< Postanak 23 >

1 Duljina Sarina života bila je stotinu dvadeset i sedam godina.
सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए ।
2 Sara umrije u Kirjat Arbi, to jest u Hebronu, u zemlji kanaanskoj; i Abraham uđe u žalost za Sarom i naricaše za njom.
सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे ।
3 Potom se Abraham digne ispred svoje pokojnice te prozbori sinovima Hetovim:
त्यसपछि अब्राहाम आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
4 “Premda sam ja među vama doseljeni stranac, prodajte mi zemljište za grob među vama, tako da mogu iznijeti svoju pokojnicu i sahraniti je.”
“म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
5 A sinovi Hetovi odgovore Abrahamu:
हेतका छोराहरूले अब्राहामलाई भने,
6 “Gospodine, saslušaj nas! Ti si izabranik Božji u našoj sredini. Pokopaj svoju pokojnicu u našem najbiranijem grobu. Nitko ti od nas neće odbiti svoga groba da mogneš sahraniti svoju pokojnicu.”
“मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।”
7 Nato se Abraham diže pa se mještanima, sinovima Hetovim, duboko pokloni
तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे ।
8 te im reče: “Ako se slažete da svoju pokojnicu uklonim i sahranim, čujte me: zauzmite se za me kod Efrona, sina Soharova,
तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्‍जुर छ भने मेरो कुरो सुन्‍नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति बिन्‍ती गरिदिनुहोस् ।
9 da mi proda spilju Makpelu što njemu pripada a nalazi se na kraju njegova posjeda; neka mi je za punu cijenu, u vašoj nazočnosti, proda u vlasništvo za sahranjivanje.”
उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार मलाई बेच्‍न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
10 A Efron je sjedio sa sinovima Hetovim. Potom Efron, Hetit, odgovori Abrahamu da ga čuju sinovi Hetovi svojim ušima - svi koji su sjedili u vijeću onoga grada:
त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
11 “Ne, moj gospodine! Saslušaj mene! Ja tebi dajem poljanu i spilju što je na njoj; darujem ti to pred sinovima svoga naroda. Sahrani svoju pokojnicu.”
“होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओडार पनि दिन्‍छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
12 Abraham se duboko nakloni mještanima,
अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।
13 a onda progovori Efronu da mještani čuju na svoje uši: “Ded me samo poslušaj! Dajem ti cijenu za poljanu; primi je od mene da ondje mogu sahraniti svoju pokojnicu!”
अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्‍जुरी भए मेरो कुरा सुन्‍नुहोस् । म त्‍यस जग्‍गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
14 Efron odgovori Abrahamu:
।” एप्रोनले अब्राहामलाई भने,
15 “Čuj me, moj gospodine: zemljište u vrijednosti od četiri stotine srebrnika, što je to tebi i meni! Sahrani, dakle, svoju pokojnicu!”
“हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई गाड्‌नुहोस्‌ ।”
16 Abraham se složi s Efronom; isplati Abraham Efronu novac što ga je spomenuo tako da su na svoje uši čuli sinovi Hetovi - četiri stotine srebrnika trgovačke mjere.
अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्‍ने उनले भने जस्तै व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्‍का जोखेर उनलाई दिए ।
17 I tako Efronova poljana u Makpeli nasuprot Mamri - poljana, spilja i sva stabla što su bila na poljani -
यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
18 prijeđe u vlasništvo Abrahamovo u nazočnosti sinova Hetovih, sviju koji su sjedili u vijeću svoga grada.
त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।
19 A onda Abraham sahrani svoju ženu Saru u spilji na poljani Makpeli nasuprot Mamri - danas Hebronu - u zemlji kanaanskoj.
त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाक खेतको ओडारमा गाडे ।
20 Tako je poljana i spilja na njoj prešla od sinova Hetovih u vlasništvo Abrahamovo za sahranjivanje.
यसरी त्‍यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।

< Postanak 23 >