu njegovih šuma i voćnjaka uništit će od srčike do kore, ona će biti k'o bolesnik što se trne;
त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्‍ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
19 ostatak stabala šumskih bit će lako izbrojiti - dijete će ih lako popisati.
त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्‍न सक्‍छ ।
20 U onaj dan: Ostatak Izraelov i preživjeli iz kuće Jakovljeve neće se više oslanjati na onoga koji ih bije, već će se iskreno oslanjati na Jahvu, Sveca Izraelova.
त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्‍चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
21 Ostatak će se vratiti, ostatak Jakovljev Bogu jakome.
याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् ।
22 Zaista, o Izraele, sve da naroda tvojega ima kao pijeska u moru, samo će se Ostatak njegov vratiti. Određeno je uništenje, pravda se prelila,
किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्‍त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
23 Jahve, Gospod nad Vojskama, poharat će, kako odredi, svu zemlju.
निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्‍पूर्ण देशभरि ल्याउन लाग्‍नुभएको छ ।
24 Zato ovako govori Jahve nad Vojskama: “O narode moj što prebivaš na Sionu, ne boj se Asira kad te šibom tuče, kad štap diže na tebe.
यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्‍नुहुन्छ, “ए सियोनमा बस्‍ने मेरा मानिसहरू हो, अश्‍शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्‍नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्‍तो मिश्रीहरूले गरे ।
25 Jer, još malo, vrlo malo, i gnjev moj će prestati, moja će ih jarost uništiti.”
त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”
26 Na nj će Jahve nad Vojskama bičem zamahnuti, kao kad udari Midjan na stijeni Orebu, i štap će dići nad more k'o na putu egipatskom.
तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्‍नुहुनेछ ।
27 U onaj dan: s leđa će ti breme pasti i jaram njegov s vrata će ti nestat'.
त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्‍ट पारिनेछ ।
28 Ide on od Rimona, dolazi na Ajat, prelazi Migron, u Mikmasu breme odlaže.
शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्‍नो खाद्यन्‍नहरू भण्डारण गरेको छ ।
29 Prelaze klance, u Gebi im je noćište; Rama dršće, Gibea Šaulova bježi.
तिनीहरूले भञ्‍जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।
30 Viči iza glasa, Bat Galime! Slušaj ga, Lajšo! Odgovori mu, Anatote!
ए गल्लीमको छोरी, उच्‍च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत!
31 Madmena pobježe, utekoše stanovnici gebimski.
मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।
32 Još danas zaustavit će se u Nobu, rukom prijeti gori Kćeri sionske, Brijegu jeruzalemskom.
त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।
33 Gle, Jahve, Gospod nad Vojskama, kreše grane silom strahovitom: najviši su vršci posječeni, ponajviši sniženi.
हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्‍दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्‍ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्‍याइनेछ ।
34 Pod sjekirom pada šumska guštara, sa slavom svojom pada Libanon.
उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्‍नो गौरव पतन हुनेछ ।

< Izaija 10 >