< Postanak 12 >

1 Jahve reče Abramu: “Idi iz zemlje svoje, iz zavičaja i doma očinskog, u krajeve koje ću ti pokazati.
परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।
2 Velik ću narod od tebe učiniti, blagoslovit ću te, ime ću ti uzveličati, i sam ćeš biti blagoslov.
म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।
3 Blagoslivljat ću one koji te blagoslivljali budu, koji te budu kleli, njih ću proklinjati; sva plemena na zemlji tobom će se blagoslivljati.”
तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
4 Abram se zaputi kako mu je Jahve rekao. S njime krenu i Lot. Abramu je bilo sedamdeset i pet godina kad je otišao iz Harana.
यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।
5 Abram uze sa sobom svoju ženu Saraju, svoga bratića Lota, svu imovinu što su je namakli i svu čeljad koju su stekli u Haranu te svi pođu u zemlju kanaansku. Kad su stigli u Kanaan,
अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
6 Abram prođe zemljom do mjesta Šekema - do hrasta More. Kanaanci su onda bili u zemlji.
अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।
7 Jahve se javi Abramu pa mu reče: “Tvome ću potomstvu dati ovu zemlju.” Abram tu podigne žrtvenik Jahvi koji mu se objavio.
परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
8 Odatle prijeđe u brdoviti kraj, na istok od Betela. Svoj šator postavi između Betela na zapadu i Aja na istoku. Ondje podigne žrtvenik Jahvi i zazva ime Jahvino.
त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्‍चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
9 Od postaje do postaje Abram se pomicao prema Negebu.
अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए ।
10 Ali kad je zemljom zavladala glad, Abram se spusti u Egipat da ondje proboravi, jer je velika glad harala zemljom.
त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्‍नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।
11 Kad je bio na ulazu u Egipat, reče svojoj ženi Saraji: “Znam da si lijepa žena.
तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।
12 Kad te Egipćani vide, reći će: 'To je njegova žena', i mene će ubiti, a tebe na životu ostaviti.
मिश्रीहरूले तिमीलाई देख्‍दा 'यो यसकी पत्‍नी हो' भन्‍ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्‍नेछन् ।
13 Nego reci da si mi sestra, tako da i meni bude zbog tebe dobro i da, iz obzira prema tebi, poštede moj život.”
यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस् ।
14 Zbilja, kad je Abram ušao u Egipat, Egipćani vide da je žena veoma lijepa.
मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।
15 Vide je faraonovi dvorani pa je pohvale faraonu i odvedu ženu na faraonov dvor.
फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्‍त्रीलाई फारोको घरानामा लगियो ।
16 Abramu pođe dobro zbog nje; steče on stoke i goveda, magaraca, slugu i sluškinja, magarica i deva.
फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।
17 Ali Jahve udari faraona i njegov dom velikim nevoljama zbog Abramove žene Saraje.
अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।
18 I faraon pozva Abrama pa reče: “Što si mi to učinio? Zašto mi nisi kazao da je ona tvoja žena?
फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?
19 Zašto si rekao: 'Ona mi je sestra', pa je ja uzeh sebi za ženu? A sad, evo ti žene; uzmi je i hajde!”
'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।
20 Faraon ga onda preda momcima, a oni ga otprave s njegovom ženom i sa svime što bijaše njegovo.
अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।

< Postanak 12 >