< 2 Samuelova 2 >

1 Poslije toga David upita Jahvu ovako: “Treba li da pođem u koji Judin grad?” A Jahve mu odgovori: “Pođi!” David opet upita: “Kamo da pođem?” A odgovor bješe: “U Hebron!”
यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।”
2 Tako David ode onamo, a s njim i njegove dvije žene, Ahinoama iz Jizreela i Abigajila, Nabalova žena iz Karmela.
त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए ।
3 I ljudi koji bijahu s Davidom odoše s njim, svaki sa svojom obitelji, i nastaniše se u gradićima Hebrona.
दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
4 Tada dođoše ljudi iz Jude i pomazaše ondje Davida za kralja nad domom Judinim. Tada javiše Davidu da su ljudi iz Jabeša u Gileadu pokopali Šaula.
त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
5 Nato David posla glasnike k Jabešanima u Gileadu i poruči im: “Budite blagoslovljeni od Jahve što ste izvršili to djelo ljubavi prema svome gospodaru Šaulu i što ste ga pokopali!
त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
6 Zato neka vam Jahve iskaže svoju ljubav i dobrotu, a i ja ću vam učiniti dobro zato što ste tako radili.
अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।
7 A sada se ohrabrite i budite junaci, jer je Šaul, vaš gospodar, poginuo, a mene je Judin dom pomazao za svoga kralja.”
अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
8 Ali Abner, sin Nerov, vojvoda Šaulove vojske, bijaše uzeo Šaulova sina Išbaala i doveo ga prijeko u Mahanajim.
तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।
9 Ondje ga je postavio za kralja nad Gileadom, nad Ašeranima, nad Jizreelom, Efrajimom, Benjaminom i nad svim Izraelom.
उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।
10 Išbaalu, sinu Šaulovu, bijaše četrdeset godina kad je postao kraljem nad Izraelom, a kraljevao je dvije godine. Samo je Judin dom pristao uz Davida.
शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालिस वर्षका थिए, र तिनले दुई वर्ष राज्‍य गरे । तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए ।
11 A David je kraljevao u Hebronu nad Judinim domom sedam godina i šest mjeseci.
दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।
12 Potom iziđe Abner, Nerov sin, s ljudima Šaulova sina Išbaala iz Mahanajima prema Gibeonu.
नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
13 Ali i Joab, Sarvijin sin, iziđe s Davidovim ljudima iz Hebrona i srete se s njima kod Gibeonskog jezera. Tu se zaustaviše, ovi s jedne strane jezera, a oni s druge strane.
सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्‍के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
14 Tada Abner reče Joabu: “Neka ustanu mladići i neka se bore pred nama!” A Joab odgovori: “Neka ustanu!”
अबनेरले योआबलाई भने, “जवान मानिसहरू उठुन् र हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् ।” योआबले भने, “तिनीहरू उठुन् ।”
15 I ustadoše, pa ih izbrojiše: dvanaest od Benjamina za Išbaala, Šaulova sina, i dvanaest od Davidovih ljudi.
त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
16 I svaki dohvati svoga protivnika za glavu i zabode mu mač u bok, tako da su svi popadali zajedno. Zato se to mjesto prozvalo Polje bokova, a leži kod Gibeona.
हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो र आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।
17 Potom se zametnu onoga dana vrlo žestoka bitka i Davidove čete razbiše Abnera i Izraelce.
त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए ।
18 A bijahu ondje tri Sarvijina sina: Joab, Abišaj i Asahel; a Asahel bijaše brz u trku kao gazela u polju.
सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए ।
19 I jurnu Asahel u potjeru za Abnerom; u stopu je slijedio Abnera ne skrećući ni desno ni lijevo.
असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।
20 Abner se obazre i upita: “Jesi li to ti, Asahele?” A on odgovori: “Jesam.”
अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।”
21 A Abner mu reče: “Okreni se nadesno ili nalijevo pa zgrabi jednoga od tih mladića i uzmi njegovu odoru!” Ali Asahel nije htio da skrene od njega.
अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
22 Abner opet reče Asahelu: “Ukloni se od mene! Zašto da te sastavim sa zemljom? Kako bih onda još smio doći na oči tvome bratu Joabu?”
त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
23 Ali on nikako nije htio da se ukloni. Zato ga Abner udari stražnjim krajem koplja u trbuh tako da mu je koplje izašlo kroz leđa van: on ondje pade i umrije na mjestu. I ustavljao se tko god je došao na ono mjesto gdje je pao i umro Asahel.
तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो, त्‍यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
24 Ali Joab i Abišaj nastaviše da gone Abnera, a kad je sunce zašlo, stigoše do brežuljka Ame, koji leži istočno od doline, na putu prema Gebi.
तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्‍न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्‍थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
25 Dotle se Benjaminovi sinovi skupiše za Abnerom, sastaviše četu i stadoše na vrh brežuljka Ame.
बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
26 Tada Abner viknu Joabu: “Zar će nas dovijeka proždirati mač? Ne znaš li da će to svršiti nesrećom? Kad ćeš napokon kazati svojim ljudima da se okane gonjenja svoje braće?”
त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”
27 A Joab odvrati: “Tako mi živog Jahve, da ti nisi progovorio, tek bi se sutra ujutro ovi ljudi okanili gonjenja svoje braće.”
योआबले जवाफ दिए, “जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।”
28 Nato Joab zatrubi u rog i sva vojska stade: prestadoše goniti Izraela i ne nastaviše boja.
त्यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।
29 Abner i njegovi ljudi išli su kroz Arabu cijelu onu noć; onda prijeđoše preko Jordana, nastaviše put cijelo jutro i stigoše napokon u Mahanajim.
अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्‍यसपछि महनोममा पुगे ।
30 Kad je Joab odustao od potjere za Abnerom i skupio svu vojsku, vidješe da između Davidovih ljudi nema devetnaestorice, i uz to Asahela.
योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
31 A Davidovi su ljudi od Benjaminovih sinova, Abnerovih vojnika, pobili tri stotine i šezdeset ljudi.
तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
32 Asahela ponesoše i pokopaše u grobu njegova oca u Betlehemu. A Joab i njegovi ljudi išli su svu noć i već se bijaše zadanilo kad stigoše u Hebron.
त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।

< 2 Samuelova 2 >